बारामा बस दुर्घटनामा ज्यान गुमाएका नौ जनाको सनाखत

वीरगन्ज –  बाराको जितपुर सिमरा उपमहानगरपालिका-२२ अम्लेखगन्जस्थित यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु हुने १६ मध्ये ९ जनाको सनाखत भएको छ। मृतकमध्ये हेटौंडामा उपचारको क्रममा ज्यान गुमाएका ९ जनाको सनाखत भएको हो । मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमका अनुसार बस दुर्घटनामा परि ज्यान गुमाउनेमा पर्साको वीरगन्ज–१६ का सकेमप्रसाद चौरसिया,सोही स्थानकि मुन्नीदेवी चौरसिया,बाराको कलैया–१० का नगरीन खातुन, […]