सिमकोट – हुम्लाका विभिन्न गाउँ बस्तीमा भुवो पर्व मनाइएको छ। बुधबार राति सल्लाको दियालोको राँको बनाएर परम्परागत ‘भुवो पर्व’ जिल्लाको सिमकोट, सर्केगाड, खार्पुनाथ, अदानचुली, ताँजकोट गाउँपालिकामा मनाइएको हो। जिल्लाका अधिकांश गाउँपालिकामा आआफ्नो गाउँ टोलबाट सुरु भई विभिन्न बस्तीमा सल्लाको दियालो सल्काएर गाउँको पाइकपर्ने स्थान ९भुवाखाडो०मा जम्मा भई भुवो नाच, फाक, चाँची, गीत गाएर रातभरि जाग्रम […]