काठमाडौं । कुमारी बैंक लिमिटेडले कात्तिक २ गतेदेखि निष्कासन गरेको ऋणपत्र खरीद गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ नामको ऋणपत्र निष्कासन गरेको हो ।
बैंकले प्रतिऋणपत्र एक हजार अंकित मूल्यमा ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र विक्री गर्न लागेको हो । कुल कित्तामध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिने भने बाँकी ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा विक्री गरिनेछ ।
सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात १ लाख कित्ता ऋणपत्र भने सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । यो ऋणपत्र खरीदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्म माग गर्न सकिनेछ ।
ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै खरीदकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइन प्रयोग गरेर पनि ऋणपत्र खरीद गर्न सक्नेछन् ।
ऋणपत्र निष्काशनका लागि गराइएको रेटिङ्गमा इक्रा नेपालले बैंकलाई समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ ।
काठमाडौं । कुमारी बैंक लिमिटेडले ऋणपत्र आजदेखि विक्री खुला भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ नामको ऋणपत्र निष्कासन तथा विक्री खुला गरेको हो ।
बैंकले प्रतिऋणपत्र एक हजार अंकित मूल्यमा ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र विक्री गरेको हो । कुल कित्तामध्ये ६० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा विक्री खुला गरेको हो ।
सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् १ लाख कित्ता ऋणपत्र भने सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ । यो ऋणपत्र खरीदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्म माग गर्न सकिनेछ ।
विक्री अवधि छिटोमा कात्तिक १२ गतेसम्मका लागि तोकिएको छ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलोमा कात्तिक १६ गतेसम्म विक्री लम्बिनेछ ।
ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड छ । विक्री प्रबन्धकसँगै खरीदकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइन प्रयोग गरेर पनि ऋणपत्र खरीद गर्न सकिनेछ ।
ऋणपत्र निष्कासनका लागि गराइएको रेटिङ्गमा ईक्रा नेपालले बैंकलाई समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्ने ईक्रा एनपी इस्यूअर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ ।
काठमाडौं । कुमारी बैंक लिमिटेडले कात्तिक २ देखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ नामको ऋणपत्र निष्कासन गर्न लागेको हो ।
बैंकले प्रतिऋणपत्र एक हजार अंकित मूल्यमा ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र विक्री गर्न लागेको हो । कुल कित्तामध्ये ६० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा विक्री गरिनेछ ।
सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् १ लाख कित्ता ऋणपत्र भने सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ । यो ऋणपत्र खरीदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्म माग गर्न सकिनेछ ।
विक्री अवधि छिटोमा कात्तिक १२ गतेसम्मका लागि तोकिएको छ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलोमा कात्तिक १६ गतेसम्म विक्री लम्बिनेछ ।
ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड छ । विक्री प्रबन्धकसँगै खरीदकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइन प्रयोग गरेर पनि ऋणपत्र खरीद गर्न सकिनेछ ।
