स्टयाण्डर्ड चार्टर्ड न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्ड्स: विजेताहरूको प्रतिक्रिया

राष्ट्रिय स्तरको पहिचान पाएँ डिना प्रधान बारी रोस्टरी एन्ड प्याकेजिङ उद्योग इन्टरप्राइजिङ वुमन अफ द इयर, कोशी प्रदेश बारी रोस्टरी एन्ड प्याकेजिङ उद्योगले पूर्वाञ्चलमा कफीखेती गर्नुका साथै कफी प्रशोधन गरी बजारमा विक्री गर्दै आएको छ । हाम्रो उद्योगले धनकुटामा २ सय रोपनी जग्गामा कफीखेती गरेको छ । त्यहाँ उत्पादित कफीका अतिरिक्त स्थानीय किसानबाट समेत कफी संकलन गर्छौं । किसानलाई कफीखेतीमा प्रोत्साहन गर्न कफीको बिरूवा पनि प्रदान गर्दै आएका छौं । हाल मासिक १ हजार ५ सय केजी कफी उत्पादन गरी विराटनगर, धरान, पोखरा, काठमाडौंलगायत शहरमा वक्री गर्दै आएका छौं । अब विदेश निर्यात गर्ने योजना छ । हाम्रो उद्योगबारे पूर्वमा थाहा भए पनि राष्ट्रिय स्तरमा पहिचान गराउन न्यूबिज अवार्ड महत्त्वपूर्ण भएको छ । ससाना महिला उद्यमीका बारेमा तथ्यांक संकलन गरी उनीहरूको कामलाई प्रोत्साहन गर्न यो अवार्ड धेरै महत्त्वपूर्ण छ । अवार्ड कार्यक्रम पनि एकदमै भव्य र व्यवस्थित थियो ।  जिम्मेवारी थपिएको छ  चञ्चला दास अध्यक्ष, वुमन स्किल सेन्टर इन्टरप्राइजिङ वुमन अफ द इयर, मधेश प्रदेश यो हाम्रा लागि ठूलो उपलब्धि हो । अहिलेसम्म गरेको मेहनतको फल पाएका छौं । अवार्ड र कार्यक्रमबाट मिलेको सकारात्मक कुराले प्रोत्साहित गरेको छ । अझै काम र जिम्मेवारी थपिएको महसूस भएको छ । ९ वर्षदेखि महिलालाई शीप सिकाउँदै आएका छौं । उद्यम गर्दा निकै कठिनाइ भयो । मधेश प्रदेशमा यसरी अघि बढ्न अहिले पनि कठिन छ । तर, निरन्तरको प्रयासपछि अहिले यो कामको सराहना गरिएको छ । हामीले शीपमूलक तालीम दिइरहेका छौं । शीप सिकाएपछि उद्यम गर्ने महिलालाई सहयोग पनि गर्छाैं । संस्थाले ‘बिजनेश’ ल्याएर महिला उद्यमी बनाएको छ । अहिले संस्थाकै पापड फ्याक्ट्री छ । महिला सदस्यहरूले शीप सिकेर अहिले आफ्नै मिथिला संस्कृतिका पेन्टिङलगायत उत्पादन गरिरहेका छन् ।  उद्यमी बन्नुभन्दा पनि सफल उद्यमी र यसमा नै टिकिरहनु चुनौतीपूर्ण छ । मार्केटिङ पनि ठूलो चुनौती बनेको छ । तर, हामीले वातावरण बनाउँदै छौं । अहिले सबैको हातमा मोबाइल छ । व्यवसाय प्रवर्द्धन गर्ने अवसर हुने भएकाले निकै सहज भएको छ ।  उद्यममा लाग्न प्रोत्साहन मिलेको छ अनुष्का श्रेष्ठ  लसकुस फुड प्रोडक्ट प्रालि  इन्टरप्राइजिङ वुमन अफ द इयर, बागमती प्रदेश  नेपालमा महिलाको सशक्तीकरण र उद्यमशीलताका कुरा महिला दिवसको वरिपरि मार्च महीनामा मात्र हुने गर्छ । महिला दिवसको वरिपरि चर्को बहस हुने गरे पनि अन्य समयमा यसबारेमा खासै चर्चा हुँदैन । महिला सशक्तीकरण यो अवस्थामा रहेका बेला महिला उद्यमशीलता प्रवर्द्धन गर्ने गरी अवार्ड कार्यक्रम हुनु एकदमै सकारात्मक हो । यो अवार्डले महिलालाई उद्यममा लाग्न प्रोत्साहन मिल्छ । सातै प्रदेशका महिला छनोट गरी अवार्ड दिनु एकदमै राम्रो कार्यक्रम हो । त्यसैगरी स्वतन्त्र जुरी बनाएर प्रतिस्पर्धाको माध्यमबाट अवार्ड छनोट भएकाले मलाई यो एकदमै महत्त्वपूर्ण लागेको छ । हामीले मौलिक नेपाली मिठाइ ब्राण्डिङ तथा विक्री गर्दै आएका छौं ।  