काठमाडौँ,५ माघ । तनहुँको म्याग्दे गाउँपालिका–३ बिरुवा खिरेडाँडामा दुई सय मेट्रिकटन क्षमताको शीत भण्डार निर्माण थालिएको छ । शीत भण्डार निर्माणको जिम्मा पासा कन्स्ट्रक्सनले पाएको छ । विसं २०७९ पुस १ गते सम्झौता भई रु एक करोड ४७ लाखको लागतमा शीत भण्डार निर्माण गर्न सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । […]