हिमाली समाजको जीवन्त चित्र

नीलम कार्की निहारिका नेपाली आख्यानमा परिचित नाम हो । उहाँको चौथो औपन्यासिक कृति ‘द्रौपदी अवशेष’ भर्खरै बजारमा आएको छ । यसअघि लेखिएका ‘अर्की आइमाई’, ‘चिरहरण’, ‘योगमाया’ तीनवटै उपन्यास कृतिमा सफलता प्राप्त गरिसक्नुभएकी उपन्यासकार नीलमका आख्यानहरूबाट नेपाली साहित्यका पाठक स्वयं जानकार छन् । उहाँको पहिलो उपन्यासमा अमेरिकाका नेपाली डायस्पोरा अर्थात् अमेरिकामा बस्ने आप्रवासी नेपाली समाज र शोषणमा परेकी नारीको जीवन भोगाइलाई प्रस्तुत गरिएको छ । दोस्रो उपन्यासमा आजका सचेत नारीको दृष्टिकोणबाट महाभारतको पुनव्र्याख्या गरिएको छ । यसैगरी उहाँको तेस्रो उपन्यासमा नेपालको ऐतिहासिक पात्र योगमायाको जीवनसङ्घर्ष र जीवन दर्शनलाई विषय बनाइएको छ । यसरी हेर्दा नीलमका यसअघिका तीनवटा उपन्यासमा नारी चरित्र र नारी विषय प्रमुख भएर आएका छन् । तर, उहाँको यो पछिल्लो ‘द्रौपदी अवशेष’ उपन्यास भने अघिल्ला कृतिभन्दा नितान्त पृथक् विषय र प्रस्तुतिका साथ आएको छ । प्रस्तुत उपन्यासमा नेपालको पश्चिमी भेगका उच्च हिमाली क्षेत्रको समाज र लोपोन्मुख अवस्थामा रहेको हिमाली संस्कृतिलाई मुख्य विषय बनाइएको छ । यसरी हेर्दा उपन्यासकार नीलमका उपन्यासहरू डायस्पोरा, पौराणिक, ऐतिहासिक हुँदै अहिले सामाजिक तथा सांस्कृतिक विषयमा केन्द्रित हुन पुगेको छ ।

