आन्तरिक राजस्व कार्यालय चितवन : लक्ष्यभन्दा १५ प्रतिशत कम राजस्व असुली

चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले वैशाख महीनामा लक्ष्यभन्दा कम राजस्व असुली गरेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि वैशाख दोस्रो सातादेखि निषेधाज्ञा लागू गरिएपछि यसको असर राजस्व असुलीमा परेको हो । वैशाख महीनामा कार्यालयले २ अर्ब ३३ करोड ७ लाख रुपैयाँ राजस्व असुलीको लक्ष्य पाएकोमा १ अर्ब ८९ करोड २३ लाख १२ हजार रुपैयाँ राजस्व संकलन गरेको हो, जुन लक्ष्यभन्दा १५ दशमलव १७ प्रतिशत कम हो । कार्यालयले वैशाखमा अन्तःशुल्कतर्फ सबैभन्दा बढी राजस्व असुली गरेको छ भने स्वास्थ्य सेवा शीर्षकमा राजस्व असुली शून्य छ । आन्तरिक राजस्व विभागले अन्तःशुल्क शीर्षकमा १ अर्ब ९६ करोड १३ लाख ४ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य दिएकोमा कार्यालयले १ अर्ब ५५ करोड ८७ लाख ६२ हजार रुपैयाँ असुली गरेको हो । कार्यालयले आयकर, बहालकर, ब्याजकर र मूल्य अभिवृद्धि कर शीर्षकमा मात्रे लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ भने मूल्य अभिवृद्धि कर, शिक्षा सेवा करमा लक्ष्य भेट्न सकेको छैन । आयकर शीर्षकमा ११ करोड ४५ लाख ३५ हजार रुपैयाँको लक्ष्य दिइएकोमा १२ करोड ९३ लाख ४५ हजार, मूल्य अभिवृद्धि करतर्फ १५ करोड १५ लाख ३८ हजार रुपैयाँको लक्ष्य रहेकोमा १९ करोड ८७ लाख ६२ हजार र ब्याज कर शीर्षकमा ९६ लाख ५२ हजार रुपैयाँ असुली गर्ने लक्ष्य पाएकोमा कार्यालयले १५ लाख ९२ हजार रुपैयाँ मात्र असुली गर्न सकेको छ । यस्तै बहाल कर शीर्षकमा १ लाख ८९ हजार रुपैयाँको लक्ष्यमा २२ लाख ३५ हजार रुपैयाँ र शिक्षा सेवा करमा १ लाख ७१ हजार रुपैयाँ लक्ष्य रहेकोमा ७ हजार रुपैयाँ राजस्व असुली भएको छ । कार्यालयका सूचना अधिकारी कपिलराज नेपालले कार्यालयको कर असुलीको मुख्य स्रोत नै अन्तःशुल्क भएको र यस शीर्षकमै कम राजस्व असुली भएकाले लक्ष्य भेट्न नसकिएको बताए । ‘वैशाख लागेदेखि नै निषेधाज्ञाको हल्ला र त्रास फैलियो,’ उनले भने, ‘निषेधाज्ञापछि मदिरा पदार्थको विक्रीवितरण रोकियोे, जसको प्रत्यक्ष असर अन्तःशुल्कतर्फको राजस्व संकलनमा पर्‍यो ।’ अन्य शीर्षकमा लक्ष्यभन्दा बढी संकलन भए पनि अन्तःशुल्क शीर्षकको कर असुलीमा असर परेकाले राजस्व संकलन लक्ष्यभन्दा कम भएको उनको भनाइ छ । चालू आवको १० महीना अवधिमा विभागले १५ अर्ब ६ करोड ३१ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएकोमा १४ अर्ब ४ करोड ८७ लाख ३१ हजार रुपैयाँ असुली भएको छ । विभागले कार्यालयलाई चालू आवमा १८ अर्ब ९१ करोड ५८ लाख ८१ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य दिएको छ ।

