केन्द्रीय तथ्याङ्क विभागले लिपुलेक र लिम्पियाधुराको जनगणना नछुट्ने स्पष्ट पारेको छ । जनतामा अन्याेल छाएको भन्दै विभागले बिहीबार दार्चुलाको व्यास गाउँपालिका– १ बडाका गुन्जी, कुटी र नाभी गाउँका करिब ३२० परिवारका एक हजार जनाको गणना गराएरै छाड्ने स्पष्ट पारेको हो ।