काठमाण्डाै - वैशाख ३० गते हुने स्थानीय तह चुनावमा उम्मेदवार बन्ने जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्थाप्रति दलहरुले आपत्ति जनाएका जनाएका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको आचारसंहितामा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था छ । सांसदको चुनाव हुँदा प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने तर पालिकाका मेयर वा अध्यक्षले राजीनामा दिनुपर्ने व्यवस्था अव्यावहारिक हुने नेताहरुको भनाइ छ ।
नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महतले उम्मेदवार बन्ने जनप्रतिनिधिले राजीनामा दिनुुपर्ने व्यवस्था उचित नहुने ब...