सम्झौता अनुरूप सिंगटी हाइड्रो इनर्जीले प्रतिसेयर सय रूपैयाँ अंकित दरको १ करोड ४५ लाख कित्ता हकप्रद साधारण सेयरको (१ः१) साविकका सेयरधनीहरुलाई निष्कासनगर्न कुमारी क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।...
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले फागुन २ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । हाल कायम चुक्तापूँजी १ करोड ४५ लाख रूपैयाँको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । उक्त हकप्रद शेयर निष्कासनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट पुस ११ गते स्वीकृति पाएको थियो । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४५ लाख कित्ता हकप्रद शेयर निष्कासनमा आउनेछ ।
हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले पुस २२ गते बुकक्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस १९ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयर खरीदका लागि फागुन २२ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ ।
यो हकप्रद शेयर निष्कासका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । योग्य लगानीकर्ताले बिक्री प्रबन्धकसँगै कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र नेपाल बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको कार्यालयबाट आवेदन दिन सक्नेछन् । मेरो शेयर अनलाईन मार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।
शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी २ अर्ब ९० करोड रूपैयाँ कायम हुनेछ ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस
सिंगटी हाइड्रो इनर्जी लिमिटेडले सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित दरको एक करोड ४५ लाख कित्ता हकप्रद साधारण सेयरको (१ः१) साविकका सेयरधनीहरुलाई निष्काशन गर्नको लागि उक्त सम्झौतापत्रमा सिंगटी हाइड्रो इनर्जी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक सुदिप खड्का र कुमारी […]