वस्तु विनियम बजार (कमोडिटी मार्केट) सञ्चालनका लागि चुक्ता पुँजीको कम्तीमा ५ प्रतिशत विदेशी लगानी हुनुपर्ने प्रस्तावित व्यवस्था हटेको छ । धितोपत्र बोर्डले तयार पारेको ‘वस्तु विनिमय बजार सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं प्रक्रियागत व्यवस्थासम्बन्धी निर्देशिका’ मा विदेशी लगानी हुनुपर्ने अनिवार्य व्यवस्था थियो ।