नुवाकोटका राजनीतिक दल र उम्मेदवारहरूले आगामी आमनिर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सामूहिक प्रतिबद्धता जनाएका छन् । प्रतिनिधिसभा तथा प्रदेससभा सदस्यका लागि मङ्सिर ४ गते हुन लागि रहेको निर्वाचनको दौरानमा आचारसंहिता उल्लङ्घन हुनेक्रम बढेपछि राजनीतिक दल र उम्मेदवारलाई नुवाकोट प्रशासनको आव्हानमा सर्वदलीय–सर्वपक्षीय बैठकमार्फत ११ बुँदे प्रतिबद्धता जनाउन लगाएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए ।उनको अनुसार जिल्लाका राजनीतिक दल, उम्मेदवार तथा उनीहरूको प्रतिनिधिले आचार