नुवाकोट र रसुवाका उत्कृष्ट छ जना किसानलाई ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ कार्यक्रममार्फत नगदसहित सम्मान गरिएको छ । दुई जिल्ला कार्यक्षेत्र रहेको कृषि ज्ञान केन्द्रले यी दुई जिल्लाबाट छनोट गरिएका तीन–तीन जना किसानलाई विदुरमा नगद रु १५ हजारसहित प्रशंसापत्रले सम्मान गरेको हो ।उत्कृष्ट हुने किसानमा नुवाकोटबाट शिवपुरी गाउँपालिका–८ का रामप्रसाद पुडासैनी, म्यागङ गाउँपालिका–४ का सुरेन्द्र तामाङ र विदुर नगरपालिका–१३ का दीपक खड्का रहेका छन् । रसुवाबाट गोसाइँकुण्ड ग