अमरेश कुमार सिंहले सांसद पदबाट दिए राजीनामा

काठमाडौं : नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन्। पार्टीको महाधिवेशनको पूर्वसन्ध्यामा क्रियाशील सदस्यता वितरण, समायोजन र नवीकरणका सम्बन्धमा असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका हुन्। उनले बुधबार प्रधानमन्त्री समेत रहेका पार्टी संसदीय दलका नेता शेरबहादुर देउवा समक्ष राजीनामा पत्र बुझाएका हुन्। आफ्नो राजीनामा पत्रमा नेता सिंहले विशेषतः प्रदेश नं. २ मा पार्टीका उपसभापति विमलेन्द्र निधिले अवलम्बन गरेको नीति र व्यवहारले चिन्ताजनक