बढ्न थाल्यो आयात

काठमाडौं, असार ८ । चालु आर्थिक वर्षको सुरुदेखि नै घटिरहेको आयात व्यापार पछिल्ला महिना भने बढ्न थालेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको ११ महिना (जेठ) सम्मको तथ्याङ्क अनुसार नेपालले उक्त अवधिमा १४ खर्ब ८० अर्ब ९८ करोड रुपियाँको वस्तु आयात गरेको छ । गत आवको सोही महिनासम्मको तुलनामा आयात १६ प्रतिशतले कम […]

सम्बन्धित सामग्री

बढ्न थाल्यो कर्जा

काठमाडौं । शिथिल अर्थतन्त्र चलायमान बनाउन भन्दै नेपाल राष्ट्र बैंक लचिलो भएसँगै बैंक, वित्तीय संस्थाबाट कर्जा प्रवाह बढ्न थालेको छ । निक्षेप वृद्धिसँगै राष्ट्र बैंकले नीतिगत सुधार गरेपछि बैंकहरूको कर्जा प्रवाहमा सुधार देखिन थालेको हो ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा बैंक, वित्तीय संस्थाको कुल निक्षेप ७८ अर्ब रुपैयाँ वृद्धि हुँदा कर्जा पनि ७३ अर्ब रुपैयाँ विस्तार भएको छ । गत आर्थिक वर्ष (आव) को अन्त्यसम्ममा बैंकहरूले कुल ५७ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४८ खर्ब ७९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । असोज २२ गतेसम्ममा निक्षेप ५८ खर्ब ४५ अर्ब र कर्जा ४९ खर्ब ५२ अर्ब रुपैयाँ पुगेको छ ।  गत आवसम्म सरकारले बैंकहरूलाई स्थानीय तहको सञ्चित कोषको रकममध्ये ८० प्रतिशत निक्षेपमा गणना गर्ने सुविधा दिएको थियो । साउनदेखि उक्त सुविधा हटेर ५० प्रतिशतमात्र गणना गर्न पाउने प्रावधानका कारण साउन २ गते निक्षेप ५६ खर्ब ५८ अर्ब रुपैयाँमा ओर्लियो । त्यसपछि पनि लगातार घट्दै गएको निक्षेप भदौ २ गतेसम्ममा ५६ खर्ब १० अर्ब रुपैयाँसम्म कायम भएको थियो ।  तर, बैंकरहरूसँगको छलफलपछि कर्जा प्रवाह बढाउन भन्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले भदौ दोस्रो सातादेखि स्थानीय तहको सञ्चित कोषको रकममध्ये ६० प्रतिशत निक्षेपमा गणना गर्न पाउने सुविधा दिए । यसैगरी विप्रेषण आप्रवाह पनि उच्च भएपछि १ महीनामै बैंकिङ प्रणालीमा १ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।  निक्षेप बढेपछि बैंकहरूले कर्जा प्रवाहमा जोड दिएका छन् । चालू आवको भदौ २ गतेसम्म लगातार घटेको बैंकहरूको कर्जा प्रवाह पछिल्लो डेढ महीनामा ९३ अर्ब रुपैयाँ थपिएको राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेल चाडबाडको सिजनले व्यवसाय विस्तार हुँदा बैंकको कर्जा प्रवाह बढेको बताउँछन् । ‘प्रारिम्भक तथ्यांक विश्लेषण गर्दा निक्षेप र कर्जा विस्तार सकारात्मक छ,’ उनले भने, ‘कुन क्षेत्रमा कर्जा गएको छ र यो कत्तिको दिगो हो भन्ने विश्लेषण गर्न विस्तृत तथ्यांक नै कुर्नुपर्छ ।’ राष्ट्र बैंकले कर्जा नीतिमा गरेको परिवर्तनले पनि सकारात्मक प्रभाव पारेको हुन सक्ने उनको अनुमान छ ।  लामो समयसम्म सुस्ताएको कर्जा विस्तार पछिल्लो समयमा बढ्न थालेको नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बताए । ‘डेढ वर्षयता बैंकहरूको कर्जाको विस्तार नकारात्मक थियो,’ उनले भने, ‘केही महीनायता भने यो बढ्न थालेको छ ।’ बैंकहरूबाट ठूला आयोजनामा कर्जा प्रवाह नभए पनि आयात तथा उपभोग्य क्षेत्रमा ससाना लगानी हुन थालेको शर्माले बताए । ‘कुनकुन क्षेत्रमा कर्जा गइरहेको छ भन्ने विस्तृत तथ्यांक हामीसँग छैन,’ उनले भने, ‘तर, मुख्य गरी चाडबाड लक्षित आयात र उपभोग्य शीर्षकमा कर्जा प्रवाह भएको हुन सक्छ ।’ शिथिल अर्थतन्त्र चलायमान बनाउन भन्दै राष्ट्र बैंकले गत सातामात्र शेयर र व्यक्तिगत घरजग्गा, रियल इस्टेट र सवारीसाधन कर्जा नीति पुनरवलोकन गरेको थियो । राष्ट्र बैंकले असोज १८ गते एकीकृत निर्देशन, २०७९ संशोधन गर्दै शेयर धितो कर्जाको सीमा वृद्धि गरी व्यक्तिगत लगानीकर्तालाई अधिकतम १५ करोड र संस्थागत लगानीकर्तालाई अधिकतम २० करोड पुर्‍याएको छ ।  यस्तै घरजग्गा धितो मूल्यांकनमा उपत्यकाभित्र ३० र उपत्यकाबाहिर ४० प्रतिशतसम्म ऋण दिन पाउने सीमा बढाएर ५० प्रतिशत पुर्‍याएको छ । यस्तै निजी आवासीय घर कर्जा र नियमानुसार दर्ता भई सञ्चालनमा रहेका घर निर्माण व्यवसाय कम्पनी/परियोजनालाई आवासीय घर निर्माणका लागि प्रदान गरिने कर्जामा धितोको ६० प्रतिशतसम्म दिन सक्ने व्यवस्था गरेको छ । यस्तै २५ लाख रुपैयाँभन्दा बढीको व्यक्तिगत सवारीसाधन कर्जामा कायम १५० प्रतिशत जोखिम भारित अनुपातलाई घटाएर १२५ प्रतिशत बनाएको छ ।  राष्ट्र बैंकको तथ्यांकअनुसार असोज २२ गते बैंकहरूको औसत निक्षेप–कर्जा अनुपात (सीडी रेसियो) ८१ दशमलव ८६ प्रतिशत छ । बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा दिन पाउने भएकाले अझै ४ खर्ब ७५ अर्ब रुपैयाँ हाराहारी कर्जा विस्तार गर्ने क्षमता उनीहरूसँग छ । तर, उच्च ब्याजदर र शिथिल अर्थतन्त्रका कारण कर्जाको माग नभएको बैंकहरूले बताउँदै आएका छन् ।  कर्जाको माग नहुँदा बैंकहरुमा तरलता उच्च भएपछि अन्तरबैंक ब्याजदर सोमवार १ दशमलव ९१ प्रतिशतमा झरेको छ । मौद्रिक नीतिको लक्ष्यअनुसार अल्पकालीन ब्याजदर कोरिडोरको तल्लो सीमाभन्दा तल झर्दा पनि राष्ट्र बैंकले बजारबाट तरलता खिचेको छैन । बैंकमा तरलता बढी भएपछि सरकारले पनि सस्तोमा आन्तरिक ऋण उठाउन जोड दिँदै आएको छ ।