कार्यक्रममा महिला उद्यमशीलताका विषयमा बहस भयो । यसमा सातै प्रदेशका महिला उद्यमी जम्मा हुनुभएको, राज्यका तर्फबाट समेत मन्त्री, गभर्नर, सचिवलगायत उच्च पदस्थ कर्मचारी सहभागी हुनुभएको थियो । यसबाहेक यस्ता कार्यक्रममा महिला उद्यमशीलता प्रवर्द्धनका लागि वर्कशप तथा नेटवर्किङजस्ता कार्यक्रमलाई पनि सँगै जोडेर लैजान सके प्रभावकारिता बढाउन सकिन्छ ।  यस्तो सम्मान सरकारले पनि गर्नुपर्छ  सुकुन रसाइली वि.क  मार्फा फलफूल तथा तरकारी प्रशोधन उद्योग इन्टरप्राइजिङ वुमन अफ द इयर, गण्डकी प्रदेश अवार्डले ऊर्जा र जिम्मेवारी थपिएको छ । यस्तो सम्मान सरकारले पनि गर्न सके महिलालाई उद्यमशीलतामा थप प्रोत्साहन मिल्ने थियो । महिलाहरू आर्थिक रूपमा बलियो बन्नुपर्छ । आर्थिक रूपमा अरूमाथि भरपर्दा महिला हिंसा भई नै रहन्छ । हिंसा अन्त्यका लागि पनि महिलाहरू उद्यमशीलतामा आउनुपर्छ । महिलाहरू २४ सै घण्टा खटेर काम गर्न सक्ने भएकाले कमजोर हुँदैनन् । आफ्नो व्यवसायलाई निरन्तरता दिनुपर्छ । उद्यमी बन्नुपर्छ । आम्दानी गर्नुपर्छ । जुनसुकै व्यवसाय गर्ने विद्यार्थीदेखि ठूला उद्यमी किन नहुन्, उनमा इच्छाशक्ति हुनुपर्छ । काम सानोठूलो हुँदैन । डिजिटल प्रविधिमा भने महिला उद्यमी अझै पनि पछाडि छन् । जति समय काममा खटिन्छ, त्यसको १ घण्टा भए पनि प्रविधिमूलक ज्ञान तथा जानकारीका लागि खर्चिनुपर्छ । त्यसले आफ्नो क्षमता विकास र प्रविधि सिक्न सघाउने भएकाले महिलाको क्षमता बढ्छ । हामीले मार्फामा स्याउको सुकुटीदेखि खाद्य वस्तु उत्पादन तथा प्रशोधन गर्दै आएका छौं । सरकारले महिला उद्यमीको पहिचान गरेर अनुदान, सहुलियत कर्जा दिनुपर्छ । व्यवसाय योजनालाई नै धितो मानेर सरकारले महिला उद्यमीलाई सहुलियत कर्जा दिनुपर्छ ।  अघि बढ्नका लागि हौसला  बिन्दु चर्ती मगर  चर्ती फ्लोरा  इन्टरप्राइजिङ वुमन अफ द इयर, लुम्बिनी प्रदेश  बाँकेको नेपालगञ्जमा विभिन्न चाडपर्व तथा सभासमारोहका लागि आवश्यक पर्ने फूलका लागि भारतीय बजारको भर पर्नुपथ्र्यो । स्थानीय स्तरमा फूल उत्पादन तथा विक्री गर्ने व्यवस्था पनि थियो । त्यसैले यस क्षेत्रमा व्यावसायिक सम्भावना देखेर मैले पुष्प व्यवसाय शुरू गरेकी हुँ । अहिले आफ्नै ३० कट्ठामा फूलखेती गर्नुका साथै फूल तथा फूलबाट निर्मित सजावट सामग्री विक्री केन्द्रसमेत सञ्चालनमा ल्याएकी छु । यसबाट विभिन्न पर्व तथा समारोहमा आवश्यक पर्ने फूलमालाका लागि भारत धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । अहिले नेपालगञ्जमै रोजेको फूल पाउन सकिन्छ । यसमा स्थानीय महिला दिदीबहिनीलाई रोजगारीसमेत दिएकी छु । स्थानीय स्तरमै व्यवसाय गर्दै आएकी मैले राष्ट्रिय स्तरको अवार्ड पाउनु मेरा लागि ठूलो कुरा हो ।  