सम्बन्धित सामग्री

आन्तरिक राजस्व कार्यालय भरतपुर: लक्ष्यभन्दा ४६ प्रतिशत कम राजस्व असुली

चितवन। कोभिडपछि तँगिन थालेको उद्योग व्यवसाय पछिल्लो समय पुन: शिथिल बन्दा यसको असर राजस्व संकलनमा समेत परेको छ । नयाँ व्यवसाय नथपिनु, भएका व्यवसाय टाट पल्टिँदै जानु, देशमा उत्पादन तथा उपभोग कम हुनु र क्रयशक्तिमा ह्रास आउँदा लक्ष्य अनुसार राजस्व संकलन हुन नसकेको हो । आर्थिक सुस्तीका कारण चितवनमा उद्योग व्यवसाय बन्द हुन थालेका छन् । भएका पनि कम क्षमतामा चलेका छन् । यस्तै बैंकको ब्याजदर नघटेको र उत्पादित वस्तु समेत विक्री नभएकाले राजस्व असुलीमा ह्रास आएको आन्तरिक राजस्व कार्यालय, भरतपुरले बताएको छ । कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०८०/८१ को साउन महीनामा लक्ष्यभन्दा ३७ प्रतिशतले कम कर असुली भएको थियो । राजस्व असुली भदौमा झनै खस्किएको छ । गत महीना लक्ष्यभन्दा ४६ प्रतिशत कम राजस्व उठेको कार्यालयले बताएको छ । कार्यालयका अनुसार गत साउनमा २ अर्ब २ करोड ७५ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकोमा १ अर्ब २७ करोड ५३ लाख रुपैयाँ असुल भएको थियो । यस्तै भदौमा २ अर्ब ४ करोड ८ लाख रुपैयाँ राजस्व असुलीको लक्ष्य रहेकोमा १ अर्ब ११ करोड १६ लाख रुपैयाँ मात्र उठेको थियो । साउनमा कार्यालयले सबै शीर्षकमा गरी ६२ दशमलव ९ प्रतिशत राजस्व असुली गरेको थियो । यस्तै भदौमा ५४ दशमलव ४७ प्रतिशत मात्र राजस्व असुली गरेको छ । कार्यालयले आयकर, ब्याजकर, मूल्यअभिवृद्धि कर, अन्त:शुल्क, घर बहाल कर, स्वास्थ्य सेवा कर र शिक्षा सेवा कर शीर्षकमा कर संकलन गर्दै आएको छ । यीमध्ये भदौमा आयकर शीर्षकमा लक्ष्यभन्दा बढी कर असुली भएको छ भने अन्य कुनै शीर्षकमा लक्ष्य भेट्टाउन सकेको छैन ।  कार्यालयका अनुसार भदौ महीनामा आयकर शीर्षकमा १८९ दशमलव शून्य ९ प्रतिशत राजस्व असुली गरेको छ । यस्तै ब्याजकरमा ३१ दशमलव ४१ प्रतिशत, घर बहाल करमा ६५ दशमलव ६४ प्रतिशत, मूल्य अभिवृद्धि करमा ५७ दशमलब ९२ प्रतिशत, अन्त:शुल्क शीर्षकमा ४७ दशमलव ३५ प्रतिशत र स्वास्थ्य सेवा करमा ५८ दशमलव १५ प्रतिशत कर असुली गरेको छ भने शिक्षा सेवा करमा कुनै कर असुली भएको छैन । कार्यालयका कर अधिकृत विष्णुबहादुर रावतले राजस्व असुलीको अनुपात हरेक महीना क्रमश: घट्दै गएको बताए । ‘अहिले नयाँ व्यवसाय गर्ने घटेका छन्, पुराना कम्पनी नवीकरण गर्ने पनि कम छन्,’ उनले भने, ‘मुख्य त आर्थिक गतिविधि नै सुस्त छ ।’  चितवनको राजस्व असुली अन्त:शुल्कमा निर्भर हुने भएकाले पछिल्लो समय मदिराजन्य वस्तुको विक्रीमा ठूलो कमी आउँदा सो शीर्षकको राजस्व असुली समेत प्रभावित भएको उनको भनाइ छ । ‘अधिकांश मानिसलाई दैनिक खर्च चलाउनै समस्या छ । व्यापार छैन, उपभोग पनि छैन,’ रावतले भने । कतिपय उद्योग व्यवसाय धराशयी भएको र व्यवसायी विस्थापित भई अन्य पेशा तथा विकल्प रोजेकाले पनि यसको असर राजस्व असुलीमा परेको उनले बताए । कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७९/८० को साउन र भदौमा गरी १ हजार ३२७ ओटा नयाँ व्यवसाय दर्ता भएकोमा चालू आर्थिक वर्षको पहिलो दुई महीनामा ९२३ ओटा नयाँ व्यवसाय मात्र दर्ता भएका छन् । यस्तै गत आर्थिक वर्षको पहिलो दुई महीनामा ५ हजार ३९१ ओटा व्यक्तिगत प्यान जारी भएकोमा यो चालू वर्षको सोही अवधिमा ५ हजार ९ ओटा जारी भएका छन् ।