ऋणपत्र निष्कासनका लागि गराइएको रेटिङ्गमा ईक्रा नेपालले बैंकलाई समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्ने ईक्रा एनपी इस्यूअर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्
काठमाडौं । प्राथमिक बजारमा साधारण शेयर पहिलो दिनमै विकेको अवस्थामा अन्य धितोपत्र विक्न मुस्किल परेको अवस्था छ । साधारण शेयरमा मागभन्दा बढी आवेदन परेपछि छिटो अवधिसम्म मात्र विक्री खुला हुने गरेको छ । यसका अलवा अन्य धितोपत्रमा भने लगानीकर्ताको आकर्षण कम देखिएको हो ।
हाल धितोपत्र प्राथमिक बजारमा कुमारी सुनौलो योजनाको इकाई विक्रीमा रहेको छ । कुमारी क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालन हुने खुला मुखी प्रकृतिको यस योजनाको इकाई चैत ९ गतेदेखि सार्वजनिक निष्कासनमा ल्याइएको हो । छिटो अवधि चैत १३ गतेसम्म माग बमोजिम आवेदन प्राप्त नभएकाले ढिलो अवधि चैत २३ गतेसम्म विक्री खुला गर्ने मिति क्यापिटलले तय गरेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार उक्त योजनको इकाई हालसम्म ५६ प्रतिशत मात्र विक्री भएको छ ।
यस योजना सञ्चालनका लागि प्रतिइकाई रू. १० अंकित मूल्यका १० करोड इकाई विक्री गर्न लागिएको हो । कुल इकाईमध्ये रू. ५० करोड बराबरको ५ करोड इकाई प्रथम पटक सार्वजनिक निष्काशनमार्फत विक्री खुला गरिएको हो । यसपश्चात् बाँकी रहेको ५ करोड इकाई सामूहिक लगानी कोष नियमावलीको व्यवस्था बमोजिम योजनाको इकाई योजना व्यवस्थापकले तोकेको वितरक मार्फत निरन्तर खरिद बिक्रीका लागि खुल्ला गरिने क्यापिटलको भनाई छ ।
क्यापिटलले १० करोड इकाईमध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई कोष प्रबद्र्धक कुमारी बैंक लिमिटेडका लागि छुट्याइएको छ । बाँकी ३ करोड ५० लाख इकाई सार्वजनिक निष्कासनमा आएको हो । लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म माग गर्दै खरीद आवेदन दिन सक्नेछन् ।
यस योजनाको कुल आकार रू. १ अर्बको रहनेछ । प्रारम्भिक आकार रू. ५० करोड रहेको यस योजनाको इकाई न्यूनतम ५० प्रतिशत अर्थात २ करोड ५० लाख विक्री हुनुपर्ने व्यवस्था छ । ५० प्रतिशतभन्दा कम इकाईका लागि खरीद आवेदन परेमा योजना खारेज गरी १५ दिनेभित्र आवेदकहरुको रकम फिर्ता भुक्तानी प्रक्रिया शुरु गर्नुपर्ने व्यवस्था छ । तर योजनाको इकाई ५० प्रतिशतभन्दा बढी विक्री भैसकेको छ । तोकिएको अवधिभित्र माग बमोजिम आवेदन पर्नेमा योजना व्यवस्थापक विश्वस्त रहेको छ ।
यस योजना व्यवस्थापक कुमारी क्यापिटलले दोस्रो वर्षदेखि इकाईधनीहरूलाई लाभांश वितरण गर्ने प्रक्षेपण गरेको छ । क्यापिटलका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले यस योजनाबाट लगानीकर्ताले दोस्रो बर्ष पश्चात् ८ प्रतिशत, अनि तेस्रो र चौथो वर्षमा १० प्रतिशत तथा पाँच देखि १० वर्षसम्म वार्षिक १५ प्रतिशतका दरले लाभाशं प्रतिफल पाउने प्रक्षेपण गरिएको जानकारी दिएका छन् । उनले दश वर्षको अन्त्य सम्ममा योजनाको खुद सम्पत्ति मूल्य २७ रूपैयाँ ८६ पैसा पुग्ने प्रक्षेपण गरिएको समेत बताए । क्यापिटलले गरेको प्रतिफल प्रक्षेपणलाई आधार मान्दा १० वर्षमा लाभाशं सहित कुल २९६ दशमलव ६२ प्रतिशत प्रतिफल हुन आउने भनाई शर्माको छ ।
म्युचुअल फण्डमा लगानी गर्दा अल्पकालमै लाभ लिन्छु भन्दा पनि दिर्घकालसम्म लगानी गरी उच्च प्रतिफल आर्जन गर्छु भन्ने उदेश्य लिनुपर्ने सुझाब शर्माले दिएका छन् । दिर्घकालका लागि गरिने म्युचुअल फण्डको लगानीले मिल्ने प्रतिफल अवश्य पनि मुद्दती निक्षेपमा पाउने ब्याजदर भन्दा बढीनै हुने दाबी उनको छ । बजार घट्दा जुन हिसाबले व्यक्तिगत लगानीकर्ताले आफ्नो पोर्टफोलियो गुमाएका छन् त्यसको तुलनामा म्युचुअल फण्डको इकाईमा लगानी गर्दा गुमाउने रेसियो निकै कम हुने हुदा म्युचुअल फण्डमा विकल्पको रुपमा लगानी गरी आफ्नो पोर्टफोलियोको केहि हिस्सा बनाउँदा राम्रो प्रतिफलका साथै आफ्नो लगानी सुरक्षित बनाउँन सकिने सुझाब उनले दिएका छन् ।