विकट ठाउँको उद्यमले पहिचान पायो  शिला विश्वकर्मा नेपाली जेएफ रत्न पत्थर प्रशोधन केन्द्र इन्टरप्राइजिङ वुमन अफ द इयर, कर्णाली प्रदेश कर्णाली प्रदेशको दूरदराजमा उद्यम गरेर बसेकालाई महिलालाई खोजेर अवार्ड तथा सम्मान गर्नु उनीहरूका लागि निकै उत्साह र सम्मानको कुरा हो । जाजरकोटजस्तो विकट ठाउँमा पनि महिला उद्यमशीलता छ भन्नेर देखिनु ठूलो उपलब्धि पनि हो । यो अवार्डले मलाई निकै खुशी बनाएको छ । विगत १० वर्षदेखि रत्न तथा पत्थर प्रशोधनको काम गरिरहेकी छु । यस बीचमा व्यवसायलाई अघि बढाउन निकै ठूलो समस्याको सामना गर्नुपर्‍यो । कोरोना भाइरसका कारण त झनै समस्या भयो । तर पनि मैले आफ्नो व्यवसाय छोडिनँ । व्यवसायमा निरन्तर लागेर यहाँसम्म आएर सम्मान पाउँदा मलाई निकै खुशी लागेको छ । डिजिटल प्रविधिले व्यवसायमा लागेकालाई निकै मद्दत गर्दो रहेछ । अहिले यो प्रविधि सिक्दै पनि छु । व्यवसाय अघि बढाउन निरन्तर लागिरहनुपर्छ । व्यवसायको प्रचारप्रसारका लागि विभिन्न समयमा हुने एक्स्पोहरूमा सहभागी हुनुका साथै अहिले डिजिटल प्रविधिको उपयोग गरेर पनि मार्केटिङ गर्न सकिन्छ । कार्यक्रम प्रेरणादायी छ  संगीता खड्का संस्थापक, पीएस ट्राभल प्वाइन्ट टुर्स प्रालि  इन्टरप्राइजिङ वुमन अफ द इयर, सुदूरपश्चिम प्रदेश महिला उद्यमीका लागि यस्ता अवार्ड कार्यक्रम प्रेरणादायी हुन्छन् । जो महिलाहरू केही गर्न सक्दिनँ कि भनेर पछाडि हट्नु हुन्छ, त्यस्ताका लागि यस्ता अवार्ड कार्यक्रमले प्रोत्साहन मिल्छ । न्यू बिजनेश एजले महिलालाई बाहिर निस्केर यहाँसम्म आउन सघाएको छ । परिवारले पनि सघाउने र बुझ्ने भएका छन् । व्यवसाय, उद्यमशीलताजस्ता कुरामा महिलाहरू पनि लाग्नुपर्छ है भन्ने खालको बुझाइमा यस्ता कार्यक्रमको योगदान रहन्छ । सुदूरपश्चिमको अछाममा बस्ने महिला उद्यमी र काठमाडौंमा काम गर्ने महिला उद्यमीबीचमा धेरै कुरामा भिन्नता छ । यो बीचको सेतुका रूपमा अहिले डिजिटलाइजेशनले काम गरेको छ । अहिले भौतिक रूपमा एकै ठाउँमा बसेर समाधान खोज्न जरुरी छैन । टिकटक, फेसबुक, युट्युबहरूले ‘टाइअप’ गरिदिएको छ ।  सरकारी स्तरबाट पनि अवार्ड दिनुपर्छ  डा. आनन्द शोभा ताम्राकार  भर्मी कम्पोस्ट विज्ञ सोसल आन्त्रप्रेनर अफ द इयर हाल नेपालमा ठूलो समस्या रासायनिक मल र विषादीको प्रयोग हो । यसले गर्दा वातावरण पनि बिग्रेको छ । स्वास्थ्यलाई नकारात्मक असर परेको छ । माटो पनि बिगारेको छ । यसको विकल्प भनेको जैविक मल हो । त्यसमा पनि राम्रो गुणस्तरको गँड्यौला मल हो । त्यसैले म गँड्यौला मलको प्रचारप्रसार र प्रवर्द्धनमा लागिरहेको छु । शुरूशुरूमा यति पढेको मान्छे किन फोहोरको काममा लागेको होला भनेर मेरा कुरा काट्नेहरूबाट विस्तारै प्रशंसा पाउन थालेकी छु । मैले धेरै किसानलाई गाउँगाउँमा पुगेर गँड्यौला मल बनाउन र यसको प्रयोग गर्न प्रोत्साहन गरिरहेकी छु ।  