बढ्न थाल्यो आयात

गत वर्ष घट्दो क्रममा रहेको आयातमा सुधार देखिन थालेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को भदौसम्मको तथ्याङ्क अनुसार साउनको तुलनामा भदौमा आयात केही बढेको हो । विभागका अनुसार भदौमा मात्रै एक खर्ब ३० अर्ब ५१ करोड रुपियाँको वस्तु आयात भएको छ । जब कि साउनमा एक खर्ब २९ अर्ब २३ करोड रुपियाँको वस्तु आयात भएको थियो । अत्यधिक आयातका कारण विदेशी मुद्राको सञ्चिति घट्दा केही वस्तुको आयातमा लगाइएको प्रतिबन्धका कारण आयात घट्दो क्रममा थियो । साउनको तुलनामा भदौमा धेरै मूल्यको अन्तर नभए पनि खस्किँदो आयात व्यापार सुधारको सङ्केत भने देखिन थालेको छ ।

बढ्न थाल्यो चलनचल्तीको नगद

काठमाडौं  । अर्थतन्त्रको बाह्य र आन्तरिक अवस्थामा सुधारसँगै बजारमा नगदको कारोबार पनि बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार वैशाखमा बजारमा चलनचल्तीमा रहेको नगद बढेको पाइएको छ ।  राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष (आव) को वैशाख मसान्तमा ६ खर्ब २३ अर्ब ८९ करोड रुपैयाँ नगद चलनचल्तीमा छ । २०७९ असार मसान्तमा ६ खर्ब १२ अर्ब २ करोड रुपैयाँ चलनचल्तीमा रहेकोमा वैशाखमा ११ अर्ब ८७ करोड रुपैयाँले वृद्धि भएको हो ।  चालू आवमा चलनचल्तीमा रहेको नगद लगातार घटेको थियो । कोभिड–१९ महामारी र रुस–युक्रेन तनावको बाछिटाले आर्थिक गतिविधिमा कमी आएसँगै बजारमा नगदको चलनचल्ती घट्न थालेको थियो । चालू आवकै साउनमा ५ खर्ब ९९ अर्ब रुपैयाँ नगद चलनचल्तीमा थियो । सरकार र राष्ट्र बैंकले आयात कडाइ गर्नुका साथै कसिलो मौद्रिक नीति जारी गरेपछि अर्थतन्त्रको सूचकमा सुधार देखिएको छ ।  वैशाखमा नेपाल राष्ट्र बैंकमा रहेको बैंक, वित्तीय संस्थाको रकम पनि बढेको छ । २०७९ असारमा नेपाल राष्ट्र बैंकमा बैंकहरूको १ खर्ब ८८ अर्ब रुपैयाँ निक्षेप रहेकोमा वैशाख मसान्तमा २ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ । चालू आवदेखि राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात (सीआरआर) वृद्धि गरेपछि राष्ट्र बैंकमा रहेको निक्षेप बढेको हो ।  राष्ट्र बैंकले प्रकाशित गरेको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार वैशाखमा देशको शोधनान्तर स्थिति, विदेशी मुद्राको सञ्चिति, सञ्चिति पर्याप्ततालगायत सूचक सहज अवस्थामा पुगेका छन् । यससँगै उच्च विन्दुमा पुगेको बैंकको आधारदर र ब्याजदर घट्न थालेको छ भने निक्षेप संकलन तथा कर्जा प्रवाहमा पनि सुधार देखिएको राष्ट्र बैंकले औंल्याएको छ । आयात घट्नुका साथै विप्रेषण बढ्दा राष्ट्र बैंकसँग रहेको विदेशी मुद्रा सञ्चितिसमेत बढेको छ । असारमा राष्ट्र बैंकसँग कुल ११ खर्ब ४४ अर्ब रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिति रहेकोमा वैशाख मसान्तमा बढेर १४ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ ।  अर्थतन्त्रको बा≈य क्षेत्रमा देखिएको दबाबका कारण चालू आवमा कसिलो मौद्रिक नीति लिएको राष्ट्र बैंकले तेस्रो त्रैमासिक समीक्षाबाट ‘सजगतापूर्वक केही लचिलो’ बनाएको छ । मौद्रिक नीतिको कसिला प्रावधानका कारण लगातार उकालो लागेको ब्याजदर घट्न थालेको छ । यस्तै बैंकहरूमा निक्षेप तथा कर्जा पनि वृद्धि हुन थालेको देखिएको छ ।  राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत बैंकदर १ दशमलव ५ प्रतिशत विन्दुले घटाएर ८ दशमलव ५ प्रतिशत कायम गरेको छ । नीतिको अर्धवार्षिक समीक्षाबाट बैंकदरमा उपलब्ध गराउँदै आएको दैनिक तरलता सुविधालाई नीतिगत दर ७ प्रतिशतमा उपलव्ध गराउने व्यवस्था गरेको थियो ।

