लक्ष्यभन्दा १९ प्रतिशत कम राजस्व

चितवन । चालू आर्थिक वर्ष २०७८/७९ को चैतमा चितवनस्थित आन्तरिक राजस्व कार्यालयले लक्ष्यभन्दा १९ प्रतिशत कम राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार विभागले चैतका लागि २ अर्ब २४ करोडभन्दा केही बढीको लक्ष्य दिएकामा १ अर्ब ८० करोड रुपैयाँभन्दा केही बढी संकलन भएको छ । स्वास्थ्य सेवा करबाहेक अन्य कुनै पनि शीर्षकमा कार्यालयले लक्ष्य भेटेको छैन । स्वास्थ्य सेवा कर शीर्षकमा चैतको लक्ष्य २४ लाख १६ हजार रहेकामा २७ लाख ७ हजार रुपैयाँ संकलन भएको छ । कार्यालयका अनुुसार सबैभन्दा बढी राजस्व अन्त:शुल्क शीर्षकमा उठेको छ । शिक्षा सेवा कर शीर्षकमा राजस्व असुली भएको छैन । चैतमा १ अर्ब ४० करोड अन्त:शुल्क उठेको छ । यो शीर्षकमा १ अर्ब ६३ करोड उठाउने लक्ष्य थियो । शिक्षा सेवा करमा विभागले ४ लाख ६७ हजार रुपैयाँको लक्ष्य दिएको थियो । यस्तै, आयकर शीर्षकमा ३७ करोड ९ लाख लक्ष्य रहेकोमा २५ करोड ९ लाख, बहालकरमा ६१ लाख ७८ हजार लक्ष्य रहेकामा ३५ लाख २६ हजार, ब्याजकरमा १ करोड ११ लाख लक्ष्यमा २६ लाख ४७ हजार रुपैयाँ संकलन भएको छ । मूल्य अभिवृद्धिकर शीर्षकमा २१ करोड ८६ लाख लक्ष्यमा १३ करोड ७० लाख रुपैयाँ संकलन भएको छ । कार्यालयका कर अधिकृत सुशील लम्सालले देशभरका आन्तरिक राजस्व कार्यालयले लक्ष्यभन्दा कम राजस्व संकलन गरेको बताए । ‘कच्चा पदार्थको मूल्य वृद्धि हुँदा फाइदा कम हुन्छ, आयकर पनि कम हुन्छ,’ उनले भने, ‘तरलता अभावको असर र सरकारी बजेट खर्च नभएको कारण पनि राजस्वमा असर पर्ने गर्छ ।’ भरतपुरको आन्तरिक राजस्व कार्यालयको मुख्य स्रोत मदिराजन्य वस्तु भएकोले यसको उत्पादन र खपत कम हुँदा समग्र असुलीमा असर पर्ने लम्सालले बताए । वैशाखदेखि चुनावी चहलपहलसँगै अन्य आर्थिक गतिविधि बढ्ने हुनाले राजस्व संकलन बढ्ने उनको भनाइ छ । कार्यालयका अनुसार विभागले चैतसम्मका लागि १५ अर्ब ३ करोडको लक्ष्य दिएकोमा हालसम्म १४ अर्ब ३० करोड संकलन भएको छ । चालू आर्थिक वर्षको लागि विभागले कार्यालयलाई २१ अर्ब ७२ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य दिएको छ ।

सम्बन्धित सामग्री

भन्सार विभागले उठायो गत वर्षभन्दा ५३ करोड बढी राजस्व, लक्ष्यभन्दा २४ प्रतिशत कम

काठमाडौं, १ असोज।भन्सार विभागले गत वर्षभन्दा ५३करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ।साउनमा गत वर्षभन्दा ४७करोड रुपैयाँ बढी राजस्व उठाएकोमा भदौमा गत वर्षभन्दा ६अर्ब रुपैयाँ बढी राजस्व उठाउन सकेको हो। विभागले भदौ मसान्तसम्म लक्ष्यभन्दा २४.५प्रतिशत कम राजस्व उठाउन सकेको छ।विभागले भदौसम्ममा ८९अर्ब १०करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ६७अर्ब ९५करोड रुपैयाँ मात्रै राजस्व संकलन गर्न सकेको छ।

