गुल्मी जीप दुर्घटना :  ज्यान गुमाउने तीनै जनाको सनाखत (अपडेट)

गुल्मीमा जीप दुर्घटनामा ज्यान गुमाएका तीनै जनाको सनाखत भएको छ । ज्यान गुमाउने तीनै जना गुल्मी जिल्लाकै रहेको पाइएको हो । ज्यान गुमाउनेमा चन्द्रकोट गाउँपालिका–४ का वर्ष ४३ का तेजबहादुर खत्री, सोही गाउँपालिका–५ का वर्ष ३६ का रेशम कार्की र रेसुङ्गा नगरपालिका–२ बाख्रेछेंडा बस्ने वर्ष ६२ की सुनिता विक रहेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईका अनुसार उनीहरूको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनामा सात जना घाइते भएका छन्

सम्बन्धित सामग्री

गुल्मीमा जीप दुर्घटना, चार जना घाइते

गुल्मी – जिल्लामा जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन्। ६ जना यात्रु बोकेर जिल्लाको सदरमुकाम तम्घासदेखि मदाने गाउँपालिका–१ अग्लुङतर्फ जाँदै गरेको लु१च ८०२४ नम्बरको जीप रेसुंगा नगरपालिका–४ रैदीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। घाइतेहरूको जिल्ला अस्पताल तमघासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। घाइते हुनेमा प्युठान गौमुखी गाउँपालिका–१ […]

गुल्मीमा जीप दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो

७ मंसिर, अर्घाखाँची । गुल्मीको सत्यवती ३ कुढडाँमामा जीप दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि ४ जना घाइते भएका छन् । दुर्घटनामा परि गुल्मी सत्यवती गाउँपालिकाका ५१ वर्षीय झलक सोमै, ३३ वर्षीया जमुना सोमै, ५५ वर्षीय टीका राहादी, ३० वर्षीय मिलन तमारो, ४७ वर्षीय रणबहादुर सिंजापतीको ज्यान गएको प्रहरीले जनाएको छ […]

गुल्मी जीप दुर्घटना अपडेट : पाँचजनाको मृत्यु

गुल्मी : सत्यवती गाउँपालिकामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।सत्यवती ३ ठूलो लुम्पेकबाट कुढडाडा जादै गरेको लु ३ च ५३४० नम्बरको जीप दुर्घटना हुँदा ५१ वर्षीय झलक सोमै,५५ का टीका राहादी, ४७ का रनबहादुर सिंजापति र २५ वर्षीय  मिलन तरामु र ४३ की जमुना सोमैको मृत्यु भएको होजिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार दुर्घटनामा ३३ का कार्बोलिन सोमै, ३२ वर्षीय चेतमा सिंजाली ४९ का गीरबहादुर सोमै र खण्डन सोमै घाइते भएका छन्। घटनाको विस्तृत विवरण आउँन बाँकी छ।

गुल्मीमा जीप दुर्घटना : ६ जना घाइते

गुल्मी । गुल्मीमा जीप दुर्घटना हुँदा छ जना घाइते भएका छन् । सोमबार बुटबलबाट शान्तिपुरतर्फ जाँदै गरेको लु १ ज १४१५ नम्बरको जीप अनियन्त्रित भई सत्यवती गाउँपालिका –६ स्थित रुद्रावेणी–वामी सडक खण्डमा पल्टिएको थियो । दुर्घटनामा परि बाग्लुङको बाटाकाचौर गाउँपालिका –३ निवासी ४७ बर्षिया खुमादेवी काउछा, सोही स्थानकै २५ बर्षिया चन्द्रकला काउछा, २२ बर्षया दिपिका […] The post गुल्मीमा जीप दुर्घटना : ६ जना घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गुल्मी : जीप दुर्घटनाका घाइतेलाई पाल्पा र बुटवल पठाइयो

गुल्मी – गुल्मीको सदरमुकाम तम्घास नजिकै जीप दुर्घटनामा घाइते भएकाहरूलाई थप उपचारका लागि पाल्पा र बुटवल पठाइएको छ ।  रेसुंगा नगरपालिका ४ अन्तर्गत अर्खलेको ठाडढुंगामा हिजाे मङ्गलवार राति लु १ ज ४४४८ नम्बरको जीप दुर्घटना हुँदा दस जना यात्रु घाइते भएका थिए । दुर्घटनामा घाइते भएकामध्ये गुल्मीकाे इस्मा गाउँपालिका ६ अमरपुरका जीप चालक २६ वर्षीय कृष्ण सुनार र रुपन्देहीकाे बुटवल उपमहानगरपालिका १४ का ३५ वर्षीय देवकला अर्याललाई थप उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रहरी निरीक्षक श्यामप्रकाश यादवले ज...

गुल्मीमा जीप दुर्घटना, ७ वर्षीय बालक गम्भीर घाइते

१२ भदौ, गुल्मी ।  गुल्मी जिल्लाको चन्द्रकोट हरेवामा जिप दुर्घटना हुँदा एक जना बालक गम्भिर घाइते भएका छन् । आइतबार चन्द्रकोट गाउँपालिकाको केन्द्र शान्तिपुर देखि सोही गाउँपालिकाको वडा नम्बर – ७ रुपाकोटतर्फ जाँदै गरेको लु १ ज १८३४ नम्बरको जिप  दुर्घटना भएको हो । दुर्घटनामा परी बाग्लुङ्गको बरेङ्ग गाउँपालिका वडा नम्बर ३ का ७ वर्षीय […]

गुल्मीमा जीप दुर्घटना, तीनको मृत्यु, सात घाइते

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–४ स्थित दोभानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । शान्तिपुरबाट सदरमुकाम तम्घासका लागि छुटेको लु १ ज ४५५९ नम्बरको जीप आज विहान साढे ११ बजेतिर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईले […]

गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

गुल्मीको मुसिकोट-४, दोभानमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । सातजना घाइते भएका छन् ।  मुसिकोटबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जीप बिहान साढे ११ बजे दुर्घटना भएको हो ।  जीपमा १० जना सवार थिए । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको गुल्मी प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए ।  उनका अनुसार घाइतेहरूलाई उद्धार गरेर जिल्ला अस्पताल उपचारका लागि लगिँदै छ ।

गुल्मीमा जीप दुर्घटना

गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जीप दोभानमा दुर्घटना भएको छ ।  जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार जीपमा १२ जना सवार थिए । तर, अहिलेसम्म घटनामा कति घाइते भए र मृत्यु भयो भन्ने विवरण आइसकेको छैन ।

स्वर्गद्वारी नजिकै जीप दुर्घटना, तीन जनाको ज्यान गयाे

प्युठान – मङ्गलवार नयाँ वर्षको दिन भ्रमणका लागि स्वर्गद्वारी आएको लु १ ज १६५५ नम्बरको जीप प्युठान स्वर्गद्वारी नजिकै रुमाले भन्ने ठाउँमा दुर्घटना भएकाे छ । दुर्घटनामा गुल्मी जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत श्याम न्यौपानेसहित तीन जनाको ज्यान गएकाे छ ।   जीपका चालकसहित दुईजनाको घटनास्थल र एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीमा उपचारका क्रममा ज्यान गएकाे प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले बताउनुभयो । घटनामा अन्य ११ जना घाइते छन् । घाइतेहरूको थप उपचारका लागि हेलिकप्टरब...