रसुवागढीबाट भित्रिन थाल्यो सामान, तीन दिनमा ५६ कन्टेनर भित्रियो

काठमाडौं : रसुवागढी नाकाबाट चिनियाँ सामग्री आयात हुन थालेपश्चात सीमा क्षेत्रको चहलपहल बढ्न थालेको छ। केरूङ क्षेत्रमा कोभिड सङ्क्रमण बढेको जनाउँदै चिनियाँ पक्षले गत साउन २१ देखि आफ्नो सीमानाका बन्द गराएको थियो। आयात पुनः सञ्चालन भएसँगै सुनसान रहेको रसुवागढी क्षेत्रमा सवारी चालक तथा सामान पल्टी गर्ने कामदारको बाक्लो उपस्थितिले चहलपहल…

नेपालमा बढ्न थाल्यो विद्युतीय गाडीको आयात

पछिल्लो समय नेपालमा विद्युतीय गाडीको आयातमा वृद्धि हुन थालेको छ । गत वर्षसम्म न्यून मात्रामा आयात हुने गरेको विद्युतीय गाडीको आयात चालु आर्थिक वर्षमा उल्लेख्य मात्रामा वृद्धि हुन थालेको हो । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा आयातमा वृद्धि भएको छ । विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको एघार महिनामा १७ सय बढी विद्युतीय गाडी नेपाल भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको गत साउनदेखि जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार एक हजार ७०४ वि

बढ्न थाल्यो विद्युतीय गाडीको आयात

पछिल्लो समय नेपालमा विद्युतीय गाडीको आयातमा वृद्धि हुन थालेको छ। गत वर्षसम्म न्यून मात्रामा आयात हुने गरेको विद्युतीय गाडीको आयात चालु आर्थिक वर्षमा उल्लेख्य मात्रामा वृद्धि हुन थालेको हो। भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको तुल...

