राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले जनताको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सुदृढ बनाउन दलहरु एकताबद्ध हुनुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाको पन्ध्रौँ अविधेशनअन्तर्गत आज भएको पहिलो बैठकमा उहाँले व्यवस्थामाथि प्रश्न उठाउनेका सम्बन्धमा राज्यले गम्भीर भएर सोच्नुपर्नेमा जोड दिनुभयो । पछिल्लो छ वर्षको अवधिमा राष्ट्रियसभाले महत्वपूर्ण कार्यसम्पादन गरेको उल्लेख गर्दै सांसद शर्माले राष्ट्रियसभाको औचित्य छैन भन्नु गलत …