सम्बन्धित सामग्री

आधुनिक कृषिले बदलेका चिनियाँ गाउँहरु, यसरी बन्दैछन् गरिबी निवारणका उदाहरण

बौसान, युनान (चीन) । जताततै आँपका बिरुवा लगाइएका छन् । सिँचाइका लागि हरेक बोटका मुनि पाइप राखिएको छ । हुर्किएका बिरुवा मिलाएर छिमलिएको छ । कान्लाहरु सफा र चिटिक्क पारिएको छ । कम्पोट मलका लागि घाँस र पात सङ्कलन गर्ने व्यवस्था गरिएको छ । एकै खालका हजारौँ आँपका बोटले प्रकृतिलाई पनि उत्तिकै सुन्दर देखाएको छ । आँखाले भ्याउन्जेलको ठाउँमा रोपिएका ती आँपका बोटको रेखदेखका लागि निरन्तर रुपमा मानिसहरु खटिएका छन् । रोगव्याधी लाग्न नदिन उत्तिकै सचेतना अपनाइएको छ । कामदारलाई ‘सिफ्ट’ प्रणालीमा खटाइएको छ । विभिन्न प्रजातिका आँपले क्रमशः उत्पादन दिने र अर्थतन्त्रमा ठूलो योगदान गर्ने विश्वास पनि उत्तिकै छ । यस किसिमको आधुनिक फलफूल खेती भएको ठाउँ हो कुनै बेलाको गरिब भनेर चिनिएको चीनको युनान प्रान्तको बौसान नगरपालिकास्थित छिङवाङ ड्रागन फ्रुट प्लान्टिङ बेस । यो स्थान कुनै बेला रातो माटोको गाउँ भएकाले खेती नहुने र तथा गरिबहरु बस्ने स्थानका रुपमा परिचित थियो । पछिल्लो दिनमा सो क्षेत्रको रुप फेरिएको छ । चिनियाँ राष्ट्रपति सि जिन पिङले अगाडि सारेको गरिबी निवारणको केन्द्र बनेको छ । कृषि पेसालाई नै आधुनिक तरिकाले अगाडि बढाएको सो स्थानबाट क्रमशः गरिबी एकादेशको कथा बन्न पुगेको छ । मानिसहरुको आर्थिक स्थितिमा सुधार भएको छ भने विश्व समुदायका लागि एक अध्ययन स्थलका रुपमा समेत परिचित भएको छ । स्थानीय सरकारले एकीकृत खेती प्रणाली अपनाएको छ । त्यसमा पनि जैविक खेती प्रणालीलाई व्यवहारमा लागू गरेको छ । उम्रेका झारपातलाई मल बनाइएको छ । परम्परागत र आधुनिक दुवै प्रणालीलाई मिश्रण गरिएको खेती प्रणालीले मानिसको जीवनस्तरमा सुधार गरेको छभने आर्थिक उन्नयनको मार्गचित्रमा गुणात्मक फड्को मारिएको छ । बारीका प्रत्येक गह्रामा पुग्नका लागि बाटो बनाइएको छ । सोही बाटोबाट हरेक बोटसम्म मल, कीटनाशक औधषि तथा अन्य सामग्री सहजै पुर्‍याइन्छ । हरेक मानिसले तोकिएको जिम्मेवारी पूरा गर्छन् । काम गर्ने, त्यसको अनुमगन तथा निरीक्षणका लागि फरक फरक मानिस खटिएका छन् । आधुनिक कृषि प्रणालीले ल्याएको परिवर्तन आफैँमा लोभलाग्दो छ । उत्पादित कृषि उपज बिक्रीका लागि बौसानदेखि खुनमिङका डिपार्टमेन्टलहरुमा सोझै लगिन्छ । बीचमा बसेर कमिसन खाने कुनै विचौलिया छैनन् । खेती प्रणाली व्यवस्थापनको काम स्थानीय पार्टी समिति मातहत रहेको सहकारीले गर्दछ ।  आधुनिक खेती प्रणालीलाई पर्यटनसँग पनि जोडिएका छ । देशभित्रका हजारौं मानिस दैनिकजसो नै त्यस क्षेत्रमा भएको खेती हेर्न आउने गरेका छन् । छिङवाङडार्गन फ्रुट अफ सबट्रपिकलक्यास क्रप्स अफ युनान एकेडेमी अफ युनान एग्रिकल्चर साइन्सलाई हेर्दै आएका स्थानीय पार्टी समितिको डेपुटी पार्टी सेक्रेटरी चेन जी लीले भने, 'हामीले कृषिलाई प्रविधिसँग, प्रविधिमार्फत बजारसँग र बजारलाई सहजरुपमा उपभोक्तासँग जोडेका छौँ । यसले स्थानीय उत्पादनको बजारीकरण तथा आर्थिक उन्नयनको क्षेत्रमा ठूलो योगदान गरेको छ ।' हरेक दिन खेतबारीमा के काम गर्ने, किसानलाई के कसरी परिचालन गर्ने, कुन बाली टिप्ने बेला भयो, कुन बालीमा मल पानी लगाउने बेला