लक्ष्यभन्दा २२ प्रतिशत कम राजस्व संकलन

आन्तरिक राजस्व कार्यालय भरतपुरमा राजस्व विभागले दिएको लक्ष्यभन्दा कम राजस्व संकलन भएको छ । कार्यालयले गत आर्थिक वर्षमा लक्ष्य रु २६ अर्ब २६ करोड ५९ लाख ७३ हजारमा रु २० अर्ब ४७ करोड पाँच लाख ९७ हजारमात्रै राजस्व संकलन भएको हो । लक्ष्यको ७७ दशमलव ९४ प्रतिशतमात्रै राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी हरिराम ढकालले […]

लक्ष्यभन्दा २० प्रतिशत कम राजस्व

काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० को शुरूदेखि नै निराशाजनक रहेको राजस्व संकलन ७ महीना बित्दा पनि उस्तै छ । आयातमा कमी र आर्थिक गतिविधिमा आएको संकुचनका कारण सरकारले यस वर्ष राजस्व लक्ष्य प्राप्त गर्न नसक्ने निश्चितजस्तै देखिएको छ । आन्तरिक राजस्व विभागले गत फागुनसम्ममा लक्ष्यको ७९ दशमलव ६८ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । सोही अवधिमा भन्सार विभागले लक्ष्यको ५७ दशमलव ९ प्रतिशत राजस्व संकलन गरेको देखिन्छ । आन्तरिक राजस्व विभागले फागुन मसान्तसम्ममा ३ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । यस अवधिमा उसले २ खर्ब ८१ अर्ब रुपैयाँ संकलन गरेको देखिन्छ । यो लक्ष्यको ७९ दशमलव ६८ प्रतिशत हो । फागुनमा लक्ष्यको ८७ प्रतिशत मात्रै राजस्व संकलन भए पनि गतवर्ष भन्दा २ प्रतिशत बढी उठेको तथ्यांकले देखाउँछ । विभागले फागुनमा ३३ अर्ब ११ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा २८ अर्ब ९८ करोड रुपैयाँ संकलन भएको छ । गतवर्ष फागुनमा विभागले २८ अर्ब ४८ करोड रुपैयाँ संकलन गरेको थियो । गतवर्षको तुलनामा आयकर ९ प्रतिशत, घर बहालकर १० प्रतिशत र आन्तरिकतर्फको मूल्य अभिवृद्धिकर ३ प्रतिशत कम संकलन भएको विभागको भनाइ छ । यसले समग्र राजस्व लक्ष्य प्रभावित भएको अधिकारीहरू बताउँछन् । फागुन मसान्तसम्ममा विभागले आयकर लक्ष्यको ७३ दशमलव ९८, घर बहालकर ७८ दशमलव ८१, ब्याजकर ८४ दशमलव ३६, मूल्य अभिवृद्धिकर ८३ दशमलव ३२ र अन्त:शुल्क ८४ दशमलव ३६ प्रतिशत संकलन गरेको छ । फागुनसम्मको ब्याजकर गतवर्षको तुलनामा ४० प्रतिशत बढी छ । विभागले साउनदेखि फागुनसम्म ब्याजकर २३ अर्ब ८६ करोड ८५ लाख ३५ हजार रुपैयाँ उठाएको छ । विभागका महानिर्देशक दीर्घराज मैनालीले अर्थतन्त्रमा देखिएको केही संकुचन र बाह्य प्रभावले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको बताए । वार्षिक लक्ष्य जहिले पनि महत्त्वाकांक्षी हुने गरेकाले त्यसमा आफूहरूको कुनै गुनासो नभएको पनि उनले बताए । अघिल्ला महीनामा भन्दा फागुनमा राजस्व संकलनमा देखिएको सुधारले उत्साहित भएको महानिर्देशक मैनालीको भनाइ छ । ‘अब सूचकहरू नकारात्मकतिर जाँदैनन् । पछिल्ला महीनामा राजस्व संकलन सकारात्मक छ र आगामी दिनमा नकारात्मकतिर नजानेमा हामी पूर्णरूपले विश्वस्त छौं,’ मैनालीले भने । भन्सारको हालत झन् खराब भन्सारको उपलब्धि झन् खराब छ । भन्सार विभागले फागुनसम्ममा ४ खर्ब ३२ अर्ब ९२ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिएकोमा २ खर्ब ५० अर्ब ६४ करोड रुपैयाँमात्रै संकलन गरेको छ । यो लक्ष्यको ५७ दशमलव ९ प्रतिशत हो । गतवर्ष फागुनसम्ममा भन्सारले ३ खर्ब ३३ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो । गतवर्ष साउनदेखि फागुनसम्ममा १३ खर्ब ८ अर्ब रुपैयाँको वस्तु आयात भएकोमा चालू आवको सोही अवधिमा १० खर्ब ५७ अर्ब रुपैयाँ मात्रैको आयात भएको छ । यो पोहोरको तुलनामा १९ दशमलव १८ प्रतिशत कम हो । आयात घट्दा भन्सार विन्दुमा राजस्व संकलन घट्नु स्वाभाविक भएको बताउँछन् विभागका निर्देशक पुण्यविक्रम खड्का । ‘बढी राजस्व प्राप्त हुने सवारीसाधन, मदिरालगायत वस्तुको आयातमा प्रतिबन्ध लागेकाले आयातको परिमाणभन्दा राजस्व संकलन धेरैले घटेको हो,’ निर्देशक खड्काले बताए । भन्सारले फागुनमा ५९ अर्ब ३ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ३१ अर्ब ८१ करोड मात्रै संकलन गरेको छ । यो लक्ष्यको ५४ प्रतिशत हो । फागुनमा सार्वजनिक बिदा धेरै भएकाले लक्ष्यभन्दा कम राजस्व संकलन भएको भन्सारका अधिकारीको भनाइ छ । पुसदेखि आयात प्रतिबन्ध खुला भएको र माघदेखि प्रतीतपत्र (एलसी) खोल्दा नगद मार्जिन हटाएको प्रभाव चैतदेखि देखिने र आयात बढ्ने अपेक्षा रहेको उनले बताए । गत आवमा ५ खर्ब ६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको भन्सारलाई चालू आवमा ६ खर्ब ६८ अर्ब रुपैयाँको लक्ष्य दिइएको छ । यो पोहोरको भन्दा ३२ प्रतिशत बढी हो । यसपालि पोहोर बराबर आयात नहुने संकेत देखिएकाले राजस्व संकलन पनि त्यसैअनुसार नहुन सक्ने भन्सार अधिकारीहरूको भनाइ छ । केही दिनअघि आर्थिक अभियानसँगको कुराकानीमा अर्थ मन्त्रालयका राजस्व सचिव रामप्रसाद घिमिरेले पनि यो आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य पूरा गर्न कठिन हुने बताएका थिए । उनले पनि आर्थिक संकुचनदेखि अर्थतन्त्रमा देखिएको बाह्य असरलाई राजस्व संकलन कम हुनुको कारण भनेका थिए । आम्दानी र खर्चको खाडल बढ्यो फागुनसम्मको तथ्यांकमा सरकारको आम्दानी र खर्चबीच १ खर्ब ५७ अर्ब रुपैयाँको खाडल देखिएको छ । सरकारी खर्च र आम्दानीको हिसाब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार फागुन मसान्तसम्म सरकारले राजस्व, अनुदान र अन्य शीर्षकमा ६ खर्ब २२ अर्ब रुपैयाँ आम्दानी गरेको छ । उक्त अवधिमा सरकारी खर्च ७ खर्ब ७९ अर्ब रुपैयाँ नाघेको छ । सरकारको चालू खर्च ६ खर्ब ८ अर्ब र पूँजीगत खर्च ८४ अर्ब रुपैयाँ छ । राजस्वबाट सरकारले फागुनसम्म ५ खर्ब ८२ अर्ब रुपैयाँ आम्दानी गर्दा यस अवधिमा चालू खर्च ६ खर्ब ८ अर्ब पुगेको छ । यसले पछिल्लो समय सरकारी राजस्वले चालू खर्च पनि नधानेको देखाउँछ । पछिल्लो समय सरकारी आम्दानी सन्तोषजनक नहुनु र अनिवार्य दायित्व बढेका कारण अर्थतन्त्रमा समस्या बल्झिएको अर्थसचिव तोयम रायाले मंगलवार संसदीय समितिमा बताएका थिए । यसको असर आगामी वर्ष अझ बढी पर्ने उनको भनाइ छ । सरकारको आम्दानी घटे पनि कर्मचारीलाई तलब खुवाउन आगामी असारसम्म धौधौ नपर्ने उनको दाबी थियो ।