मेरो कामलाई न्यूबिज अवार्डले अझै प्रोत्साहित र हौसला प्रदान गरेको छ । यो अवार्डले धेरै महिला दिदीबहिनीलाई प्रोत्साहन मिल्नेछ । यो कार्यक्रम उद्यमीलाई हौसला प्रदान गर्ने कार्यक्रम पनि हो । यसबाट धेरै युवा उद्यम गर्नका लागि उत्साहित भएका छन् । अवार्डसँगै प्रदान गरिएको नगद पुरस्कारले महिला उद्यमीलाई सहयोग पनि मिलेको छ । महिला उद्यमीको मनोबल बढाउन आगामी दिनमा सरकारी र निजी स्तरबाट यस्ता कार्यक्रमलाई निरन्तरता दिन आवश्यक छ ।  लैंगिक विभेद हटाउन महत्त्वपूर्ण  पद्मासना शाक्य  अध्यक्ष, मानुषी लघुवित्त वित्तीय संस्था बिजनेश वुमन अफ द इयर  मानुषीमार्फत महिला तथा विपन्न वर्गको उत्थान तथा विकासमा हामी ३ दशकभन्दा लामो समयदेखि काम गरिरहेका छौं । तल्लो तहका महिलालाई उनीहरूको स्थानीय स्रोत र साधनमा आधारित शीप सिकाउने, उद्यम व्यवसाय गर्न वित्तीय सेवा प्रदान गर्ने तथा उनीहरूले उत्पादन गरेका सामानको विक्री वितरणका लागि समेत हामीले काम गरिरहेका छौं ।  विशेषगरी हामीले महिला दिदीबहिनीलाई हस्तकला व्यवसायका लागि सहयोग गरिरहेका छौं । हस्तकला निर्यातमा पनि हामीले काम गरिरहेका छौं । तर, पछिल्लो समय हस्तकलाको बजार घटिरहेको छ । हाम्रा उत्पादनकर्ता पनि यसमा चिन्तित छन् । हामी कसरी राम्रो र गुणस्तरीय उत्पादन गर्न सक्छौं भनेर लागिरहेका छौं । महिला उद्यमीलाई नै केन्द्रित गरी गरिएको अवार्ड एकदमै नौलो र उत्कृष्ट कार्यक्रम भएको छ । यसबाट लैंगिक विभेद हटाउँदै समावेशिता र समानता कायम गर्नमा समेत सहयोग पुग्छ । महिलाको कार्यक्रम महिलाले मात्र गर्नुपर्छ भन्ने मान्यतासमेत यसले तोडेको छ । यसका लागि आयोजकलाई धेरैधेरै धन्यवाद दिन्छु । पहिचान दिएको छ  सेवा पाठक सीईओ, भायनेट कम्युनिकेशन प्रोफेशनल वुमन अफ द इयर  नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट सीए उत्र्र्तीण गरेपछि अडिटिङको कामबाट मेरो व्यावसायिक यात्रा शुरू भएको हो । केही वर्ष इन्स्योरेन्स क्षेत्रमा काम गरेपछि आईटी क्षेत्रमा प्रवेश गरेकी हुँ । चार वर्षदेखि भायनेट कम्युनिकेशनको नेतृत्व गर्दै प्राविधिक क्षेत्रमा सक्रिय छु । ग्राहकलाई उत्कृष्ट सेवा पुर्‍याउन र प्राविधिक क्षेत्रको उत्कृष्ट कम्पनीका रूपमा यसलाई अघि बढाउन लागिरहेकी छु ।  न्यूबिज प्रोफेशनल वुमन अफ द इयर अवार्डले मेरो व्यावसायिक कामलाई पहिचान दिएको छ । यो अवार्ड मेरा लागि एकप्रकारको सरप्राइज नै भयो । किनकि मैले अवार्ड पाउँछु भनेर सोचेको पनि थिइनँ । अवार्डले मलाई व्यावसायिक रूपमा काम गर्न अझ हौसला मिलेको छ । कार्यक्रम एकदमै भव्य र व्यवस्थित थियो । त्यसका लागि आयोजकलाई धन्यवाद दिन चाहन्छु । यस्ता कार्यक्रम तथा अवार्डले महिलालाई हौसला प्रदान गर्छ । महिला उद्यमशीलतालाई प्रवर्द्धन गर्ने कार्यक्रममा महिलाको उपस्थिति अलिकम भयो कि जस्तो लाग्यो । आगामी दिनमा यसतर्फ पनि ध्यान पुर्‍याउन सुझाव दिन्छु ।  उद्यमी दिदीबहिनीलाई उत्साह  डा. प्रतिभा पाण्डे  मेडिकल डाइरेक्टर, सिवेक हस्पिटल वुमन आन्त्रप्रेनर अफ द इयर  म मेडिकल डाक्टर भएको करीब ५० वर्ष भयो । मेरो अनुभवमा महिलाको सशक्तीकरणका लागि शिक्षा सबैभन्दा ठूलो कुरा हो । महिलालाई अघि बढाउन शिक्षालाई नै प्रवर्द्धन गर्नुपर्छ । साथै महिलाका लागि आर्थिक स्वतन्त्रता पनि उत्तिकै जरुरी छ । अहिले प्रविधिको क्षेत्रमा धेरै महिला देखेको छु । तर, नेतृत्वमा भने महिलाको उपस्थिति कमजोर छ । राजनीतिक नेतृत्वमा पनि महिलाको उपस्थिति कमजोर नै छ । यसमा आउन सक्नुभएको पनि छैन । यसका लागि हामीले अझै मेहनत गर्न आवश्यक छ । हाम्रा कानूनहरू पनि असमान छन् । त्यो सबै ठीक नभएसम्म अगाडि बढ्न महिलालाई गाह्रो पनि छ ।  अवार्डले महिलालाई व्यवसायका लागि प्रोत्साहन गरेको छ । राष्ट्रिय स्तरका महिलालाई भन्दा पनि प्रत्येक प्रदेशबाट छुट्टाछुट्टै महिला उद्यमी छनोट गरी पुरस्कृत गर्नु एकदमै राम्रो छ । यसबाट प्रदेशमा रहेर उद्यम गरिरहेका महिला दिदीबहिनीलाई उत्साह मिलेको छ । कार्यक्रममा महिला उद्यमशीलता र प्रविधिको विषयमा गरिएको प्यानल छलफल पनि फलदायी रह्यो । तर, कार्यक्रममा प्रायोजक कम्पनीहरूको प्रचारप्रचार अलि बढी भयो कि जस्तो लाग्यो । मेडिकल फिल्डमा पनि हामी औषधि कम्पनीको प्रायोजनमा कार्यक्रमहरू गर्छौं तर यति धेरै प्रचारप्रसार गर्दैनौं । उनीहरूको बढी प्रचारप्रसारले मुख्य कार्यक्रम ओझेलमा परेको हो कि जस्तो भान भयो । किनकि राष्ट्रिय पुरस्कार वितरण गर्ने बेलासम्म सबैजना सेलिब्रेशनको मुडमा हुनुहुथ्यो । आगामी दिनमा यो पक्ष सुधारमा आयोजकले ध्यान पुर्‍याओस् ।  थप काम गर्न हौसला मिलेको छ अलिशा श्रेष्ठ  सहसंस्थापक, अम्निल टेक्नोलोजिज प्रालि वुमन इन टेक अफ द इयर यस्ता अवार्ड कार्यक्रममा सहभागी भएको यो मेरा लागि पहिलो अवसर हो । आफूले गरिरहेको कामको पहिचान हुने गरी अवार्ड पाउने खुशीको कुरा हो । यसले मलाई पहिचान दिएको छ । साथीभाइबाट बधाई आउने क्रम जारी नै छ । यसले मलाई आगामी दिनमा थप काम गर्न हौसला मिलेको छ । कार्यक्रम एकदमै उत्कृष्ट भयो । कार्यक्रममा भएको प्लानेल डिस्कशन पनि इन्फरमेटिभ नै रह्यो । विगत १७ वर्षदेखि म प्रविधिको क्षेत्रका काम गरिरहेको छु । विशेष गरी म आईटी प्रोग्रामर भए पनि आफ्नै कम्पनी स्थापना गरेपछि व्यवस्थापनको काम पनि हेरिरहेकी छु । म आईटी र व्यवस्थापनको विद्यार्थी भएकाले सजिलो पनि भएको छ । हाम्रो कम्पनी विभिन्न कम्पनीको वेबसाइट, सफ्टवेयर तथा मोबाइल एप्सको विकासमा काम गरिरहेको छ ।

