काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी विभाजनसम्बन्धी चलेको हल्लामा सत्यता नभएको जनाएको छ। जसपा विभाजनपछि माधव नेपाल नेतृत्वको नेकपा एस पनि विभाजनको संघारमा पुगेको चर्चा चलिरहेको बेलामा पार्टीविरुद्ध चलाइएका भ्रमको पछि नलाग्न आग्रह गरेको छ। आज बसेको संसदीय दलको बैठकको निर्णय सार्वजनिक गर्दै प्रमुख सचेतक मेटमणि चौधरीले भने, संसदीय दलका सम्बन्धमा चलाइएका चर्चा एवं हल्लाहरू […]