निर्यात व्यवसायी महासंघले आगामी तीन वर्षभित्र आयातित वस्तुमा प्रतिबन्ध लगाई निर्यात प्रवद्र्धनमा जोड दिन सुझाव दिएको छ । विश्वभर फैलिरहेको कोरोनाभाइरसको संक्रमणसँगै मुलुकको अर्थतन्त्र शिथित हुने भन्दै महासंघले अब मुलुकको वित्तीय सुधारका लागि आयातमा प्रतिस्थापन गर्दै निर्यातमा जोड दिन सरकारलाई सुझाव दिएको हो ।