सम्बन्धित सामग्री

नुवाकोटमा सेवाग्राहीको प्रतिक्रिया ‘क्युआर कोड’बाट

नुवाकोट– जिल्ला प्रशासन कार्यालय नुवाकोटले सेवाग्राहीको प्रतिक्रिया ‘क्युआर कोड’बाट सङ्कलन गर्न सुरु गरेको छ । यसअघि ‘गुनासो पेटिका’ मार्फत सेवाग्राहीको प्रतिक्रिया सङ्कलन गरिँदै आएकोमा समय सान्दर्भिक र आधुनिक प्रविधिको उपयोगलाई मध्यनजर गर्दै ‘क्युआर कोड’ सेवा सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए । उनको अनुसार प्रतिक्रिया सङ्कलनको लागि राखिएको पेटिकामा न्यून सहभागिता भएसँगै […]

अब सेवाग्राहीको प्रतिक्रिया ‘क्युआर कोड’बाट

त्रिशूली (नुवाकोट), २८ फागुन । जिल्ला प्रशासन कार्यालय नुवाकोटले सेवाग्राहीको प्रतिक्रिया ‘क्युआर कोड’बाट सङ्कलन गर्न सुरु गरेको छ । यसअघि ‘गुनासो पेटिका’ मार्फत सेवाग्राहीको प्रतिक्रिया सङ्कलन गरिँदै आएकोमा समय सान्दर्भिक र आधुनिक प्रविधिको उपयोगलाई मध्यनजर गर्दै ‘क्युआर कोड’ सेवा सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार प्रतिक्रिया सङ्कलनको लागि राखिएको […]

नीति तथा कार्यक्रमबारे चन्द्र ढकालको प्रतिक्रिया- तुलनात्मक रूपमा सकारात्मक छ

सरकारले ल्याएको नीति तथा कार्यक्रम तुलनात्मक रूपमा सकारात्मक रहेको निजी क्षेत्रले प्रतिक्रिया दिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नीति तथा कार्यक्रम तुलनात्मक रूपमा सकारात्मक रहेको प्रतिक्रिया दिए

‘बहाव’लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

काठमाडौं । भोली शुक्रबारबाट रिलिज हुने फिल्म ‘बहाव’ले बुधबार साँझ राजधानीमा प्रिमियर गरेको छ । फिल्मकर्मी, सञ्चारकर्मी, पत्रकार तथा राजनीतिक दलका नेताको उपस्थितिमा गरिएको प्रिमियरपछि फिल्मकर्मी तथा नेताले फिल्मको विषयवस्तु फरक लागेको प्रतिक्रिया दिएका छन् । एमाले नेता रघुजी पन्तले ‘बहाव’ नेपाली फिल्म जगतमा सम्भावना बोकेको फिल्म बनेको प्रतिक्रिया दिए । ‘फिल्मको विषयवस्तु नयाँ छ […]

