सामुदायिक विद्यालय : भौतिक संरचना बढ्दो, गुणस्तर घट्दो

ढोरपाटन, चैत ४ । स्थानीय तह आउनुपूर्व बजारदेखि गाउँसम्मका सामुदायिक विद्यालय जीर्ण थिए। काठ, ढुङ्गा र माटोले बनेका पुराना भवनमा विद्यार्थी भुइँमै बसेर पढ्थे। प्राथमिक तह पढ्नकै लागि घण्टौँको दूरी पार गर्नुपथ्र्यो। घण्टौँ लगाएर पढ्न आउने विद्यार्थीले कक्षाकोठा अपुग हुन्थ्यो। शौचालय, खानेपानी र पुस्तकालय किताबमा पढिन्थ्यो। प्रयोग गर्न पाइँदैनथ्यो। तर अहिले त्यस्ता समस्या केही विद्यालयमा […]

सम्बन्धित सामग्री

भरोसा थप्दै सामुदायिक विद्यालय

पछिल्ला वर्षमा सरकारी लगानीका सामुदायिक विद्यालयमा भने थामिनसक्नुको भिड देखिएको छ । उनीहरूले विद्यार्थी तान्न सञ्चार माध्यमबाट विज्ञापन गर्नु परेको छैन, भौतिक संरचना देखाएर लोभ्याउनु परेको पनि छैन । तैपनि यी विद्यालयहरूले भर्ना हुन चाहने जति सबै विद्यार्थीलाई पढाउन सकेका छैनन् । सीमित भौतिक संरचना र कर्मचारीको अभावमा चाहना भएर पनि आउने जति सबै विद्यार्थी पढाउन नसकिएको विद्यालयको भनाइ छ । सिकाइ उपलब्धि र नतिजा पनि राम्रो भएका कारण यस्ता विद्यालयमा विद्यार्थी आकर्षण बढिरहेको छ । सहरी क्षेत्रका सामुदायिक विद्यालयमा त विद्यार्थीको चाप ह्वात्तै बढेको

सामुदायिक विद्यालय : भौतिक संरचना बढ्दो, गुणस्तर घट्दो

ढोरपाटन- स्थानीय तह आउनुपूर्व बजारदेखि गाउँसम्मका सामुदायिक विद्यालय जीर्ण थिए । काठ, ढुङ्गा र माटोले बनेका पुराना भवनमा विद्यार्थी भुइँमै बसेर पढ्थे । प्राथमिक तह पढ्नकै लागि घण्टौँको दूरी पार गर्नुपर्थ्यो । घण्टौँ लगाएर पढ्न आउने विद्यार्थीले कक्षाकोठा अपुग हुन्थ्यो । शौचालय, खानेपानी र पुस्तकालय किताबमा पढिन्थ्यो । प्रयोग गर्न पा...

सामुदायिक विद्यालय : भौतिक संरचना बढ्दो, गुणस्तर घट्दो

ढोरपाटन- स्थानीय तह आउनुपूर्व बजारदेखि गाउँसम्मका सामुदायिक विद्यालय जीर्ण थिए । काठ, ढुङ्गा र माटोले बनेका पुराना भवनमा विद्यार्थी भुइँमै बसेर पढ्थे । प्राथमिक तह पढ्नकै लागि घण्टौँको दूरी पार गर्नुपर्थ्यो । घण्टौँ लगाएर पढ्न आउने विद्यार्थीले कक्षाकोठा अपुग हुन्थ्यो । शौचालय, खानेपानी र पुस्तकालय किताबमा पढिन्थ्यो । प्रयोग गर्न पा...

सामुदायिक विद्यालयको बेहाल : न खेलमैदान, न शौचालयमा पानी

काठमाडौं : सरकारले शिक्षाको नाममा बर्सेनी ठूलो रकम छुट्याउँछ। राज्यकोषबाट खर्च भएअनुसार सामुदायिक विद्यालयमा भौतिक संरचना सबल देखिनुपर्ने हो, विद्यालयले आधारभूत सुविधा पाउनुपर्ने हो।तर विडम्बना। बजेट सदुपयोग हुन नसक्दा मुलुकका अधिकांश सामुदायिक विद्यालय अस्तव्यस्त छन्। यसै कारण सामुदायिक विद्यालयमा न गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवस्था छ न त आधारभूत सेवा नै पाउने स्थिति नै। मापदण्डभित्र रहेर विद्यालय सञ्चालन नहुँदा भर्ना संख्या घट्दै गएको सरकारी तथ्यांकले देखाएको छlकाठमाडौंको अत्यन्त व्यस

सामुदायिक विद्यालयको लोभलाग्दो भवन

मालिका गाउँपालिका–७, बिमस्थित किसानी माध्यमिक विद्यालयको भौतिक संरचना देख्दा सबै दङ्ग हुने गरेका छन् । यो सामुदायिक विद्यालय सहरबजारको सुविधा सम्पन्न निजी विद्यालयभन्दा कम देखिँदैन । किसानी माविको सुविधा सम्पन्न र भव्य भवनहरू निर्माण भएका छन् । कक्षाकोठा, छात्रावास, खेलमैदान र शौचालय व्यवस्थित तथा आकर्षित बनाइएको छ । प्रयोगात्मक शिक्षण सिकाइका लागि प्रयोगशाला स्थापना गरिएको छ ।