बर्सेनि लक्ष्यभन्दा कम राजस्व सङ्कलन

काठमाडौँ । राजविराज भन्सार कार्यालयले गत आर्थिक वर्ष लक्ष्यको ६१.०४ प्रतिशत राजस्व सङ्कलन गरेको छ । तीलाठी कोइलाडी गाउँपालिका-१ बेल्ही स्थित भन्सार कार्यालयले आव २०७८/०७९ मा रु चार करोड १७ लाख ६४ हजार ९२ राजस्व सङ्कलन गरेको जनाएको छ । बर्सेनि कार्यालयले रु छ करोड ८४ लाख २० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो […]

राजविराज भन्सारमा बर्सेनि लक्ष्यभन्दा कम राजस्व सङ्कलन

राजविराज भन्सार कार्यालयले गत आर्थिक वर्ष लक्ष्यको ६१.०४ प्रतिशत राजस्व सङ्कलन गरेको छ । तीलाठी कोइलाडी गाउँपालिका–१ बेल्ही स्थित भन्सार कार्यालयले आव २०७८/०७९ मा रु चार करोड १७ लाख ६४ हजार ९२ राजस्व सङ्कलन गरेको जनाएको छ । बर्सेनि कार्यालयले रु छ करोड ८४ लाख २० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । यो राजस्व लक्ष्यभन्दा करिब ३९ प्रतिशत कम हो । भन्सार कार्यालयको तथ्याङ्कले सबैभन्दा बढी असोजमा रु ५७ लाख ९६ हजार र सबैभन्दा कम चैतमा रु १९ लाख १५ हजार राजस्व सङ्कलन भएको देखाएक

कैलालीका भन्सारमा लक्ष्यभन्दा कम राजस्व संकलन

कैलालीका भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा लक्ष्यअनुसारको राजस्व संकलनमा कमी आएको छ । दुईवटा भन्सार कार्यालय रहेको कैलालीमा आर्थिक वर्ष २०७८/०७९ मा ती कार्यालयलाई भन्सार विभागले तोकेको लक्ष्यभन्दा कम राजस्व संकलन भएको हो ।  आव २०७८/०७९ मा विभागले ११ अर्ब ८२ करोड राजस्व उठाउनुपर्ने लक्ष्य तोकेकामा तोकिएभन्दा नौ अर्ब ५८ करोड कम राजस्व उठेको सूचना अधिकारी अम्बिका केसीले जानकारी दिइन् । “यस वर्ष लक्ष्यभन्दा कम राजस्व संकलन भएको छ । यस वर्ष संकलन भएको राजस्व लक्ष्यको ८१ प्रतिशत

भ्याटबाहेक सबै शीर्षकमा लक्ष्यभन्दा कम राजस्व

चालू आर्थिक वर्ष २०७८-०७९ को पहिलो ६ महिनामा मूल्य अभिवृद्धि कर बाहेक अन्य शीर्षकमा लक्ष्यभन्दा कम राजस्व संकलन भएको छ । अर्थ मन्त्रालयको राजस्व महाशाखाका अनुसार मूल्य अभिवृद्धि कर अर्धवार्षिक लक्ष्यभन्दा ३.६३ प्रतिशत बढी संकलन भए पनि अन्य शीर्षकमा लक्ष्य भेटिएको छैन ।चालू आवको पहिलो ६ महिनामा अत्यधिक मात्रामा आयात बढे पनि भन्सार महसुलले समेत […]