मकवानपुरमा छ अर्ब ६० करोड आन्तरिक राजस्व असुली

मकवानपुर, १० साउन । आन्तरिक राजस्व कार्यालय मकवानपुरले गत आर्थिक वर्ष २०७९/८० मा विभिन्न स्रोतको राजस्वतर्फ  छ अर्ब ६० करोड ८८ लाख २२ हजार राजस्व असुली गरेको छ । कार्यालयले अन्तरशुल्कतर्फ  तीन अर्ब ६६ करोड २७ लाख ७९ हजार, मूल्य अभिवृद्धि करतर्फ  एक अर्ब नौ करोड पाँच लाख १९ हजार र आर्यकरतर्फ  एक अर्ब १० […]

आन्तरिक राजस्व कार्यालय भरतपुर : वैशाखमा लक्ष्यभन्दा बढी राजस्व असुली

चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले वैशाखमा लक्ष्यभन्दा भन्दा ५ दशमलव ०५ प्रतिशत बढी राजस्व असुली गरेको छ । आन्तरिक राजस्व विभागले कार्यालयलाई वैशाख महीनाका लागि २ अर्ब २३ करोड ३८ लाख ६२ हजार राजस्व संकलनको लक्ष्य दिएकोमा २ अर्ब ३४ करोड ५९ लाख ३९ हजार रुपैयाँ असुली गरेको हो । कार्यालयले आयकर, बहालकर, ब्याजकर, मूल्य अभिवृद्धि कर, अन्त:शुल्क कर, स्वास्थ्य सेवा कर र शिक्षा सेवा कर शीर्षकबाट राजस्व संकलन गर्दै आएको छ । यी शीर्षकमध्ये अन्त:शुल्क शीर्षकमा सबैभन्दा बढी कर असुली भएको छ भने शिक्षा सेवा कर सबैभन्दा कम संकलन भएको छ । अन्त:शुल्क शीर्षकमा विभागले कार्यालयलाई १ अर्ब ८३ करोड ५५ लाख ७७ हजारको लक्ष्य दिएकोमा २ अर्ब ९ करोड ४६ लाख ७२ हजार राजस्व असुली भएको । यस्तै शिक्षा सेवा करको लक्ष्य ४ लाख ८९ हजार रहेकोमा ११ हजार रुपैयाँ मात्र असुली भएको छ । अन्त:शुल्क र आयकरबाहेक अन्य शीर्षकमा भने कार्यालयले लक्ष्य भेट्टाउन सकेको छैन । कार्यालयको तथ्यांक अनुसार वैशाखमा आयकर शीर्षकमा १० करोड १० लाख २८ हजार लक्ष्य दिएकोमा १० करोड ६१ लाख २८ हजार उठेको छ । यस्तै बहालकर शीर्षकमा ५० लाख ८० हजार संकलनको लक्ष्य दिइएकोमा १९ लाख ५० हजार, ब्याजकर शीर्षकमा ५ करोड ७२ लाख ९ हजारको लक्ष्यमा १ करोड १० लाख ३४ हजार, मूल्य अभिवृद्धि करको लक्ष्य २३ करोड ३९ लाख ६ हजार रहेकोमा १३ करोड ४ लाख ६४ हजार र स्वास्थ्य सेवा शुल्क शीर्षकमा ५५ लाख ३ हजार संकलनको लक्ष्यमा १६ लाख ८० हजार रुपैयाँ असुली भएको छ । कार्यालयका कर अधिकृत सुशील लम्सालले कार्यालयको मुख्य स्रोत अन्त:शुल्क भएकाले यो शीर्षकमा बढी कर असुली भएको बताए । वैशाख आयकर तिर्ने महीना नभएको र मूल्य अभिवृद्धि करको अग्रिम भुक्तानी ५० प्रतिशतबाट ३० प्रतिशत कायम गरिएकाले कम राजस्व असुली भएको उनको भनाइ छ । ‘अहिले विकास निर्माण नै कम भएको अवस्था हो,’ उनले भने, ‘सबै महीनामा सबै शीर्षकमा लक्ष्य भेट्टाउन मुश्किल पर्छ ।’ अबको २ महीना राजस्व असुली हुने उपयुक्त समय भएकाले लक्ष्यभन्दा बढी संकलन हुने उनको भनाइ छ । विभागले कार्यालयलाई चालू आवको वैशाखसम्ममा १७ अर्ब २६ करोड ८० लाख ६६ हजार राजस्व संकलनको लक्ष्य दिएकोमा सो अवधिमा १६ अर्ब ६४ करोड ७९ लाख असुली गरेको छ । चालू आवमा विभागले कार्यालयलाई २१ अर्ब ७२ करोड २१ लाख ७९ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको छ ।

