चालू आर्थिक वर्षको बजेट बनाउँदा १४ खर्ब ३ अर्ब रुपैयाँ राजस्व असुली हुने सरकारको अनुमान अहिले आएर ज्यादै फितलो देखिएको छ । अहिलेसम्म राजस्व असुलीको अवस्था हेर्दा यो वर्ष साढे ९ खर्बभन्दा धेरै उठ्नेछैन । वार्षिक लक्ष्यभन्दा साढे ४ खर्ब कम असुली हुने अवस्थाले सरकार कस्तो मापदण्ड अपनाएर लक्ष्य राख्छ भन्ने प्रश्न पनि उठाएको छ […]