लक्ष्यभन्दा कम राजस्व संकलन

चितवन । पुस महिनामा आन्तरिक राजस्व कार्यालय, भरतपुरको राजस्व संकलन घटेको छ । आन्तरिक राजस्व विभागले पुुसका लागि २ अर्ब ५१ करोड ७८ लाख ३९ हजार लक्ष्य दिएकोमा कार्यालयले १ अर्ब ७९ करोड ३४ लाख ६० हजार रुपैयाँ मात्र असुली गरेको हो, जुन लक्ष्यभन्दा २९ प्रतिशत कम हो । कार्यालयको राजस्व संकलनको अधिकांश हिस्सा ओगटेको अन्तःशुल्क शीर्षकमा पुसमा ठूलो कमी आएको छ । यस शीर्षकमा लक्ष्यको ५९ दशमलब शून्य १ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । अन्तःशुल्कतर्फ विभागले १ अर्ब ७७ करोड १९ लाख ७६ हजार असुलीको लक्ष्य दिएकोमा कार्यालयले १ अर्ब ४ करोड ५६ लाख ९१ हजार रुपैयाँ मात्र उठेको हो । कार्यालयले आयकर, बहालकर र स्वास्थ्य सेवा करबाहेक अन्य शीर्षकमा लक्ष्य भेट्टाएको छैन, जसअनुसार आयकर शीर्षकमा ५१ करोड ७७ लाख ५४ हजार लक्ष्य दिइएकोमा ५३ करोड ७८ लाख १५ हजार, बहालकर शीर्षकमा १ करोड ४ लाख ६८ हजार लक्ष्य दिएकोमा १ करोड २६ लाख ३३ हजार र स्वास्थ्य सेवा कर शीर्षकमा ६ लाख ६८ हजार लक्ष्य रहेकोमा १८ लाख ७४ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यसैगरी मूल्य अभिवृद्धि कर र ब्याजकरमा पनि लक्ष्य अनुसार राजस्व असुली भएको छैन । मूअक शीर्षकमा विभागले २० करोड ३२ लाख ६९ हजार असुलीको लक्ष्य दिएकोमा १८ करोड ३० लाख ८७ हजार र ब्याजकर शीर्षकमा १ करोड ३२ लाख ६६ हजार लक्ष्य दिइएकोमा १ करोड २६ लाख ३३ हजार रुपैयाँ असुली भएको छ । कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत हरि ढकालले पछिल्ला महिनामा मदिरालगायत वस्तुको कारोबार कम भई राजस्व संकलनमा पनि असर परेको बताए । ‘कोरोनाले गर्दा अझै पनि बजार सामान्य अवस्थामा फर्किएको छैन,’ उनले भने, ‘सबै क्षेत्रको कारोबार सुस्त हुँदा अन्तःशुल्कमा ठूलो असर पर्छ ।’ कार्यालयको राजस्व अन्तःशुल्कमा निर्भर रहने भएकाले पुसको कुल राजस्व संकलन प्रभावित भएको उनको भनाइ छ । ‘अन्य शीर्षकमा जतिसुकै राजस्व असुली भए पनि अन्तःशुल्कमा लक्ष्य अनुसार राजस्व संकलन भएन भने समग्र असुलीमा असर पर्छ,’ उनले भने । विभागले चालू आवको पुस महिनासम्ममा ९ अर्ब ६५ करोड ५१ लाख २ हजार राजस्व असुलीको लक्ष्य दिएकोमा कार्यालयले ९ अर्ब ८४ करोड ८३ लाख ६७ हजार रुपैयाँ संकलन गरेको छ । विभागले यस वर्ष कार्यालयलाई २१ अर्ब ७२ करोड २१ लाख ७९ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको छ ।

कैलालीका भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व उठ्यो

कैलाली भन्सार कार्यालयले कोरोना महामारीबीच पनि भन्सार राजस्व संकलन वृद्धि गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा कार्यालयले लक्ष्यभन्दा आठ प्रतिशत अर्थात् ६२ करोड ४० लाख ५७ हजार रुपैयाँ बढी राजस्व संकलन गरेको जानकारी दिएको छ ।अघिल्लो आर्थिक वर्ष २०७६/०७७ भित्र कोरोना महामारीका कारण यो कार्यालयले लक्ष्यभन्दा २७ प्रतिशत कम राजस्व संकलन गरेको थियो । तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा आठ अर्ब २१ करोड ७३ लाख ७१ हजार रुपैयाँ राजस्व संकलन लक्ष्य निर्धारण गरिएकोमा आठ अर्ब ८४ करोड १४ लाख २८ हजार रुपैय

