म्याग्दीको एउटै गाउँपालिकामा रहेका २१६ पहिरोका कारण बस्ती जोखिममा परेका छन् भने स्थानीयले आफ्नो जीउधनको सुरक्षा नभएको गुनासो गरेका छन् । उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिकाका आठ वटा वडामा साना ठूला गरी २१६ पहिराे रहेका र ती पहिरोका कारण बस्ती नै जोखिममा रहेकाले पहिरो रोकथाम तथा नियन्त्रणका लागि पहिरोका डिपिआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको गाउँपालिकाले जनाएको छ ।“गाउँपालिकाभित्र २१६ वटा पहिरोका डिपिआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्