पश्चिमी वायु र स्थानीय वायु सक्रिय हुँदा हिउँदे वर्षा जस्तो प्रि-मनसुन

काठमाण्डाै - प्रि-मनसुन सुरु भएदेखि नै देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । हिउँदयाममा खासै पानी नपरे पनि प्रि-मनसुन सुरु भएपछि भने लगातारजसो पानी परिरहेको छ। पानी पर्दा खेतीबालीमा फाइदा पुगेको छ । किसानलाई राहत मिलेको छ । लामो समयसम्म पानी नपर्दा खेतबारीमा लगाएका बाली तथा तरकारी सुक्न थालेका थिए । ढिलै भए पनि परेको वर्षाले गहुँ, तोरी लगायतका बालीलाई फाइदा पुगेको छ । प्रि-मनसुन सुरु हुनासाथ स्थानीय वायुसँगै पश्चिमी वायु पनि सक्रिय बन्दा पानी परिरहेको मौसमविद् गंगा नगरकोटीले बता...

सम्बन्धित सामग्री

हिउँद सकिन लाग्दा बल्ल वर्षा, कृषकलाई राहत

हिउँद सकिन लाग्दा बल्ल देशका अधिकांश स्थानमा हिउँदे वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु सक्रिय हुँदा वर्षासहित हिमपात भएको हो । लामो समयसम्म वर्षा हुन नसक्दा सुक्खा बढेको थियो । हिउँद सकिन दुई दिनमात्रै बाँकी रहँदा काठमाडौं उपत्यकालगायत धेरैजसो स्थानमा वर्षा भएको छ । फेब्रुअरी २८ सम्मको अवधिलाई हिउँदको समय मानिन्छ […]

आउँदो साता वर्षा र हिमपातको सम्भावना

आउँदो दुई साता देशका अधिकांश भागमा वर्षा र हिमपातको अनुमान गरिएको छ । पश्चिमी वायु सक्रिय भएसँगै मौसम खराब रहने अनुमान गरिएको हो । यस वर्षको हिउँदे वर्षा हुन नसकेको अवस्थामा आउँदो दिनमा त्यसको परिपूरण हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसअनुसार आउँदो साताको मध्य तथा अन्त्यमा देशका विभिन्न भागमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।

हुम्लामा कार्तिकबाटै हिमपात- तापक्रम माइनस चार डिग्री

मनसुन सकिएर हिउँद लाग्दै गर्दा पश्चिमी वायु र बंगालको खाडीको वायुको चापले नेपालमा बेसमयमै हिउँदे वर्षा र हिमपात सुरु भएको छ । आइतबार बेलुकाबाट परेको बर्षासगै हुम्लामा हिमपात सुरु भएको छ चीनसँगको सिमाना जोडिएको जिल्लाकोउत्तरी नाम्खा गाउँपालिकाको हिमालपारीको गाउँ लिमी, हिल्सा र यारी क्षेत्रमा हिमपात भएको हो । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले नाम्खा गाउँपालिकाको …

यसपालि हिउँदे वर्षा खासै नहुने, वायु प्रदूषण अझै बढ्ने अनुमान

काठमाण्डाै - यसपालिको हिउँदमा खासै पानी नपर्ने मौसमविद्को अनुमान छ । हिउँदे वर्षा खासै नहुने हुँदा सुख्खासँगै वायु प्रदूषण पनि बढ्ने सम्भावना छ । गएको हप्ता पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात भए पनि देशका अन्य ठाउँमा खासै  पानी परेन । मौसम धुम्मिए पनि वर्षा हुने गरी पश्चिमी वायु प्...