भयो भन्ने बारेमा स्पष्टसँग कार्यतालिका बनाइएको छ । कसले के गर्ने हो त्यसको व्यवस्था गरिएको छ । सँगसँगै प्राविधिक पनि खटाइएका छन् । कीटनाशक औषधि कसरी राख्नेदेखि सबै काम प्राविधिकले गर्छन् । साथमा वैज्ञानिक पनि छन् । उनीहरुले हरेक उपजको अध्ययन गर्छन् । माटोको गुणस्तरदेखि सिँचाइसम्मको ख्याल गर्छन् । कहीँ कतै पनि जमिन खाली छैन । कोही पनि बेरोजगार छैनन् । सबै स्थानमा बाली लगाइएको छ । सडकको दाँयाबायाँ कतै केरा रोपिएको छ भने कतै कफी रोपिएको छ । सुन्तला, आँपका बिरुवा पनि छन् । कतै ड्राग्रन फ्रुट पनि लगाइएको छ । यसले खेतीमा विविधता पनि दिएको छ । उत्पादनमा विविधताका साथै आम्दानीमा पनि उत्तिकै फरकपन छ । डेपुटी पार्टी सेक्रेटरी चेन जी लीले भने, 'गरिबी निवारणको यो ढाँचा साँच्चै चिनियाँ विशेषतामा आधारित छ । हाम्रा पार्टीका महासचिव सि जिन पिङले अगाडि सार्नुभएको नीतिको हामीले अक्षरशः कार्यान्वयन गरेका छौँ । यसले हामीलाई मार्गदर्शन मात्रै गरेको छैन, अरुहरुका लागि पनि प्रेरणाको स्रोत बन्न पाएका छौँ ।' बौसान सहर नजिकै रहेको लुजिङवाङमा भेट्टिएका डेपुटी पार्टी सेक्रेटरी चेन जीका अनुसार सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्ने मामिलामा कोहीभन्दा कोही पनि कम नभएको बताए । उनको फार्ममा फल्दै गरेको कफी मेहनतको अर्को उदाहरण हो । विशाल टनेलभित्र फल्दै गरेका कफीले आधुनिक चीनको आधुनिक कृषि प्रणालीको अर्को नमूना पेस गरेको थियो । उनले भने, 'चीनमा यस्ता धेरै कफी फार्महरु छन् । त्यसमध्ये सबैभन्दा गुणस्तरीय र स्वादिलो कफी हामी उत्पादन गर्छौं । स्थानीय माग पूरा गरेर बाहिरी सहरमा समेत यहाँको कफी बिक्री हुने गरेको छ ।' सोही फार्ममा कफी वैज्ञानिकका रुपमा कार्यरत हुङजी छिङले पाक्दै गरेको कफी देखाउँदै भने, 'हरेक कफीका बोट मेरा छोराछोरी जस्तै छन् । हरेकलाई हुर्काउन मैले उत्तिकै मेहनत गरेको छु । यसको मल, पानीको पनि उत्तिकै ख्याल गरेको छु । यिनका हरेक दाना मलाई उत्तिकै प्रिय लाग्छन् । यसले युनान प्रान्तको शान र नाम दुवै राखेको छ । मेरो कामको समेत सम्मान गरेको छ ।' उनले आफ्नै चिनियाँ लवजमा कृषि प्रणालीमा भित्र्याइएको आधुनिक पद्धतिले बदलेको चित्र र चरित्र उत्तिकै प्रभावकारी रहेको बताए । वैज्ञानिक तरिकाले गरिएका हरेक खेतीका आ–आफ्नै विशेषता छन् । जुन नेपाल र हामी नेपालीका लागि पनि उत्तिकै अनुकरणीय हुन सक्ने नेपाली काँग्रेसका नेता एवम् काठमाडौँ क्षेत्र नं १० का सांसद राजेन्द्रकुमार केसीको भनाइ छ । यही नोभेम्बरको ७ देखि १४ तारिखसम्म चीनको युनान प्रान्तको भ्रमणमा रहेका केसीले असाध्यै चासोका साथ अत्याधुनिक कृषि प्रणाली र खेतीको समेत निरीक्षण गरे । दक्षिण एसियाका पार्टीहरुको सम्मेलनमा भाग लिन युनान पुगेका सांसद केसीले यस समाचारदातासँग भने, 'रोजगारीको खोजीमा देश छाडेर विदेशिएका युवालाई यस्तै आधुनिक कृषि प्रणालीको प्रबन्ध गरेर देश फर्काउने उपायको खोजी गर्न सकिए नेपालले पनि ठूलो प्रगति गर्न सक्छ । हामी पनि त्यसतर्फ लाग्नै पर्छ ।' थुमुक्क परेका आँपका बोट, त्यसैको डिलमा फल्दै गरेका केरा, अनि साथमा ड्रागन फ्रुट । खेतीको विविधता अनि ठूलो सङ्ख्यामा गरिएको खेतीले आधुनिक चीन र त्यसको