काठमाडौं । आफूविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएलगत्तै निलम्बनमा रहेका प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणा ६५ वर्ष उमेरहदका कारण स्वतः अवकाश हुनुभएको छ । न्याय सेवामा २६ वर्षभन्दा बढी समय बिताउनुभएका निलम्बित प्रधानन्यायाधीश राणा न्यायमूर्तिका रुपमा न्यायालय प्रवेश गरेदेखि अवकाशसम्म पनि विवादित मात्र बन्नुभएन अपमानजनक बहिर्गमन समेत खेप्नुपर्यो । महाभियोगका कारण पछिल्लो १० महिनादेखि सर्वोच्च प्रवेश नपाएका […]