बाँदरको पिरले बसाई सर्दै

बाक्लो बस्ती छैन । घर भए पनि केही टाढा टाढा छन । जंगल नजिकै गाउँ छ । सुबिधाको खोजीमा भएका घरवालाहरू पनी पातलिन्दै गएका छन् । भएका सबै जग्गा जमिन बाँझिन्दै गएका छन् । टारीखेतदेखि फाँटिला टारहरू यतिबेला झोरझाँडी जंगल झै बनेका छन् । एक्लो दोक्लो हिँड्नै डर लाग्ने जंगलका रुपमा लिन थालेका छन । मलिला र ओसिलो टाउँतिर उतिसका बिरुवा हुर्किन थालेका छन् । खेतीयोग्य जमिन नभएको भने पक्कै होइन । केही वर्षअघिसम्म यही खेतबारीमा फलाएको अन्नबालीबाट राम्रो आम्दानी हुन्थ्यो । आफूले खाएर बचेको अन्नले परिवारको गर्जाे टार्न मुस्किल थिएन तेह्रथुम छथर गाउँपालिकाका केही बस्तीका नागरिकहरूलाई । समयसँगै मानवबस्ती पातलिन्दै जाँदा बाँदरको हैरानीको पिर थपिएको छ । दैबिक प्रकोप, प्राकृतिक प्रकोपपछि यहाँका स्थानीयहरूका लागि वन्यजन्तुको आंतक पनि एक प्रकोप बनेको छ । वर्षदिनमा लगाएको अन्नबाली बाँदरले सखाप पार्न थालेपछि नागरिक बसाई सर्ने विकल्प खोज्न थालेका छन् । तमोर नदीसँगै जोडिएका बस्तीहरूमा बाँदरका हुलहरूले अन्नबाली सखाप पारेको वर्षांै भयो तर समस्याको समाधानको निम्ती स्थानीय सरकारले ध्यान नदिएको छथर–२ का भीमबहादुर थापाले बताए । मेहनत परिश्रम गरी परिवार धान्न लगाएको बाली नै सखाप पार्न थालेपछी विकल्प नै बसाईसराई बन्न थालेको हो । जंगली जनावरको ज्याजतीले वर्षौ देखि यहाँका किसाानहरू त्रसित छन् । बन क्षेत्रहरू सँगै जोडिएको बस्तीहरू जंगली जनावरकाहरूको ज्याजतिले स्थानीयहरूलाई दिनदिनै झनै समस्या निम्त्याएको हो । जंगली जनवारमा पनि विशेष गरी बाँदरले पछिल्लो समयमा घरभित्र छिरेर घरमा जोहो गरेर राखेको मकै, कोदो, आलु, जस्ता अन्नपातहरू नस्ट गर्न थालेपछि स्थानीयवासी हैरानी हुँदै आएको शेरबहादुर कार्कीले बताए । “भएको सबै जमिन बाँझो भईसक्यो थोरै जमिनमा लगाएको बाली पनि सखाप परे अब बसाई सर्ने तयारीमा छु,” उनले भने । पहिले बारीमा लगाएका अन्नबालीहरू संकलन गर्नलाई बारीमा बाँदर लखेट्न रुगालु बस्नु पथ्र्यो तर अहिले घरभित्र छिरेर अन्नपात साथै खाना पकाएको भाडा समेत बोक्न थाले पछि गाउभरी नै बांदरको आतंक बढेको कर्णबहादुर लिम्बूले बताए । लिम्बुका अनुसार अहिले अनिवार्य दिनभर घरमा बादर लखेट्न घर रुगालु बस्नु पर्ने बाध्यता छ । बाँदर आतंकले स्थानीयले बारीमा लगाएको आलु, तोरी, तरकारीहरू, उखुलगायतका बालीमा बाँदरले उखाल्ने, चुटाउने, जथाभावी खोतल्ने, मकैको थाग्रोमा चढेर मकै खाने र पाक्न लागेकावालीहरू खाने गरेको छ । बादंरको ज्याजति अत्यन्तै बढेकाले बसाई सर्नेहरू बढ्दो छ । गतबर्ष मात्रै दर्जन बढी यहाँका स्थानीय बसाई सरी अन्यात्र गएका छन । बासुुदेव भट्टराई, राजन भट्टराई, भीम थापा, भक्तबहादुुर कार्कीलगायत धेरै परिवार बसाई सरी अन्यात्र गई सकेका छन् । बसाई सर्ने ठाउँहरू भए र आफूमा बसाई सर्ने स्रोत भए तुरुन्त गाउँका १० घरधरी जती बसाई सर्ने मनस्थीतिमा रहेका तर बसाई सर्ने अनुकूलता नभएकाले बाँदरको ज्याजति सहेर बस्न वाध्य भएको पीडितहरू बताउँछन् । तमोरले छोएका जंगल र बस्तीहरूमा सुक्खा बढेसँगै जंगली जनावारहरूको आहारा कम हुन थालेकाले अहिले जंगली जनावारहरू बस्ती नजिक हुदै घर सम्म आउन थालेको स्थानियवासीहरूको भनाई छ । किसानहरूको समस्यालाई समाधानको निम्ति छथर गाउँपालिकाले बाँदर नियन्त्रण गर्नका लागि आवाजजन्य सामग्री परीक्षण गर्ने तयारी भइरहेको अध्यक्ष सन्तवीर लिम्बूले बताए । स्थानीय सरकार गठन भएकै ३ वर्ष बितिसक्दा पनी नागरिकहरूको समस्यालाई ध्यान नदिएको यहाँका स्थानीयहरूका गुनासाहरू प्रशस्तै सुनिन थालेका छन् । मानव जीवनको सबैभन्दा पहिलो अधिकार भनेकै गाँस, बाँस र कपास हो । जंगली जनावारले गाँस नै खोसेपछि जीवन निर्वाह गर्ने आधार नै गुमाउनु परेको दुखेसो पोखाउँछन् ।

