बहुपति प्रथाबारे नयाँ उपन्यास लेखिसकें : नीलम कार्की निहारिका

६ माघ, काठमाडौं । उपन्यासकार नीलम कार्की निहारिकाले नयाँ उपन्यास तयार पारेकी छिन् । ‘योगमाया’ उपन्यासबाट मदन पुरस्कार जितेकी निहारिकाले आफ्नो छैटौं उपन्यास लेखन सकिएको र चाँडै बजारमा आउने बताएकी छिन् । बहुपति प्रथाबारे लेखिएको नयाँ …

सम्बन्धित सामग्री

‘लकडाउनको समयमा साहित्य लेख्न सकिएन’

सपरिवार अमेरिकामा बस्दै आएकी नीलम कार्की निहारिका नेपाली साहित्यमा चिनाइरहनुपर्ने, नौलो नाम होइन । ‘योगमाया’ ऐतिहासिक उपन्यासका लागि मदन पुरस्कार बिजेता निहारिकाको छैठौं उपन्यास ‘द्रौपदी अवशेष’ हुम्लाबाट दुई महिनाअघि सार्वजनिक छ । लगत्तै उनी सातौं कृतिको लेखनमा जुटेकी छिन् ।   साहित्यमा निहारिकाको आफ्नै, बेग्लै पहिचान छ । उनी विशेषतः ऐतिहासिक–सामाजिक विषयवस्तुमाथि अनुसन्धानमा आधारित साहित्य लेख्छिन् ।निहारिकाको ‘द्रौपदी अवशेष’ हिमाली भेगम

हिमाली समाजको जीवन्त चित्र

नीलम कार्की निहारिका नेपाली आख्यानमा परिचित नाम हो । उहाँको चौथो औपन्यासिक कृति ‘द्रौपदी अवशेष’ भर्खरै बजारमा आएको छ । यसअघि लेखिएका ‘अर्की आइमाई’, ‘चिरहरण’, ‘योगमाया’ तीनवटै उपन्यास कृतिमा सफलता प्राप्त गरिसक्नुभएकी उपन्यासकार नीलमका आख्यानहरूबाट नेपाली साहित्यका पाठक स्वयं जानकार छन् । उहाँको पहिलो उपन्यासमा अमेरिकाका नेपाली डायस्पोरा अर्थात् अमेरिकामा बस्ने आप्रवासी नेपाली समाज र शोषणमा परेकी नारीको जीवन भोगाइलाई प्रस्तुत गरिएको छ । दोस्रो उपन्यासमा आजका सचेत नारीको दृष्टिकोणबाट महाभारतको पुनव्र्याख्या गरिएको छ । यसैगरी उहाँको तेस्रो उपन्यासमा नेपालको ऐतिहासिक पात्र योगमायाको जीवनसङ्घर्ष र जीवन दर्शनलाई विषय बनाइएको छ । यसरी हेर्दा नीलमका यसअघिका तीनवटा उपन्यासमा नारी चरित्र र नारी विषय प्रमुख भएर आएका छन् । तर, उहाँको यो पछिल्लो ‘द्रौपदी अवशेष’ उपन्यास भने अघिल्ला कृतिभन्दा नितान्त पृथक् विषय र प्रस्तुतिका साथ आएको छ । प्रस्तुत उपन्यासमा नेपालको पश्चिमी भेगका उच्च हिमाली क्षेत्रको समाज र लोपोन्मुख अवस्थामा रहेको हिमाली संस्कृतिलाई मुख्य विषय बनाइएको छ । यसरी हेर्दा उपन्यासकार नीलमका उपन्यासहरू डायस्पोरा, पौराणिक, ऐतिहासिक हुँदै अहिले सामाजिक तथा सांस्कृतिक विषयमा केन्द्रित हुन पुगेको छ ।

विजयराजको ‘भास’ सार्वजनिक - Naya Patrika

विजयराज शर्माद्वारा लिखित उपन्यास ‘भास’ सार्वजनिक गरिएको छ । आख्यानकार नयनराज पाण्डे, नीलम कार्की ‘निहारिका’ र राधेश्याम लेकालीले उपन्यास सार्वजनिक गरेका हुन् । कार्यक्रममा बोल्दै आख्यानकार नयनराज पाण्डेले उपन्यासको प्रमुख...पूरा पढ्नुहोस् »