रक्षामन्त्री डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाउनुभएको छ । डा. रिजाल असोज २२ गते रक्षामन्त्रीमा नियुक्त हुनुभएको थियो । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिनुभएका डा. रिजालले प्रारम्भिक मतपरिणाम आएलगतै राजीनामा घोषणा गर्नुभएको थियो । डा. रिजालले प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरवार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउनुभएको हो