नीलम कार्की निहारिकाको 'द्रौपदी अवशेष' सार्वजनिक

नीलम कार्की निहारिकाद्वारा लिखित उपन्यास 'द्रौपदी अवशेष' सार्वजनिक भएको छ

सम्बन्धित सामग्री

कविता बढी, आख्यानमा कमी

नेपाली साहित्यका सयौँ पुस्तक बर्सेनि बजारमा आउँछन् तर त्यसमा महिलाले लेखेका पुस्तकको सङ्ख्या कति ? यसरी हेर्दा, महिलाले लेखेका पुस्तकको सङ्ख्या निकै कम देखिन्छ । नेपाली साहित्यमा विष्णुकुमारी वाइबा (पारिजात) पछि सशक्त महिला साहित्यकारको उदय हुन नसकेको गुनासो साहित्यकारको छ । २०१३ सालदेखि प्रदान गर्न थालिएको मदन पुरस्कारको पुरस्कृत सूचीमा पारिजातको शिरिषको फूलले २०२२ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो । २०१३ सालदेखि २०७९ सम्मको मदन पुरस्कार (२०३१ र ३३ सालमा वितरण नगरिएको) को सूचीमा महिला साहित्यकार चार जनाले मदन पुरस्कार प्राप्त गर्नुभएको छ । यो तथ्यले समेत महिला लेखकको अवस्था र स्तरलाई नियाल्न सहयोग गर्छ । मदन पुरस्कार गुठीका अनुसार झमक घिमिरेको ‘जीवन काँडाकी फूल (२०६७)’, राधा पौडेलको ‘खलङ्गामा हमला (२०७०)’ र नीलम कार्की ‘निहारिका’ को ‘योगमाया (२०७४)’ ले मदन पुरस्कार प्राप्त गरेको थियो ।

निहारिका र डंगोल पुरस्कृत

गंकी धुस्वाँ–वसुन्धरा प्रतिष्ठानले साहित्यकार नीलम कार्की निहारिका र ललितकलाकर्मी गोविन्दलाल सिंह डंगोललाई पुरस्कृत गरेको छ।...

गंकी धुस्वां–वसुन्धरा पुरस्कार कार्की र सिर्जना पुरस्कार डङ्गोललाई दिइने

यो वर्षको ‘गंकी धुस्वां–वसुन्धरा पुरस्कार’ उपन्यासकार नीलम कार्की निहारिका (द्रौपदी अवशेष) र ‘धुस्वाँ सायमी सिर्जना पुरस्कार’ वरिष्ठ चित्रकार गोविन्दलालसिं डङ्गोललाई प्रदान गरिने भएको छ ।

‘लकडाउनको समयमा साहित्य लेख्न सकिएन’

सपरिवार अमेरिकामा बस्दै आएकी नीलम कार्की निहारिका नेपाली साहित्यमा चिनाइरहनुपर्ने, नौलो नाम होइन । ‘योगमाया’ ऐतिहासिक उपन्यासका लागि मदन पुरस्कार बिजेता निहारिकाको छैठौं उपन्यास ‘द्रौपदी अवशेष’ हुम्लाबाट दुई महिनाअघि सार्वजनिक छ । लगत्तै उनी सातौं कृतिको लेखनमा जुटेकी छिन् ।   साहित्यमा निहारिकाको आफ्नै, बेग्लै पहिचान छ । उनी विशेषतः ऐतिहासिक–सामाजिक विषयवस्तुमाथि अनुसन्धानमा आधारित साहित्य लेख्छिन् ।निहारिकाको ‘द्रौपदी अवशेष’ हिमाली भेगम

हिमाली समाजको जीवन्त चित्र

नीलम कार्की निहारिका नेपाली आख्यानमा परिचित नाम हो । उहाँको चौथो औपन्यासिक कृति ‘द्रौपदी अवशेष’ भर्खरै बजारमा आएको छ । यसअघि लेखिएका ‘अर्की आइमाई’, ‘चिरहरण’, ‘योगमाया’ तीनवटै उपन्यास कृतिमा सफलता प्राप्त गरिसक्नुभएकी उपन्यासकार नीलमका आख्यानहरूबाट नेपाली साहित्यका पाठक स्वयं जानकार छन् । उहाँको पहिलो उपन्यासमा अमेरिकाका नेपाली डायस्पोरा अर्थात् अमेरिकामा बस्ने आप्रवासी नेपाली समाज र शोषणमा परेकी नारीको जीवन भोगाइलाई प्रस्तुत गरिएको छ । दोस्रो उपन्यासमा आजका सचेत नारीको दृष्टिकोणबाट महाभारतको पुनव्र्याख्या गरिएको छ । यसैगरी उहाँको तेस्रो उपन्यासमा नेपालको ऐतिहासिक पात्र योगमायाको जीवनसङ्घर्ष र जीवन दर्शनलाई विषय बनाइएको छ । यसरी हेर्दा नीलमका यसअघिका तीनवटा उपन्यासमा नारी चरित्र र नारी विषय प्रमुख भएर आएका छन् । तर, उहाँको यो पछिल्लो ‘द्रौपदी अवशेष’ उपन्यास भने अघिल्ला कृतिभन्दा नितान्त पृथक् विषय र प्रस्तुतिका साथ आएको छ । प्रस्तुत उपन्यासमा नेपालको पश्चिमी भेगका उच्च हिमाली क्षेत्रको समाज र लोपोन्मुख अवस्थामा रहेको हिमाली संस्कृतिलाई मुख्य विषय बनाइएको छ । यसरी हेर्दा उपन्यासकार नीलमका उपन्यासहरू डायस्पोरा, पौराणिक, ऐतिहासिक हुँदै अहिले सामाजिक तथा सांस्कृतिक विषयमा केन्द्रित हुन पुगेको छ ।

बहुपति प्रथाबारे नयाँ उपन्यास लेखिसकें : नीलम कार्की निहारिका

६ माघ, काठमाडौं । उपन्यासकार नीलम कार्की निहारिकाले नयाँ उपन्यास तयार पारेकी छिन् । ‘योगमाया’ उपन्यासबाट मदन पुरस्कार जितेकी निहारिकाले आफ्नो छैटौं उपन्यास लेखन सकिएको र चाँडै बजारमा आउने बताएकी छिन् । बहुपति प्रथाबारे लेखिएको नयाँ …

योगमाया वरिपरि

विसं १९२४ मा भोजपुरमा जन्मेकी योगमाया नीलम कार्की निहारिका, ४५, को ऐतिहासिक उपन्यासको प्रमुख पात्र हुँदै अहिले शिल्पीमा आइपुगेकी छन् ।

विजयराजको ‘भास’ सार्वजनिक - Naya Patrika

विजयराज शर्माद्वारा लिखित उपन्यास ‘भास’ सार्वजनिक गरिएको छ । आख्यानकार नयनराज पाण्डे, नीलम कार्की ‘निहारिका’ र राधेश्याम लेकालीले उपन्यास सार्वजनिक गरेका हुन् । कार्यक्रममा बोल्दै आख्यानकार नयनराज पाण्डेले उपन्यासको प्रमुख...पूरा पढ्नुहोस् »