न्यायाधीश दीपककुमार कार्कीलाई सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीश तोकिएको छ ।
महाभियोग प्रस्ताव दर्ता भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निलम्बित भएसँगै कार्कीलाई कामु तोकिएको हो ।
सर्वोच्च अदालतको वेबसाइटबाट जबराको फोटो पनि हटाइएको छ ।
बिहान ११ बजे संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएपछि संसद सचिवालयले सर्वोच्चलाई पत्र पठाएको थियो ।
दिउँसो १ बजेको समयमा चोलेन्द्र झण्डा निकालेको गाडीमा घर फर्किएका थिए ।
आइतवार अपरान्ह कार्यालय समय सकिने बेलामा कार्कीलाई कामु ...