सात वर्ष लेखापरीक्षण नहुँदा पनि शेयर सूचीमा

विगत सात वर्षदेखि लेखापरीक्षण प्रतिवेदन नबुझाउँदा पनि राष्ट्रिय बीमा संस्थान स्टक एक्सचेन्जको सूचीकरणबाट हटेको छैन । यस विषयमा सम्बन्धित अधिकारीहरु निर्णायक अभिव्यक्ति नदिएर चपाएर कुरा गर्छन् । नेपाल स्टक एक्सचेन्जका अध्यक्ष टंक पनेरू भन्छन्, ‘कारबाही हुनुपर्ने हो तर सरकारी भएकाले अर्थ मन्त्रालयले कारबाही गर्न दिँदैन ।’ सरकारी निकाय भएकाले प्रक्रिया अगाडि बढाएर पनि कारबाही गर्न नसकेको बीमा समितिका एक उच्च अधिकारीले नाम नखोल्ने शर्तमा उल्लेख गरे । बीमा संस्थानले आर्थिक वर्ष २०५९/६० देखि लेखापरीक्षण गराएका छैन । बीमा कम्पनीहरूले सम्बन्धित आवको अर्को एक वर्षसम्म पनि लेखा परीक्षण गरिएको वित्तीय प्रतिवेदन नबुझाए शेयर सूचीकरणबाट कम्पनीलाई खारेज गर्न सक्ने अधिकार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रहेको छ । नेपाल धितोपत्र बोर्डले पनि सो ग्रेस अवधिसम्म प्रतिवेदन नबुझाउने र समयमा साधारणसभा नगर्ने कम्पनीलाई कारबाही गर्न सक्ने व्यवस्था छ । बीमा कम्पनीहरूको नियामक निकाय बीमा समितिले पनि यस्तो अवस्थामा कारबाही गर्न सक्छ । तर, यीमध्ये कुनै पनि संस्थाका जिम्मेवार पदाधिकारीहरू बीमा संस्थान सरकारी स्वामित्व भएको भन्दै कारबाही हुन नसक्नुको जिम्मेवारी आफू लिन चाहँदैनन् । ऐनमा नै व्यवस्था नभएकाले सूचीकरणबाट हटाउने गरी कारबाही गर्ने अधिकार धितोपत्र बोर्ड व्यवस्थापनलाई नभएको बोर्डका अध्यक्ष डा. शूरवीर पौड्याल बताउँछन् । वर्ष ५ अंक ४९, २०६७, साउन २४–३०  

सम्बन्धित सामग्री

बजार अनुगमन नहुँदा ठगिँदै उपभोक्ता

वीरगञ्ज – पछिल्लो केही समयदेखि बजार अनुगमन नहुँदा उपभोक्ताहरु मारमा परेका छन्। नियमित बजार अनुगमन नहुँदा उपभोक्ताहरु अखाद्यवस्तुसमेत खरिद गर्न बाध्य भएका छन् भने कतिपय उपभोक्ताहरु ठगिनेसमेत गरेका छन्। बजार अनुगमनको अभावमा बजारमा भएका दैनिक उपभोग्य सामानहरुदेखि लिएर अन्य सामानहरुको पनि व्यापारीहरुले मनोमानी तरिकाले मूल्य निर्धारण गर्ने गरेका छन्। जसका कारणले उपभोक्ताहरु मारमा परेका छन्। […]

प्रशासकीय अधिकृत नहुँदा समस्यामा पालिका

बैतडी : बैतडीका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा समस्या भएको छ। यहाँका शिवनाथ, सिगास गाउँपालिका र पुर्चौडी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतविहीन भएका हुन्।प्रमुख प्रशासकीय अधिकृत नहुँदा विकास निर्माणका काम, आर्थिक कारोबार, कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्तालगायतका काम ठप्प रहेका छन्।महिनौंदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा कार्यालयले सम्पादन गर्ने काममा समस्या भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिए।शिवनाथमा गएको मंसिर महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँ

कर्मचारी नहुँदा काम गर्न कठिनाइ

सडक डिभिजन कार्यालय जुम्लामा दरबन्दीअनुसार प्राविधिक कर्मचारी नहुँदा काम गर्न कठिनाइ भएको छ।

पुल नहुँदा जोखिम

दैलेखको भगवतीमाई गाउँपालिकास्थित बालतडा खोलामा पुल नहुँदा स्थानीयहरु जोखिम मोलेर खोला पार गर्नुपर्ने बाध्यता भएको हो।...

वर्षा नहुँदा रोपाइँ गर्न समस्या

समयमै वर्षा नहुँदा यहाँका किसानलाई रोपाइँ गर्न समस्या भएको छ। आकाशे पानीको भरमा धान रोप्दै आएका किसान वर्षा नहुँदा समस्यामा परेका हुन्। जिल्लाको यहाँ अधिकांश क्षेत्रमा आकाशे पानीको भरमा रोपाइँ गर्ने गरिएको छ।...

‘स्पष्ट अर्थनीति नहुँदा समस्या’

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको स्पष्ट अर्थनीति नहुँदा अर्थतन्त्रमा समस्या देखापर्ने गरेको बताएका छन् । सरकारसँगै परिवर्तन हुने अर्थनीति र राजनीतिका कारण समस्याहरू देखिने गरेको उनको भनाइ छ । आइतबार मन्त्रालयमा अर्थविद्हरूसँगको छलफलमा...

मदरसा नहुँदा मस्जिदमै कक्षा सञ्चालन

पर्वत – जिल्लामा मुस्लिम बालबालिकाले अध्ययन गर्ने मदरसा नहुँदा मस्जिदमै कक्षा सञ्चालन गरिएको छ। यसका लागि जग्गा नहुँदा ती समुदायले अल्लाहको प्रार्थना गर्ने र नमाज पढ्ने ठाउँमै मदरसा सञ्चालन गरिएको हो। ती समुदायका बालबालिकालाई धार्मिक शिक्षा दिन तथा उनीहरूलाई उर्दू भाषा अध्यापन गराउने ठाउँ मदरसा हो। मदरसा नभएकै कारण कुश्मामा बसोबास गर्दै आएका मुस्लिम समुदायका […]

सडक नहुँदा किसान चिन्तित

सिन्धुपाल्चोक– उत्पादन भएको तरकारी बेच्ने ठाउँ नहुँदा किसान चिन्तित भएका छन् । गत असार १ र साउन १६ गते मेलम्ची, हेलम्बु र पाँचपोखरी आसपासमा आएको बाढीले व्यापारिक केन्द्रसम्म पुग्ने सडक सम्बन्ध टुटेपछि किसानले उत्पादन गरेका तरकारीले मुल्य पाएको छैन । सडक नहुँदा कुखुरा तथा पशुपालक किसान पनि मर्कामा परेका छन् । सडक नहुँदा दाना ल्याउन […]

जनशक्ति नहुँदा भेन्टिलेटर थन्कियो

जिल्ला अस्पताल दैलेखमा एक वर्षअघि ल्याईएको भेन्टिलेटर चलाउने जनशक्ति नहुँदा थन्किएको छ । अस्पतालमा दुई वटा भेन्टिलेटर मेशिन जडान गरिएपनि जनशक्ति नहुँदा प्रयोगमै नल्याई थन्किएको हो ।...