बदलिदो तस्बिर देखाइरहेको छ । कुनै बेलाको गरिब मानिएको युनान प्रान्तले बदलेको तस्बिर आफैँमा नेपालजस्ता देशका लागि अनुकरणीय बनेको छ । हामीले सिकेको ज्ञान सीप अरूलाई पनि बाड्न चाहन्छौँ, डेपुटी पार्टी सेक्रेटरी चेन जी लीले भने, 'हामी अरूलाई पनि हाम्रो सफलताको कथा सुनाउन चाहन्छौँ । किनकि ज्ञान अरूलाई बाँड्दा फाइदा हुन्छ भन्ने मान्यता हामी राख्छौँ ।' चीनले पछिल्लो समय गरिरहेको कृषि उपजको विस्तार आफैँमा उदाहरणीय रहेको छ । तीव्र रुपमा आर्थिक विकासको यात्रामा अगाडि बढिरहेको चीनले आफ्नो परम्परागत कृषि पेसालाई पूर्णतः आधुनिक बनाएको छ । बाओसानको दक्षिणतर्फ बग्ने नुचियाङ नदी किनार क्षेत्रका विशाल फाँटहरु हराभरा छन् । जहाँ किसानको मेहनतका अलावा राज्यले कृषि क्षेत्रलाई कुन हदसम्म प्राथमिकतामा राखेको छ भन्ने स्पष्ट देख्न पाइन्छ । जहाँ कहीँ कतै पनि खाली जमिन भेटन मुस्किल छ । जताततै कृषि उपजले भरेको छ । जहाँ मकै, फलफूलदेखि अनेकन कफीको खेती गरिएको छ । राकिला सम्म फाँटदेखि भिराला पठारसमेत कृषि उपजले भरिएका छन् । अत्याधुनिक भौतिक पूर्वाधार सडक तथा सुरुङहरुका अलावा हिमाली क्षेत्रमा समेत चीनको भव्यता सहजै देख्न सकिन्छ । चीन खाद्यान्नमा आत्मनिर्भर मात्रै भएको छैन । आफूलाई बढी भएको कृषि उपज अन्य देशमा निर्यात पनि गरिरहेको छ । समथर फाँटमा फलेका सागसब्जी र कफीलगायत उत्पादन भियतनाम, दक्षिण कोरिया, अफ्रिका र दक्षिण अमेरिकासमेत पुग्ने गरेको स्थानीयको भनाइ छ । स्थानीय पार्टी समिति, स्थानीय सरकारले कृषिकर्म गर्नेलाई अनेकन सहुलियत दिएको छ । खेतीमा सकेसम्म विषादी कम मात्रै प्रयोग गरिएको छ । सरकारको सहुलियत पनि उत्तिकै छ । कृषकका उत्पादन आन्तरिक बजारमा खपत गराउनेदेखि विश्व बजारसम्म पु्र्‍याउने सुनिश्चितता गरिएका कारण युनान प्रान्तका हरेक ग्रामीण बस्ती यतिबेला शतप्रतिशत हराभरा छन् । ठूला सडकका दायाँबायाँ खेतीले भरिएका छन् । जमिनको शत्प्रतिशत उपयोगमा ध्यान दिएको चीनले सिँचाइको प्रबन्ध पनि उत्तिकै राम्ररी गरेको छ । सहजरुपमा सिँचाइ नपुग्ने स्थानमा सौर्य सिँचाइ प्रणाली तथा अन्य उत्तम विकल्पसमेत उपलब्ध गराएको छ । स्थानीय बौसान नगरपालिकाले सन् २०१६ देखि नै बौसान कफी पर्यटन र सांस्कृतिक महोत्सव गर्दै आएको छ । कफी बगैँचालाई नै पर्यटनको केन्द्रसमेत बनाइएको छ । त्यहाँ अनेकन सुविधासमेत प्रदान गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी ले १९औँ र २०औँ राष्ट्रिय महाधिवेशनमा देशको ग्रामीण क्षेत्रलाई पुनःजागरण गर्नका लागि विभिन्न योजना अगाडि सार्नुभयो । सोही योजनाको वस्तुनिष्ठ कार्यान्वयन भएको र हरेक गाउँहरु क्रमशः समृद्ध र आर्थिक रुपमा सबल बन्दै गएका छन् । सोही योजनाअनुसार नै सिन्छाई गाउँ सरकारले अहिले आफ्नो मुख्य ध्यान कफीको गुणस्तरीय उत्पादनमा दिएका छ । गाउँ समृद्ध र सबल बनेको छ । औद्योगिकीकरण हुँदै गएको गाउँमा कफी खेती विशेष प्राथमिकतामा राखिएको छ । युवा गाउँमा छन्, वैज्ञानिक पनि साथमा छन् । नियमित प्रशिक्षण र तालिम पनि गरिन्छ । यसले आधुनिक चीन गाउँहरुबाट जन्मिइरहेको छ । युवा विदेश पलायन भइरहेको नेपालका लागि चीनको यो उदाहरण आफैँमा अनुकरणीय हुन सक्छ । रमेश लम्साल / रासस

