बारको प्रदर्शनमा प्रहरी हस्तक्षेप, अध्यक्ष श्रेष्ठसहितका कानून व्यवसायी घाइते

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामामा माग गर्दै नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको गेटमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । त्यसक्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलगायत केही कानून व्यवसायी घाइते भएका छन् । घाइतेहरूलाई माइतीघरमा रहेको अन्नपूर्ण न्युरो अस्पताल लगिएको छ । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै भएको आन्दोलनमा आज दोस्रोपटक प्रहरी हस्तक्षेप भएको हो । यसअघि अघिल्लो बिहीवार पनि प्रहरीले बल प्रयोग गरेको थियो । त्यतिबेला बार महासचिव लीलामणि पौडेललगायत केही घ...

सम्बन्धित सामग्री

आन्दोलनमा प्रहरीले बल प्रयोग गरेपछि बारको आकस्मिक बैठक

आन्दोलनमा प्रहरी हस्तक्षेप भएपछि नेपाल बार एसोसिएसनको आकस्मिक बैठक बसेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै भएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित केही कानून व्यवसायी घाइते भएका थिए । त्यसपछि आन्दोलनको समीक्षा र भावी रणनीति तय गर्न बार आकस्मिक रूपमा छलफलमा जुटेको हो । दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी निर्णयबारे जानकारी गराइने बार उपाध्यक्ष रक्षा बस्यालले लोकान्तरलाई जानकारी दिइन् ।

सर्वोच्चको गेटमा २ घण्टा धर्नापछि बारले आन्दोलनका थप कार्यक्रम घोषणा गर्दै

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको गेटमा शुक्रवार झण्डै २ घण्टा धर्ना दिएको छ ।  प्रधानन्यायाधीश जबरालाई अदालत प्रवेशमा रोक लगाउन भन्दै कानून व्यवसायीहरू धर्नामा बसेका हुन् । सर्वोच्च परिसरमा बिहीवार भएको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको भन्दै बारले आज सर्वोच्चमा इजलास बहिस्कार गरेर धर्ना दिएको थियो । कानून व्यवसायी धर्नामा बसिरहेको समयमा जबरा भने महान्यायाधिवक्ता कार्यालयतर्फको वैकल्पिक गेट प्रयोग गरेर सर्वोच्च अदालत प्रवेश गरेका थिए । अदालत नखुल्दै बिहान १० देखि...

सर्वोच्च अदालतको मूल गेटमा कानून व्यवसायीको धर्ना

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै कानून व्यवसायी सर्वोच्च अदालतको मूल गेटमा धर्नामा बसेको छ। बारका पदाधिकारीहरूलाई सर्वोच्च अदालत परिसरमै प्रहरी हस्तक्षेप गरेको विरोधमा आज कानून व्यवसायीहरु धर्नामा बसेका हुन्। उनीहरुलाई प्रहरीले अदालत प्रवेशमा रोक लगाएको छ। यस्तै कानून व्यवसायी र प्रधानन्यायाधीशका समर्थकबीच झडप भएको छ। त्यहाँबाट प्रहरीले केहीलाई पक्राउ गरेको छ। त्यहाँ […]

सर्वोच्चका दुवै गेटमा प्रहरीको बाक्लो उपस्थिति, बारबाट सर्वोच्च छिर्ने गेट बन्द

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै उनलाई अदालत प्रवेशमा रोक लगाउने गरी अवरोधको तयारी गरेपछि सर्वोच्च अदालतमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।  सर्वोच्च अदालत प्रवेश गर्ने दुवै गेटमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने बारबाट सर्वोच्च छिर्ने गेट बन्द गरिएको छ । कानून व्यवसायीहरूलाई सर्वोच्चतर्फ जान नदिन गेट बन्द गरिएको हो । बारले बिहीवार गरेको कार्यक्रममा प्रहरी हस्तक्षेप भएपछि आज राणालाई अदालत प्रवेशमा अवरोध गर्ने घोषणा सर्वोच्च बारले गरेको थियो । महान्यायाधिवक्ता क...