सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि सरकारको सम्पूर्ण ध्यान मुलुकको आर्थिक विकास र समुन्नतिमा केन्द्रित हुने बताएका छन् । निर्वाचित जनप्रतिनिधिहरुको एक कार्यकालले मुलुकमा राजनीतिक जग बसेको उल्लेख गर्दै उनले आसन्न निर्वाचन पछि मुलुकको ध्यान सम्पूर्ण रुपमा आर्थिक विकास र समुन्नतिमा केन्द्रित हुने बताएका हुन् ।नेपाल उद्योग परिसंघद्वारा काठमाडौंमा आयोजित नेपाल पूर्वाधार सम्मेलन–२०२२ को समापन समारोहमा बोल्दै मन्त्री कार्कीले देश व