प्रिमियरमा ‘हिजो आजका कुरा’ लाई मिश्रित प्रतिक्रिया

शुक्रबारबाट प्रदर्शनमा आउँने फिल्म ‘हिजो आजका कुरा’ को प्रिमियर गरिएको छ । बुधबार वान सिनेमा आइप्लेक्स नयाँ बानेश्वरमा आयोजित प्रिमियरमा फिल्मले मिश्रित प्रतिक्रिया पाएको छ । फिल्मलाई केहीले राम्रो बनेको बताउँदा, केहीले कथावस्तु मन परेको धारणा खो । केहीले भने फिल्म सिरियल जस्तो रहेको समेत प्रतिक्रिया दिएका थिए ।दीपकराज गिरी, केकी अधिकारी, रीस्ता बस्नेत, शोभित बस्नेत लगायतका कलाकारको समेत सहभागिता रहेको प्रिमियरमा फिल्म युनिट र रंग पत्रकारको बाक्लो उपस्थिति रहेको थियो । फिल्म अभिनेता

प्रिमियरमा 'मन्त्र'लाई उत्साहजनक प्रतिक्रिया

काठमाडौं : शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म 'मन्त्र'को प्रिमियर शो गरिएको छ। बुधबार राजधानीमा फिल्म तथा अन्य क्षेत्रका सेलिब्रेटीहरूको उपस्थितिमा प्रिमियर गरिएको हो। हिमाली भेगको प्रेम कथा भनिएको फिल्मले प्रिमिरयमा उत्साहजनक प्रतिक्रिया पाएको छ। फिल्मको कथा, छायांकन, पार्श्व ध्वनी, कलाकारको अभिनय सबै तारिफयोग्य रहेको फिल्म हेरिसकेपछि प्रतिक्रिया दिएका छन्। फिल्ममा साैगात मल्ल, दिया पुन, बुद्धि तामाङ लगायतका कलाकरको मुख्य भूमिका रहेको छ। फिल्म हेरिसकेपछि निर्

‘चिसो एष्ट्रे’ लाई प्रिमियरमा राम्रो प्रतिक्रिया

फिल्म ‘चिसो एष्ट्रे’ को मंगलबार प्रिमियर भएको छ । सिभिल मलको क्युएफएक्स सिनेमामा साँझ आयोजित प्रिमियरमा फिल्मकर्मी र रंग पत्रकारको बाक्लो उपस्थिति रहेको थियो ।  प्रिमियरमा फिल्मले मिश्रित प्रतिक्रिया पाएको छ । फिल्म हेर्न अधिकांश सेलिब्रेटीले भने फिल्म राम्रो बनेको प्रतिक्रिया दिएका थिए । केही सेलिब्रिटीले फिल्म हलिउड जस्तो लागेको समेत बताए ।प्रिमियरमा वरिष्ठ कलाकार सन्तोष पन्तले फिल्म हेरेपछि प्रतिक्रिया दिँदै फिल्म हेरिरहँदा आफूलाई नेपाली हैन हलिउड फिल्म हेरिरहेको भान भएक

बजेटको प्रतिक्रिया राम्रो आएको छ : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको प्रतिक्रिया चारैतर्फबाट राम्रो आएको बताएका छन्। आज बजेटमाथिको छलफलका लागि आयोजना गरेको कार्यक्रममा बोल्दै उनले बजेटको प्रतिक्रिया सकारात्मक आएको बताएका हुन्।

नयाँ बजेटबारे बाबुरामको प्रतिक्रिया : नहुने चुनावको एमाले घोषणापत्र

पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नयाँ बजेटले सिधासादा मतदातालाई ललिपप बाँडेको बताएका छन् । आर्थिक वर्ष २०७८/७९ सालको बजेटबारे प्रतिक्रिया दिँदै उनले नहुने चुनावमा एमालेको घोषणापत्र भएको समेत प्रतिक्रिया दिए ।नयाँ बजेट सार्वजनिक भएलगत्तै सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रतिक्रिया दिँदै भट्टराईले भनेका छन् : ‘अर्थमन्त्री मार्फत वाचन गरिएको नहुने चुनावको एमाले घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक पाइएन सिधासादा मतदातालाई ललिपप बॉडेको देखियो।’उनले पपुलिज्मममा पनि कुनै सिर

कोरोना निको भइसकेका व्यक्तिमा खोपले कस्तो प्रतिक्रिया देखाउँछ?

खोप लगाइसकेपछि विभिन्न प्रतिक्रिया देखिनु सामान्य हो। ज्वरो आउने, टाउको दुख्नु भनेको त खोप लगाइसकेपछि शरीरले देखाउने प्रतिक्रिया हो। यसलाई सामान्य रुपमा नै लिनुपर्छ।