आन्तरिक राजस्व कार्यालय भरतपुरको राजस्व असुली लक्ष्यभन्दा ५ % बढी

जेठ १७, चितवन । चालू आर्थिक वर्ष २०७८/ ०७९को वैैशाख महीनामा आन्तरिक राजस्व कार्यालय भरतपुरले लक्ष्यभन्दा भन्दा ५ दशमलव शून्य ५ प्रतिशत राजस्व असुली गरेको छ । राजस्व विभागले कार्यालयलाई २ अर्ब २३ करोड ३८ लाख ६२ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य दिएकोमा उक्त महीनामा २ अर्ब ३४ करोड ५९ लाख ३९ हजार राजस्व असुली गरेको हो ।  कार्यालयले आयकर, बहालकर, ब्याजकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क कर, स्वास्थ्य सेवा कर र शिक्षा सेवा कर शिर्षकबाट कर असुली गर्दै आएको छ ।  ती शिर्षकमध्ये अन्तःशुल्क शिर्षकमा सबैभन्दा बढी कर असुली भएको छ भने शिक्षा सेवा करबाट सबैभन्दा कम राजस्व असुली भएको छ । जसअनुसार अन्तःशुल्क कर शिर्षकमा विभागले कार्यालयलाई १ अर्ब ८३ करोड ५५ लाख ७७ हजार रुपैयाँ  लक्ष्य दिएकोमा कार्यालयले २ अर्ब ९ करोड ४६ लाख ७२ हजार रुपैयाँ  राजस्व असुली भएको छ भने शिक्षा सेवा करमा ४ लाख ८९ हजार रुपैयाँ  संकलन गर्ने लक्ष्य दिएकोमा ११ हजार रुपैयाँ मात्र असुली भएको छ ।  अन्त : शुल्क र आयकर बाहेक अन्य शिर्षकमा भने कार्यालयले लक्ष्य भेट्टाउन सकेको छैन । कार्यालयका अनुसार वैशाख महीनामा आयकर शिर्षकमा १० करोड १० लाख २८ हजार रुपैयाँ लक्ष्य दिएकोमा १० करोड ६१ लाख २८ हजार रुपैयाँ कर असुली भएको छ ।  यस्तै बहालकर शिर्षकमा ५० लाख ८० हजार रुपैयाँ लक्ष्य दिएकोमा १९ लाख ५० हजार रुपैयाँ, ब्याजकर शिर्षकमा ५ करोड ७२ लाख ९ हजार रुपैयाँ लक्ष्य दिएकोमा १ करोड १० लाख ३४ हजार रुपैयाँ, मूल्य अभिवृद्धि करमा २३ करोड ३९ लाख ६ हजार रुपैयाँ लक्ष्य दिएकोमा १३ करोड ४ लाख ६४ हजार रुपैयाँ र स्वास्थ्य सेवा शुल्क शिर्षकमा ५५ लाख ३ हजाररुपैयाँ लक्ष्य दिएकोमा १६ लाख ८० हजार रुपैयाँ असुली भएको छ ।  कार्यालयका कर अधिकृत सुशिल लम्सालले कार्यालयको मुख्य श्रोत अन्तःशुल्क भएकोले यो शिर्षकमा बढी कर असुल भएको बताए । उक्त महीनामा आयकर तिर्ने महीना नभएको र मूल्य अभिवृद्धि करको अग्रिम भुक्तानी ५० प्रतिशतबाट ३० प्रतिशत कायम गरिएकोले कम राजस्व असुली भएको उनले बताए ।  विभागले कार्यालयलाई चालू आवको वैशाखसम्ममा १७ अर्ब २६ करोड ८० लाख ६६ हजार रुपैयाँ  संकलन गर्ने लक्ष्य दिएकोमा उक्त महीनासम्म १६ अर्ब ६४ करोड ७९ लाख राजस्व असुली गरेको छ । चालू आवमा विभागले कार्यालयलाई २१ अर्ब ७२ करोड २१ लाख ७९ हजार रुपैयाँ असुली लक्ष्य दिएको छ ।