खुलामुखी प्रकृतिको योजना रहेकाले यस योजनाको इकाई धितोपत्र दोस्रो बजारमा सूचीकृत हुनेछैन । योजना व्यवस्थापक आफै वा सामूहिक लगानी कोष निर्देशिका, २०६९ को दफा १६ बमोजिम वितरकका रुपमा तोकिएको कुनै बैंक तथा वित्तीय संस्थाहरु वा मर्चेन्ट बैंकरहरूमार्फत दैनिक रुपमा इकाई खरिद बिक्री गर्न सकिनेछ । पहिलो चरणको निष्काशन तथा बाँडफाँट सम्पन्न भएको मितिले तीन महिनाभित्र यो योजनाको इकाई निरन्तर निष्काशन तथा बिक्रीको लागि खुला गरिने योजना व्यवस्थापकले जानकारी दिएको छ ।
काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले चैत ९ गतेदेखि विक्रीमा ल्याएको कुमारी सुनौलो लगानी योजनाको इकाई चैत २३ गतेसम्म विक्रीमा रहने भएको छ ।
योजनाको इकाई छिटो अवधि चैत १३ गतेसम्म माग बमोजिम आवेदन प्राप्त नभएकाले ढिलो अवधि चैत २३ गतेसम्म विक्री मिति तय गरिएको हो । सो मितिभन्दा अगाबै मागभन्दा बढी आवेदन प्राप्त भएमा विक्री बन्द गर्ने जानकारी समेत क्यापिटलले दिएको छ ।
योजना व्यवस्थापकको रुपमा रहेको क्यापिटलले प्रतिइकाई रू. १० अंकित मूल्यका १० करोड इकाई विक्री गर्न लागेको हो । कुल इकाईमध्ये रू. ५० करोड बराबरको ५ करोड इकाई प्रथम पटक सार्वजनिक निष्कासनमार्फत विक्री खुला गरिएको हो ।
यसपश्चात् बाँकी रहेको ५ करोड इकाई सामूहिक लगानी कोष नियमावलीको व्यवस्था बमोजिम योजनाको इकाई योजना व्यवस्थापकले तोकेको वितरकमार्फत निरन्तर खरीदविक्रीका लागि खुल्ला गरिने क्यापिटलको भनाइ छ ।
क्यापिटलले १० करोड इकाईमध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई कोष प्रबद्र्धक कुमारी बैंक लिमिटेडका लागि छुट्याइएको छ । बाँकी ३ करोड ५० लाख इकाई सार्वजनिक निष्कासनमा आएको हो । लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म माग गर्दै खरीद आवेदन दिन सक्नेछन् ।
कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने यो योजना खुलामुखि प्रकृतिको योजना रहेको छ । यस योजनाको कुल आकार रू. १ अर्बको रहनेछ । प्रारम्भिक आकार रू. ५० करोड रहेको यस योजनाको इकाई न्यूनतम ५० प्रतिशत अर्थात् २ करोड ५० लाख विक्री हुनुपर्ने व्यवस्था छ ।
५० प्रतिशतभन्दा कम इकाईका लागि खरीद आवेदन परेमा योजना खारेज गरी १५ दिनेभित्र आवेदकहरुको रकम फिर्ता भुक्तानी प्रक्रिया शुरु गर्नुपर्ने व्यवस्था छ । खुलामुखी प्रकृतिको योजना रहेकाले यस योजनाको इकाई धितोपत्र दोस्रो बजारमा सूचीकृत हुनेछैन ।
योजना व्यवस्थापक आफै वा सामूहिक लगानी कोष निर्देशिका, २०६९ को दफा १६ बमोजिम वितरकका रुपमा तोकिएको कुनै बैंक तथा वित्तीय संस्थाहरु वा मर्चेन्ट बैंकरहरूमार्फत दैनिक रुपमा इकाई खरीदविक्री गर्न सकिनेछ । पहिलो चरणको निष्कासन तथा बाँडफाँट सम्पन्न भएको मितिले तीन महीनाभित्र यो योजनाको इकाई निरन्तर निष्कासन तथा विक्रीको लागि खुला गरिने योजना व्यवस्थापकले जानकारी दिएको छ ।
योजनाको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी समेत कुमारी क्यापिटल लिमिटेडले पुरा गर्नेछ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि—आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।
यस योजनाको इकाई निष्कासनका लागि लागि गराएको रेटिङ्गमा इक्रा नेपाल लिमिटेडले योजना व्यवस्थापकलाई व्यवस्थापन गुणता पर्याप्त मात्रमा आश्वस्थ हुन सकिने संकेत गर्ने इक्राएनपी एएमसी क्वालिटी ३ रेटिङ्ग प्रदान गरेको छ । त्यसैगरी, कोष प्रबर्द्धकलाई इक्रा नेपालले इक्रा एनपि इस्यूअर रेटिङ त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ । यसले इस्यूअरमा मध्यम कर्जा जोखिम रहेको र वित्तीय दायित्व बहन गर्ने मामलामा पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् ।
काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले चैत ९ गतेदेखि कुमारी सुनौलो लगानी योजनाको इकाई निष्कासन गर्ने भएको छ ।
योजना व्यवस्थापकको रुपमा रहेको उक्त क्यापिटलले प्रतिइकाई रू. १० अंकित मूल्यका १० करोड इकाई विक्री गर्न लागेको हो । कुल इकाईमध्ये रू. ५० करोड बराबरको ५ करोड इकाई प्रथम पटक सार्वजनिक निष्कासनमार्फत विक्री खुला गरिने योजना व्यवस्थापकको भनाइ छ ।
यसपश्चात् बाँकी रहेको ५ करोड इकाई सामूहिक लगानी कोष नियमावलीको व्यवस्था बमोजिम योजनाको इकाई योजना व्यवस्थापकले तोकेको वितरक मार्फत निरन्तर खरीद विक्रीका लागि खुल्ला गरिने क्यापिटलको भनाइ छ ।
क्यापिटलले १० करोड इकाईमध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई कोष प्रबद्र्धक कुमारी बैंक लिमिटेडका लागि छुट्याइएको छ । बाँकी ३ करोड ५० लाख इकाई सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो । यो इकाई विक्री अवधि छिटोमा चैत १३ गतेसम्मका लागि तोकिएको छ भने सो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलो अवधि चैत २३ गतेसम्म विक्री लम्बिनेछ । लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म माग गर्दै खरीद आवेदन दिन सक्नेछन् ।
कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने यो योजना खुलामुखि प्रकृतिको योजना रहेको छ । यस योजनाको कुल आकार रू. १ अर्बको रहनेछ । प्रारम्भिक आकार रू. ५० करोड रहेको यस योजनाको इकाई न्यूनतम ५० प्रतिशत अर्थात् २ करोड ५० लाख विक्री हुनुपर्ने व्यवस्था छ ।
५० प्रतिशतभन्दा कम इकाईका लागि खरीद आवेदन परेमा योजना खारेज गरी १५ दिनेभित्र आवेदकहरुको रकम फिर्ता भुक्तानी प्रक्रिया शुरु गर्नुपर्ने व्यवस्था छ । खुलामुखी प्रकृतिको योजना रहेकाले यस योजनाको इकाई धितोपत्र दोस्रो बजारमा भने सूचीकृत हुने छैन ।
योजना व्यवस्थापक आफै वा सामूहिक लगानी कोष निर्देशिका, २०६९ को दफा १६ बमोजिम वितरकका रुपमा तोकिएको कुनै बैंक तथा वित्तीय संस्थाहरु वा मर्चेन्ट बैंकरहरूमार्फत दैनिक रुपमा इकाई खरिद बिक्री गर्न सकिनेछ । पहिलो चरणको निष्कासन तथा बाँडफाँट सम्पन्न भएको मितिले तीन महिनाभित्र यो योजनाको इकाई निरन्तर निष्कासन तथा विक्रीको लागि खुला गरिने योजना व्यवस्थापकले जानकारी दिएको छ ।
योजनाको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी समेत कुमारी क्यापिटल लिमिटेडले पुरा गर्नेछ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि—आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।यस योजनाको इकाई निष्कासनका लागि लागि गराएको रेटिङ्गमा इक्रा नेपाल लिमिटेडले योजना व्यवस्थापकलाई व्यवस्थापन गुणता पर्याप्त मात्रमा आश्वस्थ हुन सकिने संकेत गर्ने इक्राएनपी एएमसी क्वालिटी ३ रेटिङ्ग प्रदान गरेको छ ।
त्यसैगरी, कोष प्रबर्द्धकलाईलाई इक्रा नेपालले इक्रा एनपि इस्यूअर रेटिङ त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ । यसले इस्यूअरमा मध्यम कर्जा जोखिम रहेको र वित्तीय दायित्व बहन गर्ने मामलामा पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ ।
काठमाडौँ । कुमारी बैंक लिमिटेडको २१औँ वार्षिक साधारणसभा बैंकका अध्यक्ष अमीरप्रताप जबराणाको अध्यक्षतामा काठमाडौँमा सम्पन्न भएको छ।
साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहितको आव २०७७/०७८ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पूँजीमा भएको परिवर्तनलगायत वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ।