मालिका गाउँपालिका–७, बिमस्थित किसानी माध्यमिक विद्यालयको भौतिक संरचना देख्दा सबै दङ्ग हुने गरेका छन् । यो सामुदायिक विद्यालय सहरबजारको सुविधा सम्पन्न निजी विद्यालयभन्दा कम देखिँदैन । किसानी माविको सुविधा सम्पन्न र भव्य भवनहरू निर्माण भएका छन् । कक्षाकोठा, छात्रावास, खेलमैदान र शौचालय व्यवस्थित तथा आकर्षित बनाइएको छ । प्रयोगात्मक शिक्षण सिकाइका लागि प्रयोगशाला स्थापना गरिएको छ ।