सम्बन्धित सामग्री

बाँदरको पिरले रित्तिँदै गाउँ, बाँझिँदै खेतीयोग्य जमिन

तेह्रथुम– छथर गाउँपालिका–२ बाहुनबारीका डम्बर कार्कीले करिब १० वर्ष पहिले ५० रोपनी क्षेत्रफलमा खेती गर्ने गरेका थिए । आफूले लगाएको अन्नबाली कार्कीले नजिकैको शुक्रबारे र सन्सारे बजारमा बिक्री गरी राम्रै आम्दानी लिन्थे । कामा लगाइएका खेतलालाई पनि अन्न दिन्थे तर, अहिले १० रोपनी क्षेत्रफलमा मात्रै खेती लगाउँछन् त्यो पनि बाँदरबाट जोगाउन हरेक दिन हैरानी खेप्नु […]

रसाएको मुख

सँगै आएको साथीलाई देखाउँदै आइतेले भन्यो, ‘मलाई के भन्नुहुन्छ। यसैको पिरले म पनि धेरै पिउने भएको छु आजभोलि। यसलाई एक्लै छोड्न पनि भएन।’...

रसाएको मुख

सँगै आएको साथीलाई देखाउँदै आइतेले भन्यो, ‘मलाई के भन्नुहुन्छ। यसैको पिरले म पनि धेरै पिउने भएको छु आजभोलि। यसलाई एक्लै छोड्न पनि भएन।’...

शरीरका घाउको मात्र होइन मनको पीडाको पनि ख्याल गर्नु पर्ने रहेछ

कमाउने सपना बोकेर परदेशी भूमिमा पुगेकाहरू सबैले कमाउन सक्दैनन् । कतिपयलाई घर परिवार र देशै छाडेर परदेश जानुपर्दा मनको पिरले सताउँछ । विदेशमा बस्न सक्दैनन् । आफ्नै देश फर्की आउँछन् । तर आफ्नो मनको कुरा भन्न सक्दैनन् । मनको पिर मनैमा बोकेर हिँड्दा जहाँ गए पनि गाह्रो हुन्छ । यस्ताे अवस्थामा मनको गाँठो फुकाउने एक भर पर्दो माध्यम मनोपरामर्शकर्ता पनि हुन सक्छन् ।

मेरी आमा

असारको दिन लछारपछार गर्दै झमझम झरीमा पनि माली भोकाउँछे कि भन्ने पिरले राते रिसाउँछ कि भन्ने चिन्ताले बिहान सबेरै मेरी आमा बराउली र करूवा खोला तरी खेतका कान्लाहरूमा खेल्दाखेल्दै एक डोको घाँसका भारीसँगै घर पुग्छिन् ।   घरको काम भ्याएर खाली खुट्टामा कति संयमित भई उनी भुलभुले पुग्छिन् अनि पुन बराउली र करूवालाई पछाडि छोड्दै […]

बाँदरको पिरले बसाइँ सराइ

तेह्रथुम-बाक्लो बस्ती छैन । घर भए पनि केही टाढाटाढा छन् । जंगलनजिकै गाउँ छ । सुविधाको खोजीमा भएका घरवाला पनि पातलिँदै गएका छन् । भएका सबै जग्गाजमिन बाझिँदै गएका छन् ।टारीखेतदेखि फाटिला टार यतिबेला झोरझाडी जंगलझै बनेका छन् । एक्लोदोक्लो हिँड्नै डर लाग्ने जंगलको रूपमा लिन थालेका छन् । मलिला र ओसिलो ठाउँतिर उतिसका विरुवा […]

अब उसलाई जुल्फीदास नामले चिन्दैनन्

छोराकै पिरले बाबु भित्रभित्रै विचलित बन्दै गए। कतैबाट सोचेर ल्याउँदा पनि मनलाई विश्राम दिने ठाउँ नभेटेपछि उनी बेलाबेलामा मुर्छा खाने बिमारले पीडित बने। कसैले हृदयरोग लागेको भने। कसैले ब्लडप्रेसर बढेर यस्तो हुन्छ भने। कसैले मुटु रोग हो भने। औषधी उपचारको लागि पनि आर्थिक अभावले नै टाढाको अस्पताल जान सकेनन्।

नयाँ पत्रिका फलोअप : हेलिकोप्टरको भाडाले थलिन्छन् बिरामीका आफन्त

पीडित भन्छन्– हेलिकोप्टरमा लैजाँदा लागेको ऋण कसरी तिर्ने भन्ने पिरले निद्रा लाग्दैन डोल्पाका संक्रमितको उपचारमा २२ लाख खर्च  कोरोनाको पहिलो लहरका वेला गत पुसमा डोल्पा ठूलीभेरी नगरपालिका– २ का वडाध्यक्ष ६० वर्षीया देवी...

सडकबाट उध्दार गरिएकाहरू घर फर्काइदिने पिरले ठेगाना बताउँदैनन्

सडकबाट उद्धार गरिएकालाई परिवार र आफन्तको जिम्मा लगाउन मुख्य समस्या रहेको छ । उद्धार गरिएकाहरुले आफ्नो परिवारबारे सत्यतथ्य जानकारी नदिँदा उनीहरुलाई जिम्मा लगाउन समस्या भएको हो । यसरी संरक्षण गरिएकामध्ये अशक्त र अनाथको सङ्ख्या कम छ । परिवार भएका र सक्रिय जीवन जिउन सक्नेहरु पनि घर फर्काइदिने पिरले आफ्नो ठेगाना भन्न मान्दैनन् ।