कुमारी सुनौलो लगानी योजनाको इकाई आजदेखि निष्कासन तथा विक्री खुला

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले आज अर्थात् बिहीवारदेखि कुमारी सुनौलो लगानी योजनाको इकाई निष्कासन तथा विक्री खुला गरेको छ । उक्त योजनाले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाई निष्कासन गरेको हो । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडका अनुसार हाल ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई सार्वजनिक निष्काशनमार्फत बिक्री गरिनेछ भने बाँकी रहेको ५ करोड इकाई सामूहिक लगानी कोष नियमावलीको व्यवस्था बमोजिम योजनाको इकाई योजना व्यवस्थापकले तोकेको वितरक मार्फत निरन्तर खरीदविक्री गरिने छ । साथै योजनाले १ करोड ५० लाख इकाई कोष प्रबर्द्धक कुमारी बैंक लिमिटेडका लागि छुट्याएको छ। सर्वसाधारण लगानीकर्ताले भने बाँकी ३ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्। निष्कासन बन्द छिटोमा चैत १३ गते हुनेछ भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्कासन अवधि चैत २३ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्। कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने उक्त योजना खुलामुखि योजना हो। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकती  पाएका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। म्युचुअल फण्ड निष्कासनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले योजना व्यवस्थापकलाई इक्राएनपी एएमसी क्वालिटी ३ रेटिङ्ग प्रदान गरेको छ। यसले क्यापिटलको व्यवस्थापन गुणता पर्याप्त मात्रमा आस्वस्थ हुन सकिने संकेत गर्दछ। त्यसैगरी, कोष प्रबर्द्धकलाई इक्रा नेपालले इक्रा एनपि इस्यूअर रेटिङ त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ। यसले इस्यूअरमा मध्यम कर्जा जोखिम रहेको र वित्तीय दायित्व बहन गर्ने मामलामा पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ। विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्। कुमारी क्यापिटलका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत पुष्प शर्मासँगको अन्तरवार्ता पढ्न यहाँ क्लिक गर्नुहोस् । यो पनि पढ्नुहोस्।    

सम्बन्धित सामग्री

कुमारी सबल योजनाको एकाइ बाँडफाँट

कुमारी क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने कुमारी सबल योजनाको एकाइ बाँडफाँट भएको छ ।  क्यापिटलले प्रतिएकाइ १० रुपैयाँका दरले १० करोड एकाइको १४ प्रतिशत अर्थात्...

सिंगटी हाइड्रो इनर्जीको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

सम्झौता अनुरूप सिंगटी हाइड्रो इनर्जीले प्रतिसेयर सय रूपैयाँ अंकित दरको १ करोड ४५ लाख कित्ता हकप्रद साधारण सेयरको (१ः१) साविकका सेयरधनीहरुलाई निष्कासनगर्न कुमारी क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।...

भुजुङ हाइड्रोपावरको विक्री प्रबन्धकमा कुमारी क्यापिटल

भुजुङ हाइड्रोपावर लिमिटेडले कुमारी क्यापिटललाई धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले जारी गर्न लागेको ५ लाख ८५ हजार कित्ता साधारण सेयर (आईपीओ) को लागि कुमारी क्यापिटललाई निष्कासन तथा विक्री प्रबन्धक नियुक्त गरिएको हो ।सम्झौतापत्रमा भुजुङ हाइड्रोपावरका तर्फबाट कार्यकारी सञ्चालक खेमराज जोशी तथा कुमारी क्यापिटलका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरे । हाल भुजुङ हाइड्रोपावरको अधिकृत पुँजी ५० करोड रूपैयाँ, जारी पुँजी ४३ करोड रूपैयाँ र चुक्ता पु

कुमारी क्यापिटल र आराभा नेपाल एग्रिकल्चर कम्पनीबीच सम्झौता

कुमारी क्यापिटलले आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनी लिमिटेडलाई आईपीओ जारी गर्ने चरणसम्म पुर्‍याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउने भएको छ ।त्यसैगरी धितोपत्रको सार्वजनिक निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा पनि कार्य गर्ने तथा सेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता पत्रमा कुमारी क्यापिटलका नायब महाप्रबन्धक पुष्प शर्मा तथा […]

कुमारी बैंकको ‘११ प्रतिशत केबीएल डिबेञ्चर २०७९’ बाँडफाँट

कुमारी बैंकले निष्कासन गरेको ‘११ प्रतिशत केबीएल डिबेञ्चर २०७९’ बाँडफाँट भएको छ ।

कुमारी बैंकले गर्‍यो ३ अर्बको ऋणपत्र निष्कासन

कुमारी बैंकले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँबराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो ।

कुमारी बैंकको ऋणपत्रमा आवेदन खुल्यो, वार्षिक ११ प्रतिशत ब्याजदर पाइने

कुमारी बैंकले आजदेखि वार्षिक ११ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गरेको छ । कम्पनीले १० वर्ष अवधिका लागि ‘११ प्रतिशत केबीएल डिबेञ्चर २०८९’ निष्कासन गरेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो ।कुल बिक्री खुलेको ऋणपत्रमध्ये १२ लाख कित्तामा सर्वसाधारणले आवेदन गर्न पाउनेछन् । बाँकी १८ लाख कित्ता भने व्यक्तीगतरूपमा बिक्री गरिने बैंकले जनाएको छ । यसैगरी, सर्वसाधारणलाई छुट्याइएकोतर्फबाट ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी

११ प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गर्दै कुमारी बैंक

कुमारी बैंकले ११ प्रतिशत ब्याजदरको ऋणपत्र १७ भदौबाट निष्कासन गर्ने भएको छ । बैंकले १० वर्षे अवधिको एक हजार अंकित दरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।जसमध्ये १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ । १२ लाख कित्ता ऋणपत्र भने सर्वसाधारणका लागि सार्वजनिक निष्कासनबाट बिक्री गरिने बताइएको छ […]

कुमारी बैंकले ऋणपत्र निष्कासन गर्दै

कुमारी बैंकले ‘११ प्रतिशत केबीएल डिबेन्चर २०८९’ निष्कासन गर्न लागेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई विक्री गरिनेछ भने बाँकी रहेको १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गर्न लागिएको छ । सर्वसाधारणलाई निष्कासन गरिने मध्ये ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । सो ऋणपत्र

कुमारी इक्विटी फण्डमा मागभन्दा ३५ प्रतिशत बढी आवेदन

यही १४ फागुनदेखि निष्कासन तथा बिक्री खुल्ला गरिएको कुमारी इक्विटी फण्डका लागि माग गरेभन्दा बढी आवेदन परेको बिक्री प्रबन्धक कुमारी क्यापिटलले जनाएको छ