काठमाडौं : सरकारले शिक्षाको नाममा बर्सेनी ठूलो रकम छुट्याउँछ। राज्यकोषबाट खर्च भएअनुसार सामुदायिक विद्यालयमा भौतिक संरचना सबल देखिनुपर्ने हो, विद्यालयले आधारभूत सुविधा पाउनुपर्ने हो।तर विडम्बना। बजेट सदुपयोग हुन नसक्दा मुलुकका अधिकांश सामुदायिक विद्यालय अस्तव्यस्त छन्। यसै कारण सामुदायिक विद्यालयमा न गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवस्था छ न त आधारभूत सेवा नै पाउने स्थिति नै। मापदण्डभित्र रहेर विद्यालय सञ्चालन नहुँदा भर्ना संख्या घट्दै गएको सरकारी तथ्यांकले देखाएको छlकाठमाडौंको अत्यन्त व्यस