कर्णाली प्रदेशसभाको नेतृत्वमा दुई महिला

सुर्खेत । संघीयतापछिको संसदीय इतिहासमा यो पटक कर्णाली प्रदेशसभाको नेतृत्व महिलाले पाएका छन् । सभामुख र उपसभामुख दुवै पदमा महिला पुगेका हुन् । आइतबार भएको प्रदेशसभा सभामुखको निर्वाचनमा नेकपा एमालेबाट नन्दा गुरुङ सभामुख बनेकी हुन् भने बुधबार उपसभामुख पदका लागि भएको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट यशोदा न्यौपाने ‘पुर्णिमा’ निर्वाचित भइन् । सत्ता गठबन्धनमा भएको भागवण्डा अनुुसार सभामुख एमाले र उपसभामुख माओवादी केन्द्रले पाएको थियो । अब पाँच वर्ष कर्णाली प्रदेशसभालाई यी दुई महिलाले हाँक्ने छन् । ४० सदस्यीय प्रदेशसभामा नेकपा माओवादी केन्द्रका १३, एमालेका सभामुखसहित १०, नेपाली कांग्रेसका १४, राप्रपा र नेकपा एकीकृत समाजवादीका १÷१ तथा एक जना स्वतन्त्र...

सम्बन्धित सामग्री

नेतृत्वमा महिला उपस्थिति बढ्दै गएको छ : मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विगतभन्दा महिला उपस्थितिमा सुधार हुँदै गएको बताउनुभएको छ ।

केबी उप्रेतीको नेतृत्वमा सहकारी बैंकको नयाँ सञ्चालक समिति चयन

राष्ट्रिस सहकारी बैंकको सञ्चालकमा नयाँ नेतृत्व चयन भएको छ । आइतबार राजधानीमा सम्पन्न बैंकको १९ औं वार्षिक साधारणसभाले अध्यक्ष केबी उप्रेतीको नेतृत्वमा १५ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्वाचित गरेको हो

नवौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटको डेब्यु खेलमा पुलिसको सहज जित

२४ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुदमार्फत राष्ट्रिय क्रिकेट प्रतियोगितामा डेब्यु गरेको नेपाल पुलिस क्लबको महिला टिमले विजयी सुरुवात गरेको छ । महिला क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार पोखरा रंगशालमा क्रिकेट मैदानमा भएको खेलमा राष्ट्रिय टिमकी कप्तान रुविना क्षेत्रीको नेतृत्वमा रहेको पुलिसले कर्णाली प्रदेशलाई डीएल मेथडमा ६३ रनले पराजित गरेको हो । नवौं राष्ट्रियकै लागि पुलिसले […]

कर्णालीका ७९ पालिकामा ८ जना महिला प्रमुख उम्मेदवार

सुर्खेत । कर्णाली प्रदेशमा ७९ वटा पालिका छन् । संविधानतः महिलाले पालिकाको मेयर वा उपमेयरमध्ये एउटा स्वतः पाउँछन् । तर महिलालाई स्थानीय तहको नेतृत्व नै दिन भने राजनीतिक दलहरु उत्साहित देखिँदैनन् । कर्णालीका पालिकामा सबैभन्दा बढी नेकपा एमालेले महिलाको नेतृत्वमा उम्मेदवार दिएको छ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र भने एमालेभन्दा पछाडि […]

कर्णालीमा माओवादीको नेतृत्व चयनमा सकस, सदस्यकै टुङ्गो लागेन

२८ मंसिर, सुर्खेत । कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र)लाई पार्टी नेतृत्व चयन गर्न सकस भएको छ । शनिबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा जारी प्रदेश सम्मेलनले प्रदेश समिटी सदस्य नै टुङ्गो लगाउन सकेको छैन् । माओवादीले कर्णाली प्रदेशमा २११ जनाको प्रदेश कमिटी चयन गर्नुपर्ने छ । नेतृत्वमा ३५ प्रतिशत महिला र २५ प्रतिशत दलित सहभागिता सुनिश्चित गर्नुपर्ने भएकाले […]