आन्तरिक राजस्व कार्यालय चितवन : लक्ष्यभन्दा १५ प्रतिशत कम राजस्व असुली

चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले वैशाख महीनामा लक्ष्यभन्दा कम राजस्व असुली गरेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि वैशाख दोस्रो सातादेखि निषेधाज्ञा लागू गरिएपछि यसको असर राजस्व असुलीमा परेको हो । वैशाख महीनामा कार्यालयले २ अर्ब ३३ करोड ७ लाख रुपैयाँ राजस्व असुलीको लक्ष्य पाएकोमा १ अर्ब ८९ करोड २३ लाख १२ हजार रुपैयाँ राजस्व संकलन गरेको हो, जुन लक्ष्यभन्दा १५ दशमलव १७ प्रतिशत कम हो । कार्यालयले वैशाखमा अन्तःशुल्कतर्फ सबैभन्दा बढी राजस्व असुली गरेको छ भने स्वास्थ्य सेवा शीर्षकमा राजस्व असुली शून्य छ । आन्तरिक राजस्व विभागले अन्तःशुल्क शीर्षकमा १ अर्ब ९६ करोड १३ लाख ४ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य दिएकोमा कार्यालयले १ अर्ब ५५ करोड ८७ लाख ६२ हजार रुपैयाँ असुली गरेको हो । कार्यालयले आयकर, बहालकर, ब्याजकर र मूल्य अभिवृद्धि कर शीर्षकमा मात्रे लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ भने मूल्य अभिवृद्धि कर, शिक्षा सेवा करमा लक्ष्य भेट्न सकेको छैन । आयकर शीर्षकमा ११ करोड ४५ लाख ३५ हजार रुपैयाँको लक्ष्य दिइएकोमा १२ करोड ९३ लाख ४५ हजार, मूल्य अभिवृद्धि करतर्फ १५ करोड १५ लाख ३८ हजार रुपैयाँको लक्ष्य रहेकोमा १९ करोड ८७ लाख ६२ हजार र ब्याज कर शीर्षकमा ९६ लाख ५२ हजार रुपैयाँ असुली गर्ने लक्ष्य पाएकोमा कार्यालयले १५ लाख ९२ हजार रुपैयाँ मात्र असुली गर्न सकेको छ । यस्तै बहाल कर शीर्षकमा १ लाख ८९ हजार रुपैयाँको लक्ष्यमा २२ लाख ३५ हजार रुपैयाँ र शिक्षा सेवा करमा १ लाख ७१ हजार रुपैयाँ लक्ष्य रहेकोमा ७ हजार रुपैयाँ राजस्व असुली भएको छ । कार्यालयका सूचना अधिकारी कपिलराज नेपालले कार्यालयको कर असुलीको मुख्य स्रोत नै अन्तःशुल्क भएको र यस शीर्षकमै कम राजस्व असुली भएकाले लक्ष्य भेट्न नसकिएको बताए । ‘वैशाख लागेदेखि नै निषेधाज्ञाको हल्ला र त्रास फैलियो,’ उनले भने, ‘निषेधाज्ञापछि मदिरा पदार्थको विक्रीवितरण रोकियोे, जसको प्रत्यक्ष असर अन्तःशुल्कतर्फको राजस्व संकलनमा पर्‍यो ।’ अन्य शीर्षकमा लक्ष्यभन्दा बढी संकलन भए पनि अन्तःशुल्क शीर्षकको कर असुलीमा असर परेकाले राजस्व संकलन लक्ष्यभन्दा कम भएको उनको भनाइ छ । चालू आवको १० महीना अवधिमा विभागले १५ अर्ब ६ करोड ३१ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएकोमा १४ अर्ब ४ करोड ८७ लाख ३१ हजार रुपैयाँ असुली भएको छ । विभागले कार्यालयलाई चालू आवमा १८ अर्ब ९१ करोड ५८ लाख ८१ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य दिएको छ ।