जनकपुरधाम । मधेस प्रदेशमा चार दिनदेखि राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन भइरहेको छ । नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि मधेसवादी दलहरूले निरन्तर रूपमा राष्ट्रपतिविरुद्ध प्रदर्शन गरिरहेका छन् ।
राष्ट्रपतिको राजीनामा माग गर्दै शुक्रबार पनि जनकपुरधाम जनक चोकस्थित प्रदर्शन गरिएको छ । जनता समाजवादी पार्टी (जसपा)को नेतृत्वमा शुक्रबार भएको प्रदर्शनमा राष्ट्रपति भण्डारीको राजीनामा माग गर्दै नेता तथा...