कर्णाली प्रदेशमा २० ओटा शीत भण्डार निर्माण

असोज ३, वीरेन्द्रनगर । कर्णाली प्रदेशभर हालसम्म २० ओटा शीत भण्डार केन्द्र (कोल्ड स्टोर) निर्माण भएका छन् । सार्वजनिक र निजी क्षेत्रको साझेदारी कार्यक्रमबाट ती शीत भण्डारहरु निर्माण गरिएका हुन् । साना–ठूला गरी प्रदेशभर २० ओटा शीत भण्डार निर्माण भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतका अनुसार सुर्खेत र रुकुमपश्चिमा दुई–दुई ओटा, सल्यान र दैलेखमा एक–एक, डोल्पा, कालिकोट र जुम्लामा चार ओटा शीत भण्डार निर्माण गरिएका हुन् । त्यस्तै दुई ओटा शित भण्डारको निर्माण कार्य सकिएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका–१० छिन्चुको झिलमिले र वीरेन्द्रनगरमा निर्माण भएका ठूलो क्षमताका शीत भण्डारको सबै काम सम्पन्न भएको छ । अर्गानिक कर्णाली बनाउने उद्देश्य राखेको प्रदेश सरकारले कर्णाली प्रदेशलाई उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले कोल्डस्टोर निर्माण थालेको छ । सरकारले चालू आर्थिक वर्षभित्र तीन ओटा ठूलो क्षमताका शीतभण्डार केन्द्र निर्माण गर्ने भएको छ । हरेक वर्ष सार्वजनिक र निजी क्षेत्रको साझेदारीमा शितभण्डार निर्माण गर्दै आएको प्रदेशको भूमि व्यवस्था, कृषी तथा सहकारी मन्त्रालयले चालू आर्थिक वर्षमा दैलेख, सुर्खेतको गुर्भाकोट र वीरेन्द्रनगरमा एक/ एक ओटा शीतभण्डार निर्माण गर्ने भएको छ । जिल्लाको सम्भाव्यता अध्ययन, जग्गाको उपलब्धता तथा स्थानीय नागरिकको लागत साझेदारबाट शीतभण्डार निर्माण गरिने मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले जानकारी दिए ।

सम्बन्धित सामग्री

कृषि उत्पादन भण्डारण गर्न कोल्डस्टोर निर्माण

सुर्खेत- कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षभित्रमा तीनवटा ठूला क्षमताका शीत भण्डार निर्माण गरेको छ ।प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले चालू आर्थिक वर्षमा दैलेख, सुर्खेतको गुर्भाकोट र वीरेन्द्रनगरमा एक-एक शीत भण्डार निर्माण गर्ने भएको हो । मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतका अनुसार कर्णाली प्रदेशमा २०७५-७६ देखि हालसम्म ठूला र साना गरी प्रदेशका सबै जिल्लामा […]