लक्ष्यभन्दा दुई अर्ब बढी राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालय कावासोतीले चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम चौमासिकमा लक्ष्यभन्दा झण्डै रु दुई अर्ब बढी राजस्व असुली गरेको छ । कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत अमृत अधिकारीका अनुसार कार्यालयले चालु आवको प्रथम चौमासिकमा लक्ष्यभन्दा रु एक अर्ब ९४ करोड ८९ लाख पाँच हजार बढी राजस्व असुली गरेको हो । कार्यालयले कात्तिक मसान्तसम्म रु पाँच अर्ब ८१ करोड ४२ लाख ६६ हजार राजस्व असुली गर्ने लक्ष्य लिएकामा रु सात अर्ब ७६ करोड ३१ लाख ७१ हजार राजस्व सङ्कलन गर्न सफल भएको अधिकारीले जानकारी दिनु

आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा १ अर्ब ६६ करोड राजस्व असुली

मंसिर २, चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले चालू आर्थिक वर्ष ०७७/७८को कात्तिक महीनामा सबै शीर्षक गरी १ अर्ब ६६ करोड ९६ लाख ८८ हजार रुपैयाँ राजस्व असुली गरेको छ ।  विभागले उक्त महीनामा १ अर्ब ३६ करोड ९१ लाख ३ हजार रुपौयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएकोमा २४ दशमलव ७० प्रतिशत राजस्व संकलन गर्न सफल भएको हो ।  कार्यालयले दिएको तथ्यांक अनुसार सबैभन्दा बढी अन्तशुल्क शीर्षकमा राजस्व असुली गरेको छ भने अन्य दुई शीर्षक शिक्षा सेवा कर र स्वास्थ्य सेवा करमा रकम कुनै रकम असुली गरेको छैन ।  कार्यालयका कर अधिकृत शुशील लम्सालले विदेश जाने विद्यार्थीबाट मुद्रा सटही मार्फत कर असुली नभएको र स्वास्थ्य सेवामा कर छूट भएकोले कर असुली शून्य भएको जानकारी दिए ।  कात्तिक महीनामा विभागले  शिक्षा सेवा करमा ४ लाख ५४ हजार र स्वास्थ्य सेवा करमा २ लाख ३६ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य दिएको थियो ।  सबैभन्दा बढी कर असुली अन्तशुल्कबाट  कार्यालयको सबैभन्दा बढी आम्दानी अन्तशुल्क कर शीर्षकबाट हुँदै आएको छ । जसअनुसार कात्तिक महीनामा यो शीर्षकबाट १ अर्ब ३३ करोड ९१ लाख २० हजार रुपैयाँ संकलन गरेको छ ।  यो शीर्षकमा उक्त महीनामा  विभागले  १ अर्ब ६ करोड ५३ लाख ८६ हजार रुपैयाँ लक्ष्य दिएको थियो । यस्तै आयकर शीर्षकबाट लक्ष्यभन्दा दोब्बर राजस्व असुली भएको छ । उक्त महीनामा ६ करोड ५१ लाख ४९ हजार लक्ष्य दिइएकोमा १६ करोड १६ लाख रुपैयाँ असुली गर्न सफल भएको हो ।  तर अन्य शीर्षकमा भने कार्यालयले लक्ष्य भेटाउन सकेको छैन । जसअनुसार बहाल करमा २७ लाख ९६ हजार लक्ष्य दिइएकोमा १९ लाख ६३ हजार, व्याजकरमा ४ करोड ९१ लाख ५७ हजार लक्ष्य दिईएकोमा १ करोड ४४ लाख १४ हजार रुपैयाँ र मूल्य अभिवृद्धि करमा १८ करोड ५९ लाख २५ हजार लक्ष्य दिइएकोमा १५ करोड २५ लाख ९१ हजार रुपैयाँ असुली भएका्े छ ।  कर अधिकृत लम्सालले चितवनको राजस्व संकलनको स्रोत मदिरा तथा सूर्तीजन्य पदार्थ रहेकोले अन्तशुल्कबाट सबैभन्दा बढी राजस्व संकलन हुने गरेको बताए । ‘उक्त महीनामा चाडबाड र समयपनि अनुकुल भयो, मदिराजन्य पदार्थको उत्पादन र विक्री वितरण पनि बढी भयो ।’ उनले भने ।  उनका अनुसार विशेषगरी आयकर शीर्षकमा पुस, चैत्र र असारमा बढी कर संकलन हुने र अन्तशल्क लगायत अन्य शीर्षकका करको हकमा जेठ, असार र  साउन तुलनात्मक रुपमा बढी हुनाले कर संकलनमा उत्तारचढाव आउनेछ ।  विभागले यस वर्षमा कुल २१ अर्ब ७२ करोड २१ लाख ७९ हजार रुपैयाँको लक्ष्य दिएको छ । चालू आर्थिक बर्षको ४ महीनासम्म कार्यालयलाई ५ अर्ब २० करोड ९७ लाख १३ हजार लक्ष्य दिएकोमा कात्तिकसम्म ६ अर्ब ४९ करोड ६५ लाख २५ हजार रुपैयाँ राजस्व असुली गरेको हो ।

