यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४ अंकले उकालो लागेको छ । गत साताको अन्तिम कारोबार दिनदेखि यो साताको अन्तिम कारोबार दिनसम्मको अवधिमा परिसूचक ६४ अंकले बढेको हो ।गत साताको बिहीबार नेप्से परिसूचक २५ सय ६६ अंकमा पुगेर रोकिएको थियो । जुन, यो सातामा ६४ अंकले बढेर २६ सय ३१ अंकमा पुगेर रोकिएको छ । सातामा चार दिन कारोबारमा आएको नेप्से दुई दिन उकालो र दुई दिन भने ओरालो लागेको थियो ।पहिलो कारोबार दिन आइतबार १०१ अंकले र सोमबार ०.१४५ अंकले बढेको नेप्से मंगलबार १७ अंकले र बुधबार १९ अंकले घटेको थ