रामेछाप । नेकपा माओवादी केन्द्रको रामेछाप जिल्ला अध्यक्षमा मैनकुमार मोक्तान र सचिवमा तारानारायण श्रेष्ठ तोकिएका छन् । वागमती प्रदेश कमिटीको बैठकले रामेछापमा नयाँ नेतृत्व मनोनयन गरेको हो । जिल्ला अध्यक्ष मोक्तान तत्कालीन नेकपामा पनि अध्यक्ष थिए । पहिलो संविधानसभा निर्वाचनमा रामेछाप क्षेत्र नम्बर १ बाट निर्वाचित सदस्य श्रेष्ठ मन्थली नगरपालिकाको मेयरमा पराजित भएका थिए । […]