आन्तरिक राजस्व कार्यालय भरतपुर : लक्ष्यभन्दा ८३ करोड बढी राजस्व असुली

भरतपुर । आन्तरिक राजस्व कार्यालय, भरतपुरले असोज महीनामा लक्ष्यभन्दा ८३ करोड १ लाख ६७ हजार रुपैयाँ राजस्व असुली गरेको छ । कार्यालयका अनुसार सो महीनाका लागि विभागले कार्यालयलाई १ अर्ब १७ करोड ९६ लाख ७७ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य दिएकोमा कार्यालयले २ अर्ब ९८ लाख ४४ हजार संकलन गरेको हो । कार्यालय अन्तःशुल्क शीर्षकमा लक्ष्यभन्दा झन्डै दोब्बर असुली गर्न सफल भएको छ । यस शीर्षकमा ९६ करोड २६ लाख ६ हजारको लक्ष्य दिइएकोमा कार्यालयले १ अर्ब ७३ करोड ८२ लाख ६५ हजार रुपैयाँ संकलन गरेको हो । यस्तै आयकर शीर्षकमा पनि कार्यालयले लक्ष्यको दोब्बर असुली गरेको छ । उक्त महीना यो शीर्षकमा ७ करोड ५८ लाख ६३ हजार असुलीको लक्ष्य रहेकोमा १५ करोड ९० लाख ८२ हजार उठाएको छ । अन्य शीर्षकमा भने कार्यालयले लक्ष्य भेट्टाउन सकेको छैन । कार्यालयले बहालकर शीर्षकमा ४० लाख ५३ हजार असुलीको लक्ष्यमा २३ लाख ६१ हजार, ब्याजकर शीर्षकमा १ करोड ३ लाख ४१ हजार लक्ष्य रहेकोमा २९ लाख २६ हजार, मूल्य अभिवृद्धि कर शीर्षकमा १५ करोड ६२ लाख ४५ हजार लक्ष्यमा १० करोड ७२ लाख २ हजार, स्वास्थ्य सेवा कर शीर्षकमा १ लाख ६९ हजार लक्ष्य दिइएकोमा ८ हजार र शिक्षा सेवा करमा ४ लाख रुपैयाँ लक्ष्यमा शून्य रकम असुली गरेको छ । कार्यालयका कर अधिकृत सुशील लम्सालले मदिराजन्य वस्तुबाट आउने कर नै प्रमुख स्रोत भएकाले लक्ष्यभन्दा बढी कर असुल्न सकिएको बताए । ‘हाम्रो अन्य समयमा अन्तःशुल्कबाटै बढी कर असुली हुन्छ,’ उनले भने । अन्य कर शीर्षकहरू कार्यालयको सहयोगी स्रोत मात्र भएकाले समय अनुसार घटबढ हुने उनको भनाइ छ । आयकर शीर्षकमा करदाताको विवरण बुझाउने अन्तिम म्याद भएकाले पनि आयकर शीर्षकमा लक्ष्यको दोब्बर कर असुली भएको लम्सालले बताए । विभागले कार्यालयलाई चालू आर्थिक वर्षका लागि २१ अर्ब ७२ करोड २१ लाख ७९ हजार रुपैयाँको लक्ष्य दिइएकोमा असोजसम्म तीन महीना अवधिमा कार्यालयले ४ अर्ब ८२ करोड ६६ लाख ३९ हजार रुपैयाँ संकलन गरेको छ । असोजसम्म कार्यालयलाई विभागले ३ अर्ब ८४ करोड ६ लाख ८ हजार रुपैयाँ असुलीको लक्ष्य दिएको थियो ।

