तनहुँ – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका ४ साखरकाे बाँध नजिक शुक्रवार बिहान सडक भासिँदा ज्यान गुमाएका दुवै पुरुषको सनाखत भएको छ ।
घटनापछि दमौली अस्पतालमा राखिएको शव मृतकका आफन्तजनले पहिचान गरेपछि सनाखत भएको हो । ज्यान गुमाउनेमा गोरखाकाे सिरानचोक गाउँपालिका ५ छोप्राक घर भइ अहिले आँबुखैरेनीमा बस्दै आउनुभएका ३५ वर्षीय केशव घिमिरे र मकवानपुरकाे हेटौँडा नगरपालिका–७ का ३३ वर्षीय हेमबहादुर भुजेल रहेका जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जा...