काठमाडौँ – सर्वोच्च अदालतको मूल प्रवेशद्वारमा कानुन व्यवसायीहरु धर्नामा बसेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा ‘चोर बाटो’ प्रयोग गरी सर्वोच्च प्रवेश गरेका छन्। सुरक्षाकर्मीहरुले उनलाई महान्यायाधिवक्ताको कार्यालयको मूल प्रवेशद्वारबाट सर्वोच्च अदालत प्रवेश गराएका हुन्। सर्वोच्चको मूलगेटमा धर्ना दिइरहेका नेपाल बार एसोसियसनका पदाधिकारीलगायतका कानुन व्यवसायीहरुलाई छक्याएर सुरक्षाकर्मीहरुले प्रधानन्यायाधीश राणालाई महान्यायाधिवक्ताको कार्यालयबाट सर्वोच्च छिराएका हुन्। राणालाई सर्वोच्च प्रवेश निषेध […]