नेकपा एमालेका प्रवक्ता तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले नेपालमा अदालतले गलत नजिर बसाल्दा मुलुक अनपेक्षित मोडमा पुगेको बताएका छन् ।
ज्ञवालीले नेपालमा अदालतले प्रधानमन्त्री नियुक्ति गर्ने नयाँ नजिर र अभ्यासले बहुदलीय प्रणाली मास्ने खेल सुरू भएको बताएका हुन् ।
प्रेस चौतारी नेपाल, गुल्मीले तम्घासमा आइतवार आयोजना गरेको पत्रकार भेटघाटमा ज्ञवालीले एमाले पार्टी संस्थागत ढंगले नफुट्ने दाबी गरे । केही प्रमुख नेताहरू नै अभिव्यक्तिका हिसाबले बाहिरिए पनि १० बुँदे सहमतिको जगमा पार्टीलाई एकताबद्ध बनाइने ज्ञवालीको तर्क छ ।&...