के हो कमोडिटी मार्केट, कसरी गरिन्छ कारोबार?

बस्तु बिनिमय बजारसम्वन्धी विधेयक पारित भएसँगै यो बजारको थप विकास र यसमा रहँदै आएका कमीकमजोरीहरुको समाधानका लागि बाटो खुला भएको छ। यद्यपी नेपालमा तीन बस्तु बिनिमय बजार अर्थात कमोडिटी एक्सचेन्ज संचालनमा रहेका छन्। प्रस्तुत छ, तिमध्येकै एक मर्कन्टाइल एक्स्चेन्ज (मेक्स)का प्रमुख कार्यकारी अधिकृत तथा सेफ (दक्षिण एसियामा रहेका स्टक तथा कमोडिटी एक्सचेन्जहरुको संगठन)का उपाध्यक्ष जितेश…

सम्बन्धित सामग्री

कमोडिटी एक्सचेञ्ज र स्टक एक्सचेञ्जमा सात कम्पनीको आवेदन

काठमाडौँ । धितोपत्र बजारमा नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनका लागि सात कम्पनीको आवेदन परेको छ ।

कमोडिटी एक्सचेञ्ज र स्टक एक्सचेञ्जमा सात कम्पनीको आवेदन

धितोपत्र बजारमा नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनका लागि सात कम्पनीको आवेदन परेको छ । नयाँ स्टक एक्सचेन्ज र कमोडिटी मार्केटका लागि आवदेन दिने यही वैशाख १० गतेसम्मका लागि समयसीमा तोकिएकामा सात कम्पनीको आवेदन दर्ता भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । “धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्न सिफारिसका […]

कमोडिटी मार्केटका नाममा करोडौं ठगी, एक्सचेन्ज र ब्रोकर कारबाहीमा

सेयर बजारमा सेयर किनबेच भएझैं सुन, चाँदी, तेल, धान, गहुँजस्ता कमोडिटी (वस्तु)को किनबेच हुने बजार कमोडिटी एक्सचेन्जका नाममा हुँदै आएको करोडौंको ठगी बाहिरिएको छ। नेपालमा कमोडिटी मार्केट अहिलेसम्म अवैध छ।

नयाँ कम्पनीको कागजात बनाउन नबिल इन्भेष्टमेन्टले परामर्श सेवा दिने

काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैकिंगले नयाँ स्टक एक्सचेन्ज, कमोडिटी मार्केट र ब्रोकर स्थापना गर्नको लागि आवश्यक पर्ने कागजात बनाउन परामर्श सेवा उपलब्ध गराउने भएको छ । धितोपत्र बोर्ड असोज २ गते सार्वजनिक सुचना प्रकाशित गरी नयाँ स्टक एक्सचेन्ज, ब्रोकर र कमोडिटी मार्केटको लागि नयाँ लाइसेन्स दिन लागेपछि नविल बैंकिङले सो प्रकारको परामर्श सेवा दिन लागेको हो ।वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनको अनुमति प्राप्त गर्न वा धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमति तथा धितोपत्र बजार सञ्चालनका लाग

कमोडिटी मार्केट सञ्चालनको तयारी, करिब ५ दर्जन वस्तु कारोबार हुने

कमोडिटी मार्केट कम्पनीहरुले नै आफ्ना व्यवसायीलाई सदस्यता दिनेछन्।  तिनै व्यवसायीले ग्राहक दर्ता गर्नेछन् र बस्तु कारोबार गर्नेछन्। कारोबारका लागि ग्राहक जोडिने व्यवसायीसँग हो, कमोडिटी मार्केट कम्पनीसँग होइन।

कमोडिटी एक्सचेन्जमा विदेशी लगानी नचाहिने

वस्तु विनियम बजार (कमोडिटी मार्केट) सञ्चालनका लागि चुक्ता पुँजीको कम्तीमा ५ प्रतिशत विदेशी लगानी हुनुपर्ने प्रस्तावित व्यवस्था हटेको छ । धितोपत्र बोर्डले तयार पारेको ‘वस्तु विनिमय बजार सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं प्रक्रियागत व्यवस्थासम्बन्धी निर्देशिका’ मा विदेशी लगानी हुनुपर्ने अनिवार्य व्यवस्था थियो ।

कमोडिटी एक्सचेन्जमा विदेशी लगानी अनिवार्य

वस्तु विनियम बजार (कमोडिटी मार्केट) सञ्चालनका लागि चुक्ता पुँजीको कम्तीमा ५ प्रतिशत लगानी विदेशी लगानीकर्ताको हुनुपर्ने व्यवस्था हुन लागेको छ । धितोपत्र बोर्डले तयार गरेको ‘वस्तु विनिमय बजार सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं प्रक्रियागत व्यवस्थासम्बन्धी निर्देशिका’ को मस्यौदामा यस्तो व्यवस्था छ ।

कमोडिटी मार्केट सञ्चालनमा ल्याउन निर्देशन

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षभित्रै वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनमा ल्याउन नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएका छन् । मंगलबार बोर्डको २९औं वार्षिकोत्सवका अवसरमा आयोजित भर्चुअल कार्यक्रममा मन्त्री पौडेलले सरकारले आगामी आवको बजेट वक्तव्यमा कमोडिटी मार्केट सञ्चालन गर्ने विषय उल्लेख गरेको भन्दै त्यसलाई कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।“बजेटमा वस्तु विनिमय बजार सञ्चालन गर्ने […]

लाइसेन्सका लागि सात कम्पनीको आवेदन

नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनका लागि इजाजत लिन सातवटा इच्छुक कम्पनीले आवेदन दिएका छन् । नयाँ स्टक एक्सचेन्ज सञ्चालनका लागि तीन र वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनका लागि इजाजत लिन चारवटा कम्पनीले आवेदन दिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।