सामुदायिक विद्यालयमा विद्यार्थीको चाप

बाँके । बाँकेको नेपालगञ्जस्थित सामुदायिक विद्यालय धम्बोझी माध्यमिक विद्यालयमा विद्यार्थीको चाप बढेको छ । नेपालगञ्ज–१ मा रहेको उक्त सामुदायिक विद्यालयमा विद्यार्थीको चाप अत्यधिक भएपछि विद्यार्थी भर्नामा प्रवेश परीक्षा लिनुपरेको विद्यालयका प्रधानाध्यापक वामदेव सुवेदीले जानकारी दिए । उहाँका अनुसार धम्बोझी माविले शिशु कक्षादेखि १० सम्म विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिने गरेको छ । विद्यालयमा सीमित दरबन्दी र भौतिक पूर्वाधारको कमीका कारण सामुदायिक विद्यालय भए पनि भर्ना हुन आउने विद्यार्थीलाई सिधै भर्ना लिन नसकिएको हो । विद्यार्थीको चापअनुसारको कक्षा कोठासँगै बस्ने डेस्क, बेन्च अभावका कारण विद्यालयमा आउने सबैलाई भर्ना गर्न नसकिएको प्रधानाध्यापक सुवेदीको भनाइ छ । सामुदायिक विद्यालयमा भर्ना हुन आउने विद्यार्थी र अभिभावकलाई भौतिक पूर्वाधारको कमीका कारण भर्ना गर्नका लागि ठाउँ छैन भनेर फर्काउनुपर्ने बाध्यता छ ।   विद्यालयमा विद्यार्थीको चाप अत्यधिक बढेपछि भर्ना लिनका लागि प्रवेश परीक्षा लिएर मात्र भर्ना लिने रणनीति बनाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लीलाराज उपाध्यायले बताए । विद्यालयको भौतिक संरचना कक्षाकोठा र फर्निचर अभावका कारण सबै विद्यार्थीलाई भर्ना लिन असहज भएको उनले जानकारी दिए । सो विद्यालयमा बालविकास केन्द्रदेखि कक्षा १२ सम्म दुई हजार ७३७ विद्यार्थी चालु शैक्षिकसत्रका लागि भर्ना भएका छन् । रासस

छैन शौचालय र प्राङ्गणः कक्षाकोठाको समस्या उस्तै

जिल्ला सदरमुकाम बागलुङ बजारका अधिकांश विद्यालय भौतिक पूर्वाधारका हिसाबले सुविधा सम्पन्न छन् । सदरमुकामका सरकारी विद्यालयमा ठूलाठूला पक्की भवन, खेलकूद मैदानलगायतका पूर्वाधार निर्मित छन् ।  यही सदरमुकामभित्रकै एक पुरानो सामुदायिक विद्यालय भने बत्ती मुनीको अध्यारो जस्तै भएको छ । गाउँगाउँका सरकारी विद्यालयसमेत सुविधा सम्पन्न भइरहेको अवस्थामा जिल्ला सदरमुकामको पुरानो उपल्लाचौर आधारभूत विद्यालयले पूर्वाधारको चरम अभाव खेप्दै आएको छ ।  विद्यालयका लागि जग्गा अभाव भएका कारण आवश्यक भौतिक संरचना निर्माण गर्न समेत कठिन भए...

सामुदायिक विद्यालयतिर निजीको आँखा

ल्याबोरेटरी स्कुलको भौतिक संरचना दोहोन गरेझैं अब उपत्यकाका दरबार हाइस्कुल, विश्व निकेतन, ज्ञानोदयजस्ता सामुदायिक विद्यालय निजीको निसानामा छन्।

क्वारेन्टाइन व्यवस्थापनमा समस्याः त्रिपाल लगाउने तयारी

भारतलगायत देशका विभिन्न स्थानबाट नागरिक घर फर्कन थालेपछि कैलालीका स्थानीय तहलाई क्वारेन्टाइन व्यवस्थापनमा समस्या भएको छ । स्थानीय तहमा भएका सार्वजनिक भौतिक संरचना भरिभराउ भएपछि वाहिरबाट घर फर्किएका नागरिकको व्यवस्थापनमा समस्या भएको हो । कैलालीको जानकी गाउँपालिकाले पालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयमा क्वारेन्टाइन स्थापना गरिसकेको छ । अब आउने नागरिकलाई राख्नका लागि टेण्ट लगाउनुपर्ने अवस्था आएको जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले बताउनुभयो । “सबै सामुदायिक विद्यालय र सामुदायिक भवनमा क्वारेन्टाइन बनाइसक्यौँ”, उहाँले भन्नुभयो, “धान्न नसक्ने अवस्था आएको छ । भारत तथा नेपालकै अन्य जिल्लाबाट भित्रिने नागरिक रोकिएका छैनन् । अब टेण्ट लगाएर राख्ने तयारीमा छौँ ।” गाउँपालिकाले १७ स्थानमा क्वारेन्टाइन स्थापना गरेको छ । क्वारेन्टाइनमा राखेकालाई खानपानदेखि सबै व्यवस्थापन गर्न कठिन भएको गाउँपालिकाले जनाएको छ ।