चोरी गरेर पुर्याइएका चारवटा मूर्ति अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको छ । न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासले मंगलबार न्यूयोर्कमा आयोजना गरेको समारोहमा म्यानहट्टन जिल्ला न्यायाधिवक्ताको कार्यालयबाट चारवटा मूर्ति नेपालालाई हस्तान्तरण गरिएको हो ।