बढ्न थाल्यो सुनको मूल्य

काठमाडौं । कोरोना विपद् कम हुँदै गएपछि घट्न थालेको सुनको मुल्य पुनः बढ्न थालेको छ । कोरोना संकटमा ह्वात्तै बढेको सुनको मूल्य पछिल्ला महीनामा घट्दै गएको थियो । बुधवार भने तोलामा १ हजार ३०० रुपैयाँले बढेर ९२ हजार पुगेको छ, जुन पछिल्लो साढे २ महीनायताकै सबैभन्दा बढी हो । यसअघि माघ २१ गते सुनको मूल्य प्रतितोला रू. ९२ हजार रहेको थियो । त्यसयता मूल्य घट्दै चैत १८ गते प्रतितोला रू. ८५ हजार ५०० मा झरेको थियो । चैत १९ गते यतादेखि भने सुनको मूल्य निरन्तर बढ्दै आएको छ । मंगलवार सुनको मूल्य प्रतितोला रू. ९० हजार ७०० थियो । बुधवार एकैपटक १३०० रुपैयाँले बढेर रू. ९२ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । पछिल्लो समय अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएको हुँदा सुनको मूल्य बढेको हो । नेपाली रुपैयाँ भारतीय रुपैयाँसँग पेग्ड छ । त्यो अवस्थामा डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुन्छ । डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर हुँदा सुनको मूल्य बढेको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । ‘हामीले डलरमा नै सुन आयात गर्नुपर्छ । त्यो अवस्थामा डलरको मूल्य बढ्दा सुनको मूल्य स्वतः बढ्छ,’ उनले भने, ‘तर, अन्य मुलुकहरूमा भने यस्तो हुँदैन । अन्य मुलुकमा डलरको मूल्य बढ्दा सुनको मूल्य घट्ने सम्भावना हुन्छ । दक्षिण एशियाली मुलुकमा प्राविधिक रूपमा त्यो सम्भव छैन ।’ केही समयअघि ११६ रुपैयाँको हाराहारीमा रहेको डलरको मूल्य अहिले बढेर १२० रुपैयाँभन्दा बढी भएको छ । यसरी डलरको मूल्य बढ्दा आयात महँगो हुन गई सुनको मूल्य बढेको हो । अन्तरराष्ट्रिय बजारमा डलरको मूल्य बढ्यो भने लगानी डलरतिर नै जान्छ र लगानीकर्ताहरूले सुनको विक्री बढाउँछन् । त्यसैले अन्तरराष्ट्रिय बजारमा डलरको मूल्य बढ्यो भने सुनको मूल्य घट्ने सैद्धान्तिक मान्यता छ । तर, दक्षिण एशियाली मुलुकमा भने डलरको मूल्य बढ्दा सुनको मूल्य पनि बढ्ने शाक्य बताउँछन् । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा नेपालमा पनि बढेको शाक्यको भनाइ छ । अन्तरराष्ट्रिय बजारको मूल्यअनुसार पनि नेपालमा सुनको मूल्य निर्धारण गरिन्छ । पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य पुनः बढ्न थालेको छ । त्यसको असर नेपालमा यसको मूल्य बढ्न थालेको शाक्य बताउँछन् । पछिल्लो समय दक्षिणा एशियामा डलर बलियो भए पनि अन्तरराष्ट्रिय बजारमा भने कमजोर हुँदै गएको छ । फलतः लगानीकर्ताहरूले डलर छोडेर सुनतिर लगानी बढाएका छन् । त्यसको असरले नै अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा नेपालमा पनि बढेको शाक्यको भनाइ छ । केही समयअघि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस (२.६६७ तोला) १६८० डलर थियो । तर, अहिले त्यो बढेर १७८३ सम्म पुगेको छ । यसरी अन्तरराष्ट्रिय बजारमा सुन मूल्य बढेपछि नेपालमा पनि बढेको शाक्यको भनाइ छ । कोरोना महामारीका कारण विश्व अर्थतन्त्र प्रभावित हुँदा लगानीकर्ताहरुले सुनतर्फ लगानी बढाएका थिए । त्यसैले यसको मूल्य बढेर नयाँ उचाइमा पुगेको थियो । नेपालमा पनि गत साउन २३ गते सुनको मुल्य प्रतितोला १ लाख ३ हजार ५०० पुगेको थियो । मूल्य बढे पनि यसको कारोबारमा भने कुनै कमी नआएको शाक्य बताउँछन् । ‘अहिले विवाहको लगनका कारण मूल्य बढे पनि कारोबारमा कुनै असर पुगेको छैन । सुनका गरगहनाको माग बढ्दो नै छ,’ उनले भने, ‘अहिले दैनिक ४० केजीभन्दा बढी सुन खपत हुने गरेको छ । विवाहको सिजन सकिएपछि के हुन्छ भन्न सकिँदैन ।’

बढ्न थाल्यो गाडी आयात

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार माघ महिनादेखि सवारीसाधनको आयात बढेको देखिएको छ।

बढ्न थाल्यो आयात

चालु आर्थिक वर्षको सुरुदेखि नै घटिरहेको आयात व्यापार पछिल्ला महिना भने बढ्न थालेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको ११ महिना (जेठ) सम्मको तथ्याङ्क अनुसार नेपालले उक्त अवधिमा १४ खर्ब ८० अर्ब ९८ करोड रुपियाँको वस्तु आयात गरेको छ । गत आवको सोही महिनासम्मको तुलनामा आयात १६ प्रतिशतले कम भए पनि पछिल्ला महिनामा भने यो बढ्दो व्रmममा देखिएको हो । जेठमा मात्रै नेपालले एक खर्ब ४५ अर्ब रुपियाँ बराबरको वस्तु आयात गरेको छ । जुन चालु आवको मासिक आयातमा सबैभन्दा उच्च हो । चैत महिनायता आयात व्यापारमा क्रमशः सुधार देखिन थालेको हो ।

राजधानीमा तरकारीको भाउ बढ्न थाल्यो - Naya Patrika

आन्तरिक उत्पादन घट्नुका साथै भारतबाट हुने आयातमा पनि कमी राजधानीमा हरियो तरकारीको भाउ आकासिन थालेको छ । भारतबाट आयात नभएको र आन्तरिक उत्पादनसमेत घटेका कारण तरकारीको भाउ बढ्न थालेको थोक...पूरा पढ्नुहोस् »