सर्वोच्च प्रशासनले बाध्य भएर नेपाल बार एसोसिएसनतर्फको ढोका खोलेपछि कानून व्यवसायीहरू सर्वोच्च अदालतभित्र प्रवेश गरेका छन् ।
अघिल्लो दिन सडकबाटै मूल गेटमा धर्ना दिएका कानून व्यवसायीहरू आज सर्वोच्च परिसर भित्रैबाट सर्वोच्चको गेट छेकेर धर्नामा बसेका हुन् ।
नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सर्वोच्च प्रशासनले बाध्य भएर बारतर्फको गेट खोलेको बताए । शुक्रबार उक्त गेट बन्द गरेकै कारण आफूहरू सडकमा बसेको उनको भनाइ थियो ।
सर्वोच्चभित्र नारा नलगाउने भन्दै उनले नारा आफूहरूको छातिमा (प्ले कार्डमा) रहेको ...