पञ्चेश्वर आयोजना अगाडि बढ्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अगाडि बढ्ने बताएका छन् । बैतडीको शिवनाथ गाउँपालिकाको सुल्लेखानमा आयोजित सत्ता गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै उनले भन, “पञ्चेश्वर आयोजना बन्छ, पञ्चेश्वर बनेमा यहाँको विकास हुन्छ ।  यसलाई अवश्य अगाडि बढाउँछौँ । पञ्चेश्वरलाई अगाडि बढाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यू पनि सकारात्मक हुनुहुन्छ ।”यसका साथै उनले पाटन–पञ्चेश्वर सडकखण्ड छिट्टै कालोपत्र हुने बताए । बैतडीको तल्लोस

सम्बन्धित सामग्री

झुलाघाटमा पुल बनाएरै छाड्छु : प्रधानमन्त्री देउवा

काठमाडाैं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमको विकास प्राथमिकतामा रहेको बताउनुभएको छ । बुधबार संयुक्त लोकतान्त्रिक–वाम गठबन्धनले पाटनमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले सुदूरपश्चिमको विकासका लागि यहाँका ठूला आयोजना प्राथमिकतामा रहेको बताउनुभयो । पश्चिमसेती, पञ्चेश्वर आयोजना, झुलाघाटमा मोटरेबल पुल, मध्यपहाडी लोकमार्ग, पाटन नमूना सहर निर्माणका काम सम्पन्न भएमा यहाँको विकास र […]

झुलाघाटमा पुल बनाएरै छाड्छु : प्रधानमन्त्री देउवा

बैतडी – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको विकास प्राथमिकतामा रहेको बताउनुभएको छ । आज बुधवार संयुक्त लोकतान्त्रिक–वाम गठबन्धनले पाटनमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सुदूरपश्चिमको विकासका लागि यहाँका ठूला आयोजना प्राथमिकतामा रहेको बताउनुभयो । पश्चिम सेती, पञ्चेश्वर आयोजना, झुलाघाटमा मोटरेबल पुल, मध्यपहाडी लोकमार्ग, पाटन नमुना सहर निर्माणका काम सम्पन्न भएमा यहाँको विकास र रोजगारीमा टेवा पुग्ने प्रधानमन्त्री देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, &lsqu...