सिटिजन्स बैंकले फोनपेसँगको साझेदारीमा भर्चुअल क्रेडिट कार्ड सेवाको सुरुवात गरेको छ । सिटिजन्स फोनपे क्रेडिट कार्ड नाम दिइएको यो सुविधा नेपालको आफ्नै कार्ड स्किम हो । यसमार्फत नेपालमा पहिलो पटक क्यूआर भुक्तानी र क्रेडिट कार्ड सेवालाई पूर्ण रूपमा भर्चुअल बनाइएको सिटिजन्स बैंकले जनाएको छ ।