बारा बस दुर्घटनामा : ज्यान गुमाएका १६ मध्ये १५ जनाकाे सनाखत

बारा – जीतपुर सिमरा उपमहानगरपालिकामा भएको बस दुर्घटनामा ज्यान गुमाएका १६ जनामध्ये १५ जनाको सनाखत भएको छ । हेटौँडा अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका १२ जना, चुरेहिल अस्पतालमा दुई जना, सहकारी अस्पतालमा एक जना र भरतपुर लैजाने क्रममा एक जनाको ज्यान गएको हो ।  ज्यान गुमाउनेमा बारा–कलैया उपमहानगरपालिकाका लीलाराज चौरसिया, चितवन खैरहनी नगरपालिका–५ की नन्दकुमारी पुडासैनी, चितवन कालिका नगरपालिकाका १५ वर्षीय सफल कँडेल, चितवन खैरहनी–५ का मनोरथ पुडासैनी, बाराका ५५ वर्षीय र...

सम्बन्धित सामग्री

बारा बस दुर्घटना : अहिलेसम्म १२ जनाको सनाखत, अझै ४ जनाको हुन बाँकी

मकवानपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित खण्डमा आज बिहान १०ः३० बजे भएको यात्रुवाहक बस दुर्घटनामा परी ज्यान गुमाएका १२ जनाको सनाखत भएको छ । दुर्घटनामा परी १६ जनाको मृत्यु भएको र चार जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिए...

बारा बस दुर्घटना अपडेट : ज्यान गुमाउनेकाे संख्या १६ पुग्याे, ९ जनाको सनाखत

बारा – बाराको जितपुर सिमरा उपमहानगरपालिका २२ अमलेखगञ्जमा बस दुर्घटनामा परि ज्यान गुमाएका नौ जनाको सनाखत भएको छ । बस दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या १६ पुगेको छ ।  हेटौँडा अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका १२ जनामध्ये नौ जनाको सनाखत भएको प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिनुभयो । ज्यान गुमाउनेमा पर्साको वीरगञ्ज महानगरपालिका १६ की मुन्नीदेवी चौरसिया, हेटौँडा उपमहानगरपालिका ७ की ५५ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, २० वर्षीया स्वस्तिका श्रेष्ठ, बाराको कलैया–१० का नगरीन खातुन, बाराको अमलेखगञ्जका ...