चित्र कोरेर वार्षिक चार लाख रुपियाँ कमाइ (फोटो फिचर)

हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीबजारको गणेशटोलमा रहेको म्याग्दी उद्योग वाणिज्य संघको भवनको भुइँतलामा पछिल्लो १५ दिनदेखि भित्तामा घोत्लिएर दिनभरी एक युवाको समय बित्ने गर्छ । मानिसहरु बाहिरी दुनियाँसँग रमाइरहेकाबेला ग्राउण्ड फ्लोरको भित्तामा पेन्सिलले आकृति कोर्ने र रङ भरेर आकर्षक चित्र बनाउने कार्यमा लागिरहेका युवा हुनुहुन्छ अशोक किसान ।

हुम्लाको वास्तविकता झल्कने शब्द, चित्र भएको म्युजिक भिडियो रेलको बाटो

सिमकोट – हालसम्म सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुुम्लाको यथार्थ झल्काउने प्रयास म्युजिक भिडियो रेलको बाटोले गरेको छ। जिल्लाका विभिन्न बस्ती र रमणीय स्थानमा पुुगेर कलाकारले सो प्रयत्न गरेका हुन्। म्युजिक भिडियोे गीतको सुरुवात हुम्ला कहिले मोटर आउलाबाट सुरु भएको छ। भिडियोको गीतको शब्द लेखन गरेका लेखराज गिरीका अनुुसार भिडियोबाट हुम्लावासीलगायत दुुर्गमका बासिन्दाले भोग्नुपरेका पिरमर्कालाई […]

लायन्स क्लबमार्फत फेरिएको चित्र

केही वर्षपहिले नेपालका ग्रामीण भेगमा आँखाको उपचार सहज थिएन । जटिल प्रकृतिको दृष्टि समस्याको उपचार गर्न काठमाडौँ धाउनुपर्ने बाध्यता थियो । आर्थिक अवस्था कमजोर भएका दूरदराजका बासिन्दालाई काठमाडौँसम्मको उपचार कष्टकर थियो । तराई क्षेत्रका बासिन्दा छिमेकी मुलुक भारतमा पुगेर उपचार गर्न बाध्य थिए भने पहाडी र हिमाली भेगका बासिन्दामा दृष्टि गुमाएरै बस्नुपर्ने बाध्यता थियो तर गएको आधा शताब्दीयता भने आँखाको उपचार सहज हुन थालेको छ । एउटा गैरसरकारी संस्थाको पहलमा गरिब दुःखीको उपचारमा सहजता थपिएको छ । ग्रामीण क्षेत्रका आँखा रोगी क्रमशः काठमाडौँ आउनुपर्ने बाध्यता हटेको छ । छिमेकी भारतमा उपचार गर्न जानुपर्ने बाध्यता बिस्तारै कम भएको छ । बरु उल्टै भारतबाटै हजारौँ आँखाका रोगी नेपालमा सहज उपचार लिन आउन थालेका छन् । लायन्स क्लबको सहयोगमा अमूल्य ज्योति पाएर हजारौँले संसार देख्ने मौकासमेत पाएका छन् । एउटा गैरसरकारी संस्था लायन्स क्लबको पहलमा यो सम्भव भएको हो ।

सुनकै भाउ छ हिमालमा नुनको !

देशको एउटा चित्र यस्तो छ- जहाँ आय–आम्दानीको बाटो खासै छैन, रोजगारीका अवसरहरू छैनन्, त्यहीँ खाद्यान्न लगायत अत्यावश्यकीय उपभोग्य सामग्रीको मूल्य अचाक्ली महँगो छ, दैनिक भान्सामा नभई नहुने नुनकै भाउ छोइनसक्नु छ । राजधानी लगायत अधिकांश जिल्ला सदरमुकामका बासिन्दाले २० रुपैयाँमा पाउने एक किलोग्राम नुनलाई कतिपय हिमाली जिल्लाका विकट गाउँका विपन्नहरू २३० रुपैयाँसम्म खर्चन विवश छन्, यसकै लागि पनि कतिलाई त बजार पुग्नै दिनभर हिँड्नुपर्छ ।

‘अहिले देखिएका जस्तो कुरुप शहर नबनोस्’

दाङ – हिमाली न्यौपानेले विदेशी शहरको अवलोकन गर्न त पाएकी छैनन् । तर, उनको मानसपटलमा शहर भन्दा वित्तिकै उही धुलो उड्ने, फोहरको डंगुर भएको, मनिसहरुको कोचाकोच भएको चित्र बन्छ । लुम्बिनी प्रदेशको राजधानी शहर आफ्नो मानसपटलमा बसेको जस्तो कुरुप शहर नबनोस् भन्ने चाहना उनको छ । प्रदेश राजधानी शहर सुन्दर, सफा, व्यवस्थित र हराभरा शहर […]

सहायक श्रीमान्ले मा-यो बाजी

राजधानीमा आयोजित नवौं नेपाल अफ्रिकाफिल्म फेस्टिबल २०२१ मा गणेश पाण्डेद्वारा निर्देशित तथा सारदा गैरे निर्मित बहुपति प्रथामा आधारित वृत्तचित्रसहायक श्रीमान् (को हजबेन्ड) उत्कृष्टठहरिएको छ। बृत्त चित्र हिमाली भेकमा बसोबास गर्दै आएका शेर्पा समुदायका महिलामा जारी बहुपति प्रथामा केन्द्रित थियो। त्यसैगरी, कथानक फिल्मतर्फ हिमाल उप्रेती निर्देशित तथा भूपेन्द्र कुमार खड्का निर्मित आमा उत्कृष्ट भएको छ। फिल्म […]