आन्तरिक राजस्व कार्यालय भरतपुरको राजस्व असुली २३ % ले वृद्धि

वैशाख ३, चितवन । कोरोना महामारीका कारण हरेक क्षेत्र प्रभावित भएपनि आन्तरिक राजस्व कार्यालय, भरतपुरको असुलीमा खासै प्रभाव परेको छैन । आर्थिक गतिविधिले गतिलिएसंँगै राजस्व असुलीमा पनि वृद्धि हुँदै गएको छ ।   कार्यालयले गत फागुन महीनामा ४ दशमलव २६ प्रतिशतले असुली वृद्धि गरेकोमा चैत महीनामा आएर २३ दशमलव ४९ प्रतिशतभन्दा बढीले राजस्व असुली गरेको छ ।  उक्त कार्यालयका अनुसार गत फागुन महीनामा कार्यालयलाई राजस्व विभागले सबै शिर्षकमा गरी १ अर्ब ३९ करोड २६ लाख ५८ हजार रुपैयाँ लक्ष्य दिएकोमा १ अर्ब ४५ करोड २० लाख ४६ हजार हजार रुपैयाँ राजस्व संकलन भएको थियो  । चैत महीनामा पनि राजस्व असुलीमा कार्यालयको उल्लेख्य प्रगति देखिएको छ । जसअनुसार चैत महीनामा १ अर्ब ६३ करोड ६६ लाख ४८ हजार रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य रहेकोमा २ अर्ब २ करोड १० लाख ८ हजार रुपैयाँ राजस्व असुली भएको हो ।  सबैभन्दा बढी राजस्व असुली अन्तःशुल्कबाट  कार्यालयको राजस्व असुली अन्य शिर्षकको तुलनामा अन्तःशुल्कबाट नै बढी राजस्व असुली हुने गरेको छ । उक्त कार्यालयको करसंकलन क्षेत्रभित्र बढी मदिराजन्य उद्योगहरु र यसको कारोबार बढी रहेकोले उक्त शिर्षकबाट बढी राजस्व असुली हुँदै आएको हो । जसअनुसार कार्यालयले चैत महीनामा उक्त शिर्षकबाट मात्रै १ अर्ब ४२ करोड ३५ लाख ६८ हजार रुपैयाँ राजस्व असुल गरेको छ । विभागले कार्यालयलाई यस महीनामा १ अर्ब २१ करोड १३ लाख रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य दिएको थियो । आयकर शिर्षकमा २७ करोड ६२ लाख ४ हजार लक्ष्य दिईएकोमा  ३३ करोड ३४ लाख १० हजार रुपैयाँ राजस्व संकलन भएकोे छ ।  यस्तै मुल्य अभिवृद्धि करमा पनि कार्यालयले लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ । चैत महीनामा यस शिर्षकमा १४ करोड २७ लाख ५० हजार रुपैयाँ लक्ष्य दिईएकोमा २५ करोड ६९ लाख १७ हजार रुपैयाँ राजस्व संकलन भएको छ । ब्याजकर शिर्षकमा १४ लाख ४६ हजार रुपैयाँ असुली गर्ने लक्ष्य दिईएकोमा २६ लाख ८ हजार रुपैयाँ राजस्व असुली भएको छ ।  तर अन्य शिर्षकमा भने कार्यालयले लक्ष्य अनुसार राजस्व असुली गर्न भने सकेको छैन । जसअनुसार बहालकर शिर्षक अन्तर्गत कार्यालयलाई यस महीनामा ४७ लाख १६ हजार लक्ष्य दिईएकोमा ४५ लाख ९२ हजार रुपैयाँ राजस्व संकलन भएको छ । शिक्षा सेवा शुल्क शिर्षकमा २ लाख ३२ हजार लक्ष्य दिईएकोमा ३ हजार रुपैयाँ राजस्व संकलन भएको छ भने स्वास्थ्य सेवा करमा कुनै लक्ष्य दिइएको छैन र यस शिर्षकमा राजस्व असुली शून्य छ ।  कार्यालयका सूचना अधिकारी कपिलराज नेपालले चैत महीनामा अधिकांश करदाताको दोस्रो चौमासिक कर तिनुपर्ने  भएकोले अन्य महीनाको तुलनामा यस महीनामा बढी राजस्व संकलन हुने गरेको बताए । कार्यालयलाई चालू आर्थिक वर्षको वार्षिक लक्ष्य १८ अर्ब ९१ करोड ५८ लाख ८१ हजार रुपैयाँ राजस्व संकलन दिईएकोमा चैत महीनासम्म १२ अर्ब १४ करोड ६० लाख ९० हजार रुपैयाँ संकलन भएको छ ।

लक्ष्य भन्दा बढी राजस्व असुली

आन्तरिक राजस्व कार्यालय नेपालगन्जले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्य भन्दा बढी राजस्व असुली गरेको छ । कार्यालयले फागुनसम्म २ अर्ब ५२ करोड १५ लाख लक्ष्य रहेकोमा २ अर्ब ८४ करोड ४० लाख अर्थात करिव ११३ प्रतिशत राजस्व असुली गरेको हो ।यो गत आर्थिक वर्ष २०७६÷०७७ को सोही अवधीको तुलनामा ३९ करोड ५६ लाख रुपैयाँले […]

लक्ष्य भन्दा बढी राजस्व असुली

नेपालगन्ज-आन्तरिक राजस्व कार्यालय नेपालगन्जले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्य भन्दा बढी राजस्व असुली गरेको छ । कार्यालयले फागुनसम्म २ अर्ब ५२ करोड १५ लाख लक्ष्य रहेकोमा २ अर्ब ८४ करोड ४० लाख अर्थात करिव ११३ प्रतिशत राजस्व असुली गरेको हो ।यो गत आर्थिक वर्ष २०७६-०७७ को सोही अवधीको तुलनामा ३९ करोड ५६ लाख रुपैयाँले […]